नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, साउन ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस बाँकेले मनायो राष्ट्रिय समता दिवस
कांग्रेस बाँकेले मनायो राष्ट्रिय समता दिवस
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, जेठ १०, २०८० बागेश्वरी पोस्ट
कांग्रेस बाँकेले मनायो राष्ट्रिय समता दिवस

नेपालगन्ज । नेपाली कांग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले समाजमा छुवाछुत र विभेद अहिले पनि कायमै रहेको बताएका छन् ।

'राष्ट्रिय समता दिवस' का अवसरमा  नेपाली कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगन्जमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य बाल्मिकीले संविधान र कानुनले बन्देज गरेपनि समाजमा विभेद  कायमै रहेको भन्दै जातीय छुवाछुत र विभेदबाट नेपाली  समाजले मुक्ति पाउन नसकेको बताए ।

उनले कांग्रेसले संविधानको मर्म अनुसार पार्टी विधानमा व्यवस्था भए बमोजिम आरक्षणको अभ्यास गरिरहेको उल्लेख गरे । बाल्मिकीले दलितको उत्थान र समताका लागि दलित आयोग बनेपनि सोचे अनुरुप काम हुन नसकेको टिप्पणी गरे । 

नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले कांग्रेसका नेता कार्यकर्तालाई गाउँगाउँमा छुवाछुत र विभेद विरुद्ध सचेतना र जागरण फैलाउन आग्रह गरे । उनले कांग्रेसले छुवाछुत र विभेद विरुद्ध सशक्त आवाज मुखरित गर्न कुनै कन्जुस्याइँ गर्न नहुने बताए ।

गौडेलले छुवाछुत सामाजिक रोगको रुपमा रहेको बताए । छुवाछुत अन्त्यको घोषणा भइसके पनि व्यवहारिक कार्यान्वयन नभएको भन्दै उनले सचेतना र जागरणमा जोड दिए । उनले कांग्रेस बाँके छुवाछुत अन्त्यको अभियान अन्तरगत सहभोज गर्ने तयारीमा रहेको जानकारी समेत दिए । 

कार्यक्रममा कांग्रेस बाँकेकी निवर्तमान सभापति किरण कोइराला, पूर्व सभापति एवम् पूर्व मन्त्री गजेन्द्र हमाल, संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी, लुम्बिनी प्रदेशसभा सदस्य सुशिला बादी, महासमिति सदस्य लक्ष्मीनारायण शाह, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता, नेपालगन्ज-१२ का वडा सभापति रामु चिडिमार र दलित संघका सल्लाहकार एवम् कोहलपुर नगरपालिकाका कार्यपालिका सदस्य इश्वरी विकले बोलेका थिए। पार्टी उपसभापति कृष्णबहादुर कार्कीले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रमको संचालन सचिव सुधांशु कोइरालाले गरेका थिए । 

वि.सं. २००९ जेठ १० गते जनकपुरमा सम्पन्न नेपाली कांग्रेसको पाँचौं महाधिवेशनबाट जातीय छुवाछूत र विभेद जस्ता सामाजिक अत्याचार तथा विसंगतिको अन्त्य गर्ने संकल्प गरेको दिनको स्मरणमा २०६७ असोज १-५ गते काठमाडौमा सम्पन्न बाह्रौं महाधिवेशनले उक्त दिनलाई 'राष्ट्रिय समता दिवस' को रूपमा मनाउने निर्णय गरेको थियो ।

फोटोफिचर

No description available.

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.


प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १७:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP