prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • प्रहरीको घेराभित्र गाउँपालिका प्रमुखलाई कुटपिट
प्रहरीको घेराभित्र गाउँपालिका प्रमुखलाई कुटपिट
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, माघ १५, २०७६ बागेश्वरी पोस्ट
प्रहरीको घेराभित्र गाउँपालिका प्रमुखलाई कुटपिट

पोखरा । माघ ७ गते नवलपुर बर्दघाट सुस्तापूर्व जिल्लाको हुप्सेकोट गाउँपालिकाको दुर्घटना प्रकरणले संसदमा राजनीतिक रुप लिएको छ ।

माघ ७ गते हुप्सेकोट गाउँपालिकाको ग १ झ ३८९ नम्बरको गाडीले ठक्कर दिँदा दीप गाहा मगरको निधन र चारजना घाइते भएका थिए । दुर्घटना हुने गाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद सुवेदीले चलाएका थिए । सिकारु सुवेदी त्यसयता फरार छन् । बालकको मृत्यु भएपछि आक्रोशित स्थानीयहरुले गाउँपालिकामा नै तालाबन्दी गरे ।

बालकको मृत्युपछि चर्किएको आन्दोलनलाई मत्थर पार्न पुगेकी गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेमाथि हातपात र आक्रमण पनि भयो । जसले गाडी चलाएको हो ती व्यक्ति भने फरार छन् । प्रहरीको घेराभित्रै गाउँपालिकाका प्रमुख कुटिएको भन्दै कांग्रेस सांसद ओमकला गौतम चालिसेले सोमबार प्रदेशसभाको विशेष समयमा बोल्दै संसदको ध्यानाकर्षण गराएकी थिइन् ।

“महिला भएकै कारणले हो वा, फरक दल भएको कारणले हो, प्रहरीको घेराभित्र एक गाउँपालिका प्रमुख कुटिनु भनेको यो प्रदेशको मुख्यमन्त्री कुटिनु हो, नेपालको प्रधानमन्त्री कुटिनु हो। प्रहरीले सुरक्षा दिन सकेन । घण्टौंसम्म अध्यक्षमाथि गाली बेइज्जति भो । ढुंगामुढा पनि हानियो । प्रशासन कहाँ छ रु” उनले प्रश्न गरेकी थिइन् । यस्तै, दोषीलाई कारवाहीको मागसहित पीडितलाई क्षतिपूर्ति र घाइतेलाई उपचार खर्च दिन उनले माग राखिन ।

त्यस्तै, मंगलबारको प्रदेशसभा बैठकमा नवलपुरकै अर्का नेकपाका सांसद रोशन गाहा मगरले विशेष समयमा नै, “गाउँपालिका प्रमुख माथि कुटपिट नभएको र गाडी चालक फरार भएको, लुकेको कि लुकाइएको?” भन्ने प्रश्न उठाएपछि यो विषयले राजनीतिक रुप लिएको हो । गाहाले संसदमा बोल्दै भने, “कुटपिट भन्ने गलत हो, कहाँ एउटा जनप्रतिनिधीलाई त्यहीँको पब्लिक जसले अमूल्य मत दिएर निर्वाचित गरेको जनप्रतिनिधीलाई पनि कसैले हातपात गर्छ ?” सांसद गाहाले भने, अस्पतालमा जाने एमआरआइ गर्ने उपचार गर्न जाने अर्कै कुरा रहेको बताए ।

राजनीतिक पृष्ठभूमि फरक भएकै कारण चालकलाई लुकाइएको उनले दाबी पनि गरे । “सात वर्षको बालक दुर्गम पहाड क्षेत्रबाट आएको सात वर्षको बालक आमाको काखमा किल्चिएर मरेको छ, चारजना घाइते पनि भएका छन्, अर्काको घरमा पनि हानेको छ । उनी आफैले ९गाउँपालिका अध्यक्ष० अपर्झट बेठक राखेर क्षतिपूर्ति र घाइतेको उपचार गर्ने कुरा, कसले चलाएको हो रु आफैले राखेको जीत बहादुर भन्ने ड्राइभर एक नम्बरको छ ।

उसलाई फरक राजनीतिक आधार भएकै कारण लुकाइएको हो । नत्र लुक्ने र लुकाउनुपर्ने जरुरी नै छैन् ।” उनले भने । यता, पाण्डेले भने प्रहरीको घेराभित्रै आफूमाथि कुटपिट भएका कारण जिल्ला प्रहरी कार्यालयमा आइतबार किटानी जाहेरी समेत दिएकी छन् ।हाम्राकुराडटकमबाट साभार।


प्रकाशित मिति: बुधबार, माघ १५, २०७६  १३:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP