prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार ११, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस रुपान्तरण अभियानका नेताहरु भन्छन्, 'पार्टी सुधार्न निरन्तर प्रश्न गरिरहन्छौं'
कांग्रेस रुपान्तरण अभियानका नेताहरु भन्छन्, 'पार्टी सुधार्न निरन्तर प्रश्न गरिरहन्छौं'
banijya office
बागेश्वरी पोस्ट
बुधबार, जेठ २४, २०८० बागेश्वरी पोस्ट
कांग्रेस रुपान्तरण अभियानका नेताहरु भन्छन्, 'पार्टी सुधार्न निरन्तर प्रश्न गरिरहन्छौं'

नेपालगञ्ज । 'नेपाली कांग्रेस रुपान्तरण अभियान' सुरु गरेका नेताहरुले कांग्रेसको चाल, चरित्र र चेहरालाई परिवर्तन नगरी कांग्रेस रुपान्तरणको सम्भावना नभएको भन्दै आफूहरुले पार्टीको समय सापेक्ष रुपान्तरण गर्ने अभियान थालेको बताएका छन् ।

nepalgunj 081-082

नेपाली कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी रुपान्तरण अभियानका नेताहरुले कांग्रेसभित्र नैतिक शक्तिको क्षय भएको भन्दै नैतिक शक्ति बलियो बनाउने अभियानमा आफूहरु लागेको बताए । परम्परागत शैली र आलोचना सुन्न नसक्ने प्रबृत्तिले पार्टी क्षयीकरणको दिशामा गइरहेको भन्दै उनीहरुले पार्टीलाई जागृत गर्न सातै प्रदेशमा बृहत भेला तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिरहेको बताए ।

केन्द्रिय सदस्य मधु आचार्यले कांग्रेसभित्र गैरकांग्रेसी चरित्रले बास गरेको बताउँदै कांग्रेसको कमी-कमजोरीहरुबाट फाइदा उठाएर देशको राजनीतिमा उग्रवामपन्थी र दक्षिणपन्थी शक्तिहरुको उदय भएको दाबी गरे । रुपान्तरण अभियान गुटबन्दी गर्नलाई नभई गुट अन्त्य गरेर समतामूलक कांग्रेस बनाउने अभियानमा लागिपरेको आचार्यको भनाई छ ।

युवा नेता गुरुराज घिमिरेले पार्टी विधि-विधान अनुसार नचल्दा बेथिति र विकृति बढेको बताए । विधानलाई लत्याउँदा पार्टी गलत दिशमा अघि बढेको बताए । घिमिरेले नेता कार्यकर्ताको सल्लाह सुझाब र प्रश्नलाई गाली सम्झने नेतृत्वको प्रबृत्ति नसच्चिँदासम्म प्रश्न गरिहनुपर्ने बताए । पार्टी सुधार्ने अभियानमा काँधमा काँध मिलाएर कसरी अगाडि बढ्ने भन्ने विषयमा आफूहरु देशभरका नेता कार्यकर्ताहरुको आवाज सुन्न जिल्ला जिल्लामा पुगिरहेको बताए ।

कार्यक्रममा 'नेपाली कांग्रेस रुपान्तरण अभियान' का नेताहरु रञ्जित कर्ण, भुपेन्द्रजंग शाही, जगदिश्वर नरसिंह केसी, देवराज चालिसे लगायत उपस्थित रहेको प्रबक्ता डिल्ली गिरीले जानकारी दिए । कार्यवहाक सभापति गोपालप्रसाद अधिकारीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए । 


प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १९:०६
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP