नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, चैत ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसमा शुद्धिकरण आवश्यक छः डा.मिनेन्द्र रिजाल
कांग्रेसमा शुद्धिकरण आवश्यक छः डा.मिनेन्द्र रिजाल
बागेश्वरी पोस्ट
शनिबार, जेठ १३, २०८० बागेश्वरी पोस्ट
कांग्रेसमा शुद्धिकरण आवश्यक छः डा.मिनेन्द्र रिजाल

कोहलपुर । नेपाली कांग्रेसका प्रभावशाली नेता डा.मिनेन्द्र रिजालले पार्टीमा शुद्धिकरण आवश्यक रहेको बताएका छन् । नेपाली कांग्रेस क्षेत्र नम्बर १ बाँकेको प्रथम क्षेत्रीय सम्मेलनको आज कोहलपुरमा उद्घाटन गर्दै उनले तलदेखि माथिसम्म शुद्धिकरण गरेर जानुपर्ने आवश्यकता रहेको बताए । "पार्टी अब नयाँ ढंगले चल्नुपर्दछ, परम्परागत हिसाबले हुँदैन, जनआकांक्षालाई बुझेर अघि नबढे दुर्घटना हुन्छ," डा.रिजालले भने- "नेतृत्वले सबै पक्षलाई मिलाएर लैजानुपर्दछ, सबैको भावनाको कदर गर्नुपर्दछ । केन्द्रिय सदस्य समेत रहेका पूर्व मन्त्री रिजालले संविधान कार्यान्वयनमा कांग्रेस गम्भीर हुनुपर्ने बताए ।

लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीमा एकले अर्कोलाई दोष लगाएर उँभो नलाग्ने बताउँदै सबै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए । पुनले नयाँ पुस्ताहरुले पनि भरोसा गर्न योग्य पार्टी बनाएर नयाँ र पुरानो पुस्तालाई जोडेर नवीन कांग्रेस बनाउनुपर्ने बताए । उनले नयाँ पार्टीहरुको परीक्षण बाँकी नै रहेकाले हतारमा आफ्नो सिद्धान्त र विचारलाई बन्धक बनाएर निर्णय नलिन कार्यकर्ताहरुलाई आग्रह गरे । क्षेत्रीय सभापति पोषण केसीको सभापतित्वमा सम्पन्न सम्मेलनलाई लुम्बिनी प्रदेश सह-महामन्त्री निमा गिरी, बाँकेका सभापति नारायणप्रसाद गौडेल, महासमिति सदस्य एवम् कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य, निवर्तमान पार्टी सचिव एवम् राप्तीसानारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेल लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा प्रजातन्त्र सेनानी, सहिद परिवार, जन-आन्दोलनका घाइते, जग्गादाता, पूर्व क्षेत्रीय सभापतिहरु र उत्कृष्ट वडा सभापतिहरुलाई सम्मान गरिएको क्षेत्र नम्बर १ का प्रबक्ता तुलाराम खत्रीले जानकारी दिए ।सहिद घमण्ड गिरी, शंकर बहादुर शाह, जागेश्वर थारु, चोकबहादुर खत्रीलाई मरणोपरान्त सम्मान गरिएको छ । यस्तै प्रजातन्त्र सेनानी दुर्गा अधिकारी, चिर्कलाल थारु र गोविन्द ढकाललाई पनि सम्मान गरिएको थियो । जनआन्दोलनका घाइते अपांग भूपेन्द्रबहादुर खत्री र गोपालप्रसाद शर्मा तथा जग्गादाता मायाराम भाट, लोकबहादुर खत्री र विक्रम मौर्यलाई समेत सम्मान गरिएको खत्रीले बताए । 

यसैगरी पूर्व क्षेत्रीय सभापतिहरु स्व.माया गिरी, स्व.कुलमान थापा, नरबहादुर मल्ल, कृष्ण पौडेल, रामचन्द्र मौर्य, नारायणप्रसाद गौडेल र माधवराम खत्रीलाई पनि सम्मान गरिएको छ । यस्तै उत्कृष्ट वडा सभापतिहरुमा कोहलपुर १० का मेघनाथ भट्टराई, कोहलपुर ११ का प्रताप प्रताप खत्री, कोहलपुर ८ का बेलबहादुर खत्री, कोहलपुर १३ का कालीबहादुर वली, कोहलपुर १५ का दिपेन्द्र चौधरी, राप्तीसोनारी ९ का पूर्णबहादुर वली, राप्तीसोनारी ७ का दशरथ कुर्मी र नरैनापुर ३ का सलाउद्दिन खानलाई सम्मान गरिएको छ । 

क्षेत्रीय सम्मेलनमा सचिव खुमबहादुर बस्नेतले सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष ध्रुब आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । क्षेत्र नम्बर १ (ख) का सभापति बलराम शर्माले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव जयश्वर पौडेलले गरेका थिए । 

No description available.


 


प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १९:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
कांग्रेस क्षेत्र नम्बर १ बाँकेले भन्यो-'निर्वाचन परिणाम स्वीकार्दै बिगतका कमजोरीका गम्भीर समीक्षा गर्छौं'
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
नेपाली कांग्रेसका उम्मेदवार कोइरालाद्वारा मतदाताप्रति आभार ब्यक्त, विजयी उम्मेदवारलाई बधाई
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा ४७ जना उम्मेदवारको जमानत जफत !
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
बाँकेमा समानुपातिकतर्फ रास्वपा पहिलो दल
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP