नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसलाई काम गरेर देखाउने अवसर छः डा.मिनेन्द्र रिजाल
कांग्रेसलाई काम गरेर देखाउने अवसर छः डा.मिनेन्द्र रिजाल
बागेश्वरी पोस्ट
आइतबार, जेठ १४, २०८० बागेश्वरी पोस्ट
कांग्रेसलाई काम गरेर देखाउने अवसर छः डा.मिनेन्द्र रिजाल

नेपालगञ्ज । नेपाली कांग्रेसका प्रभावशाली नेता डा.मिनेन्द्र रिजालले कांग्रेसलाई काम गरेर देखाउने अवसर रहेको बताएका छन् । नेपाली कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य डा.रिजालले राज्य सत्ता सञ्चालनमा कांग्रेसको निर्णायक भूमिका रहेकाले पार्टीको शाखलाई पुनःस्थापित गर्ने अवसर रहेको बताए ।

No description available.

"अहिले कांग्रेस केन्द्र सरकारमा छ, प्रदेशमा हाम्रै नेतृत्व वा हामी सम्मिलित सरकार छ, बढी स्थानीय तह हामीले नै जितेका छौं, त्यसैले काम गरेर जनतामा आशा जागृत गराउने राम्रो अवसर हाम्रासामु छ," उनले भने । डा.रिजालले एक अर्कालाई दोषारोपण गरेर पार्टी नबन्ने बताउँदै कांग्रेसलाई फेरि बलियो पार्टीका रुपमा पुनःस्थापित गर्न एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले कांग्रेसले अब आफैंले आफैंलाई ऐनामा हेरेर गम्भीर आत्मसमिक्षाका साथ अघि बढ्ने प्रण गर्नुपर्ने समय आएको उल्लेख गरे । जनतामा देखिएको ठूलो निराशालाई आशामा बदल्ने अठोट कांग्रेसले गर्नुपर्ने डा.रिजालको भनाई छ । 

लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले तल्लो तहदेखि माथिल्लो तहका सबै नेतृत्व पंक्तिदेखि आमकार्यकर्ता विधि-विधान अनुरुप चल्नुपर्नेमा जोड दिए । उनले नेता कार्यकर्ताहरु आपसमा संवाद गरेर एकताबद्ध भई पार्टी बलियो बनाउने अभियानमा लाग्नुको विकल्प नरहेको बताए । "टिम बनाउने होइन, टिम विर्सनुस्, मन पर्ने नेताको जयजयकार र मन नपर्नेको खेदो खन्ने होइन, विधि-विधान र एजेण्डालाई हेर्नुस्," सभापति पुनले भने-"टिम विर्सनुस, पार्टी बनाउन लाग्नुस् ।"

जिल्ला सभापति नारायणप्रसाद गौडेलले बाँकेमा कांग्रेसलाई कमजोर हुन नदिने दृढता व्यक्त गरे । उनले पार्टी बनाउने चासो र चिन्ता आफूहरुमा रहेको बताउँदै सधैं अवसरको खोजीमा दौडिनेहरुले पार्टी छोड्दा विचलित हुन जरुरी नरहेको बताए । "कसैले पार्टी छोड्यो भनेर विचलित नहुनुस्, उहाँहरुको असन्तुष्टि के हो भन्ने कुरा पार्टीले बुझ्न खोजेर संवाद पनि गरेको हो, अवसरका लागि दौडिने प्रबत्तिलाई रोक्न सकिन्न तर कांग्रेस बनाउने कुरामा हामी गम्भीर छौं, नयाँ मान्छेलाई जोड्ने गरी हामी अघि बढ्नुपर्दछ"- उनले भने । 

कार्यक्रममा जिल्लाका आधा दर्जन नेता कार्यकर्ताहरुले डा.रिजाल समक्ष जिज्ञासा र सुझाब राखेका थिए । कार्यक्रममा केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, निवर्तमान सभापति किरण कोइराला लगायत नेता कार्यकर्ता उपस्थित थिए । उपसभापति गोपालप्रसाद अधिकारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरका थिए ।   

No description available.

No description available.No description available.No description available.


प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १३:१४
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शौचालयमा लडेर प्रचण्ड घाइते
शौचालयमा लडेर प्रचण्ड घाइते
खर्च घटाउने मोडेलबाट संघियतालाई छरितो ढंगबाट अघि बढाउन आवश्यक देखिएकोे छः पौडेल
खर्च घटाउने मोडेलबाट संघियतालाई छरितो ढंगबाट अघि बढाउन आवश्यक देखिएकोे छः पौडेल
नेकपा एकीकृत समाजबादी बाँकेको अध्यक्षमा दिपक जिएम सर्वसम्मत निर्वाचित
नेकपा एकीकृत समाजबादी बाँकेको अध्यक्षमा दिपक जिएम सर्वसम्मत निर्वाचित
बलियो राजनीतिक शक्ति निर्माणका लागि जनताले संकल्प गर्नुपर्ने समय आएको छः शंकर पोखरेल
बलियो राजनीतिक शक्ति निर्माणका लागि जनताले संकल्प गर्नुपर्ने समय आएको छः शंकर पोखरेल
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP