prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • लुम्बिनीमा भागबण्डा मिलाउन मन्त्रालय बढाउने तयारी
लुम्बिनीमा भागबण्डा मिलाउन मन्त्रालय बढाउने तयारी
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, वैशाख २५, २०८० बागेश्वरी पोस्ट
लुम्बिनीमा भागबण्डा मिलाउन मन्त्रालय बढाउने तयारी

नेपालगन्ज । सत्ता साझेदार दल धेरै भएपछि  लुम्बिनी प्रदेशमा भागबण्डा मिलाउन मन्त्रालय थप्ने तयारी गरिएको पाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सहित १० वटा मन्त्रालय रहेको लुम्बिनीमा गठबन्धनमा भागवण्डा पुर्‍याउन दुईदेखि तीन वटा मन्त्रालय थप्ने तयारी गरिएको हो ।

गठबन्धनभित्र मन्त्रालय थप्ने विषयमा सहमति जुटे अनुसार नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित चार वटा, माओवादी केन्द्रले तीन वटा र अन्य साना दललाई एक–एक मन्त्रालय दिएर भाग पुर्‍याउने सहमति भएको स्रोतले जनाएको छ ।

यही बुधबार सरकारलाई पूर्णता दिने र बिना विभागीय मन्त्रीहरूलाई जिम्मेवारी दिने तयारीमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरी पुगेका छन् । अघिल्लो एमाले नेतृत्व सरकारले मन्त्रालयको संख्या घटाएर १० पुर्‍याएको थियो । तर, नयाँ राजनीतिक समीकरण बनेसँगै एमाले संसदीय दलका नेता लिला गिरी नेतृत्वको सरकार ढल्यो । त्यसपछि कांग्रेस संसदीय दलका नेता चौधरी बैशाख १२ मा मुख्यन्त्री नियुक्त भएका थिए ।

उनले माओवादीका धनबहादुर मास्की, लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डे र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरीलाई मन्त्री बनाए । यी तीन जनाको जिम्मेवारी अझै तोकिएको छैन ।

एमाले सरकारमा रहँदा माओवादीले पाएकै मन्त्रालय दिने सहमति भएको दाबी गरिएको छ । माओवादीले आर्थिक मामिला, आन्तरिक मामिला र भौतिक पूर्वाधार विकास मन्त्रालयको दाबी गरेको छ । तर, यी तीन मन्त्रालय मध्ये कसलाई कुन मन्त्रालय दिने भन्ने बारेमा ठोस सहमति भइसकेको छैन ।

अब कांग्रेसबाट तीन जना र माओवादीबाट दुई जना मन्त्री थपिने छन् । जसका लागि नाम पनि पक्कापक्की जस्तै भएको छ । माओवादीले कृष्णा केसी र दीपेन्द्र पुनलाई सरकारमा पठाउने तयारी गरेको छ । वर्तमान सरकारलाई ८ राजनीतिक दल र स्वतन्त्र एक जना सांसदको समर्थन छ । अब साना दलबाट दुई जना मन्त्री भइसकेका छन् । अन्य चार वटा साना दललाई सरकारमा सहभागी गराउनुपर्नेछ ।

अहिलेको मन्त्रिपरिषदमा नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी छ । अब जनमत पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालाई सहभागी गराउनुपर्नेछ ।

राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीका एक–एक जना मात्रै सांसद छन् । जनमोर्चाकी तारा थापा र एकीकृत समाजवादीकी भगवती अधिकारी मन्त्री बन्ने आँकलन गरिएको छ ।


प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १८:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP