नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, वैशाख २७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • भारतसँग प्रचण्डले के-के गरे सहमति ?
भारतसँग प्रचण्डले के-के गरे सहमति ?
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ १९, २०८० बागेश्वरी पोस्ट
भारतसँग प्रचण्डले के-के गरे सहमति ?

नेपालगन्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधिमण्डल शान्ति अहिंसाका प्रवर्तक महात्मा गान्धीको समाधिस्थल पुग्दै गर्दा बिहीबार बिहान हल्का वर्षा भइरहेको थियो । 

उष्ण मौसम भएको यहाँ हल्का वर्षा भइरहेका कारण गर्मीको अनुभव गर्न परेको छैन । भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले त्यसलाई आफ्नै शब्दमा बिहीबार साँझ आयोजित कार्यक्रम व्यक्त गरे । “बिहीबार बिहान हामी महात्मा गान्धीको समाधिस्थल जाँदै गर्दा हल्का वर्षा भइरहेको थियो । त्यसले हामी सबैलाई सकारात्मक अनुभूति गराएको थियो”, प्रधानमन्त्री प्रचण्डले भने, “नेपाल र भारतबीचको सम्बन्ध बिहिबारका दिनदेखि नयाँ चरणमा प्रवेश गरेको छ ।”

प्रधानमन्त्री दाहालले आफ्नै शब्दमा प्रस्तुत गरे जस्तै नेपालले लामो समयदेखि माग गर्दै आएका केही महत्वपूर्ण विषयमा यस पटक सहमति भएको छ । बिजुली व्यापारको तीव्र प्रतीक्षामा रहेको नेपालले आफ्नो आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने गरी अनमति पाएको छ । उच्च राजनीतिक तहमा सहमति भएपछि केही प्राविधिक विषयमा क्रमशः सहमति बन्दै जान्छ ।

भारतले आगामी १० वर्षभित्रमा १० हजार मेगावाट बिजुली नेपालबाट आयात गर्ने भएको छ । यस्तै, माथिल्लो तामाकोशी लगायतका आयोजनाको बिजुुली समेत खरिद गर्ने भएको छ । यो आफैँमा महत्वपूर्ण सहमति हो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार बिजुली व्यापारमा त यो ऐतिहासिक ‘ब्रेक थ्रु’ नै हो । बुधबार भारतको औपचारिक भ्रमणमा आएका प्रधानमन्त्रीले बिहीबार उनका भारतीय समकक्षीदेखि यहाँका राष्ट्रपति, उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गरे ।

साँझ नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले आयोजना गरेको नेपाल बिजनेश समिटलाई समेत सम्बोधन गरे । भ्रमणका क्रममा केही ऐतिहासिक र दूरगामी महत्वका विषयमा सहमति र समझदारी भएका छन् । जुन नेपालको समग्र आर्थिक विकास र समृद्धिका लागि कोसे ढुङ्गा सावित हुनेमा कुनै दुविधा नरहेको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको भनाइ छ ।

प्रधानमन्त्रीले बिहीबार हैदरावाद हाउसमा आफ्ना समकक्षीका बीचमा गरेका छन्लफलपछि विभिन्न सात वटा विषयमा सहमति भएका छन् । त्यसमा न्यू बुटवल गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको शिलान्यास, फुकोट कर्णाली जलविद्युत् आयोजना, रेल्वे लाइनको उद्घाटन, एकीकृत जाँचचौकी, दोधारा चाादनीमा सुक्खा बन्दरगाहको निर्माण, पेट्रोलियम पाइप लाइनकोे निर्माण र तल्लो अरुण जलविद्युत् आयोजनाको परियोजना विकास सम्झौता (पीडिए) छन् । यस्तै, नेपालले हवाई मार्गका सम्बन्धमा राखेको विषयमा समेत महत्वपूर्ण सहमति भएको परराष्ट्र मन्त्रालयको भनाइ छ ।

यस्तै, नेपालको बिजुली बङ्गलादेश निर्यात गर्ने विषयमा समेत महत्वपूर्ण समझदारी बनेको छ । बङ्गलादेशले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न चाहेको र त्यसमा भारतको सहमति समेत खोजिरहेको अवस्थामा बिहिबारको सहमति त्रिदेशीय विकासका लागि समेत महत्वपूर्ण परिघटना बन्न पुगेको छ ।

यस्तै, प्रधानमन्त्री प्रचण्डले आफ्ना भारतीय समकक्षीसँग स्पष्ट शब्दमा सीमा समस्या समाधानका लागि आग्रह गरेका छन् । नेपाल र भारतका बीचमा सीमा समस्या छन् । ती समस्या समाधानका लागि दुवै प्रधानमन्त्रीको सहमति छ । प्रधानमन्त्री प्रचण्डले हैदरावाद हाउसमा आयोजित पत्रकार सम्मेलनमा नै आफूले आफ्ना भारतीय समकक्षीसँग सीमा समस्या समाधानका लागि अनुरोध गरेको जानकारी दिका थिए ।  

पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले भने, “प्रधानमन्त्री मोदीजी र मैले सीमा मामिलाको बारेमा पनि छलफल गर्‍यौँ ।  मैले मोदीजीलाई सीमा समस्या स्थापित द्विपक्षीय कूटनीतिक संयन्त्रमार्फत समाधान गर्नको लागि अनुरोध गरेँ ।” भारतीय प्रधानमन्त्री मोदीले पनि नेपाल र भारतबीचको सम्बन्ध हिमालय जतिकै उच्च रहेको विश्लेषण गरे । उनले भने, “हामी आफ्नो सम्बन्ध हिमालय जतिकै उचाइ दिनको लागि काम गरिरहन्छौँ । यो यही भावनाबाट हामी सबै मुद्दाको चाहे सीमाको हो या कुनै अरु विषय सबैको समाधान गर्छौँ ।”

प्रधानमन्त्रीको भारत भ्रमणपछि वर्षौंदेखि थाँती रहेका विषय क्रमशः समाधानको दिशामा अग्रसर भएका छन् । दुई देशका बीचमा नयाँ आधारमा सम्बन्धको सुरुआत भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । बिहीबार साँझ प्रधानमन्त्री प्रचण्ड  बस्नुभएको होटल आइसी मौर्यमा आयोजित कार्यक्रममा भारतका सङ्घीय मन्त्री पियूष गोयलले पनि नेपाल र भारतबीचको सम्बन्ध सीमा, भूराजनीतिले निर्धारण नगर्ने, बरु हामी एकै परिवारका सदस्य भएको बताए ।

नेपाल र भारतबीचको सम्बन्ध ठूलो दाजु र भाइको जस्तो नभई पारस्परिक विश्वास र सम्मानमा आधारित रहेको बताए । दुई देशा प्रधानमन्त्रीबीच बिहीबार भएको छलफलले नयाँ विश्वास र सद्भावको आधार बनाएको उनको भनाइ थियो ।

गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि गठन भएको वर्तमान सरकारले सुशासन र समृद्धिलाई प्रमुख प्राथमिकतामा राखेको छ । सोही प्राथमिकता मध्येको समृद्धिको कार्यसूचीलाई अगाडि बढाउन प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले नयाँ आयाम थपेको भन्दै नेपालका उद्योगी व्यवसायी समेत प्रसन्न भएका छन् । 

बिजुली व्यापारमा सम्बन्धमा भएको पछिल्लो सहमतिले नेपालमा ऊर्जाको क्षेत्रमा थप लगानी भित्रने उनीहरुको भनाइ छ । महासङ्घका अध्यक्ष ढकालले पनि बिजुली व्यापारका सम्बन्धमा बिहीबारको सहमति आफैँमा महत्वपूर्ण भएको बताए । उनले नेपाल विद्युत प्राधिकरणले चालू आवमा नै बिजुली बिक्री गरेर एउटा तथ्य स्थापित गरिसकेको बताउँदै बिहिबारको सहमति पछि थप नयाँ आधार तयार हुने र नेपालको समृद्धिको दिन धेरै टाढा नभएको बताए ।

यस्तै नेपाल र भारतबीचको धार्मिक र सांस्कृतिक सम्बन्ध धेरै पुरानो रहेको सन्दर्भ जोड्दै भारतीय प्रधानमन्त्रीले त्यसलाई थप बलियो बनाउने बताएका थिए । उनले संयुक्त पत्रकार सम्मेलनमा भनेका थिए,  “यो सुन्दर क्षणलाई अझ बढी महत्व दिनको लागि प्रधानमन्त्री प्रचण्डजी र मैले निश्चित गरेका छौँ कि रामायण सर्किटसँग सम्बन्धित परियोजनामा तीव्रता ल्याउनुपर्छ ।” 


प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  ०७:२९
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शौचालयमा लडेर प्रचण्ड घाइते
शौचालयमा लडेर प्रचण्ड घाइते
खर्च घटाउने मोडेलबाट संघियतालाई छरितो ढंगबाट अघि बढाउन आवश्यक देखिएकोे छः पौडेल
खर्च घटाउने मोडेलबाट संघियतालाई छरितो ढंगबाट अघि बढाउन आवश्यक देखिएकोे छः पौडेल
नेकपा एकीकृत समाजबादी बाँकेको अध्यक्षमा दिपक जिएम सर्वसम्मत निर्वाचित
नेकपा एकीकृत समाजबादी बाँकेको अध्यक्षमा दिपक जिएम सर्वसम्मत निर्वाचित
बलियो राजनीतिक शक्ति निर्माणका लागि जनताले संकल्प गर्नुपर्ने समय आएको छः शंकर पोखरेल
बलियो राजनीतिक शक्ति निर्माणका लागि जनताले संकल्प गर्नुपर्ने समय आएको छः शंकर पोखरेल
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP