prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • दिगो भविष्यका लागि फोहोरको उचित व्यवस्थापनका विषयमा छलफल
दिगो भविष्यका लागि फोहोरको उचित व्यवस्थापनका विषयमा छलफल
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असार १०, २०८० बागेश्वरी पोस्ट
दिगो भविष्यका लागि फोहोरको उचित व्यवस्थापनका विषयमा छलफल

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले फोहोरमैला व्यवस्थापनमा परम्परागत शैली बदल्न जरुरी रहेको बताएका छन् । उनले प्रविधिको आत्मसाथ गर्दै समयसापेक्ष फोहोर व्यवस्थापन रणनीति अख्तियार गर्नुपर्ने आवश्यकता औंल्याए ।

"दिगो भविष्यका लागि फोहोरको उचित व्यवस्थापन" भन्ने नाराका साथ फोहोरको (कम प्रयोग, पुनः प्रयोग र प्रशोधित प्रयोग) 3R रणनीतिलाई प्रबद्र्धन गर्न भेरी वातावरणीय विशिष्टता समूह (बी-ग्रुप) द्वारा आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले फोहोर व्यवस्थापनमा नेपालगञ्ज उपमहानगरपालिका गम्भीरतापूर्वक लागेको बताए । नागरिक तहमा व्यवहार परिवर्तन जरुरी रहेको बताउँदै उनले फोहोर व्यवस्थापनमा नगरबासीको जागरण र प्रतिबद्धता खोजे । ल्याण्डफिल साइट र स्वास्थ्यजन्य फोहोर प्रशोधन केन्द्र सञ्चालनले फोहोर व्यवस्थापनमा सहजता भएको बताउँदै उनले दिगो भविष्यको रणनीति बनाउन थप गृहकार्य गरेर अघि बढ्न जरुरी रहेको बताए । 

No description available.

बी-ग्रुपका अध्यक्ष टेक बहादुर पुनको अध्यक्षता एवम् नगर प्रमुख विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका वातावरण तथा विपत शाखा प्रमुख प्रकाश डिसीले नेपालगञ्ज उपमहानगरपालिकामा फोहोरमैला व्यवस्थापनको वर्तमान अवस्था र भावी योजना, त्रिभुवन विश्वविद्यालय रसायनशास्त्र विभागका उपप्राध्यापक डा. ज्योति गिरीले फोहोरको कम प्रयोग, पुनः प्रयोग र प्रशोधित प्रयोग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका वैज्ञानिक डा. रबिन्द्रप्रसाद ढकालले फोहोर व्यवस्थापन नीति तथा सुशासन, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. राजेशकेशर खनाल फोहोर व्यवस्थापनमा समुदाय र शैक्षिक संस्थाहरुको संलग्नता र आरभिएम प्लास्टिक सोलुसन नेपालका संस्थापक जोसेफ श्रेष्ठले फोहोर व्यवस्थापनमा आविष्कार र प्रबिधिका बारेमा प्रस्तुतिकरण गरेका थिए ।

No description available.

बी-ग्रुपका कार्यकारी निर्देशक डम्मर सुनारले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रममा एमडिएम फ्रान्सका कार्यक्रम प्रबन्धक वसन्त थापाले फोहोर व्यवस्थापनका क्षेत्रमा गरिरहेका कामहरुबारे जानकारी गराएका थिए । कार्यक्रममा फोहोरको कम प्रयोग, पुनः प्रयोग र प्रशोधित प्रयोगका लागि सचेतनामूलक अभियान सञ्चालनमा जोड दिइएको छ । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, वातावरण तथा विपत समिति संयोजक समिरप्रताप सिंह, प्रबक्ता प्रमोद रिजाल लगायत सरोकारवाला उपस्थित थिए । कार्यक्रममा सहजीकरण सञ्चारकर्मी ओविराज आचार्यले गरेका थिए । 

जिआइजेड, एमडिएम फ्रान्स र एएफडीको सहयोगमा बी-ग्रुपले नेपालगञ्ज उपमहानगरपालिकाको समन्वयमा नेपालगञ्जमा पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना सञ्चालन गरिरहेको छ । डुडुवा र खजुरामा पनि यो परियोजना सञ्चालित छ । 


प्रकाशित मिति: आइतबार, असार १०, २०८०  २१:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अख्तियारको नेपालगञ्ज सम्पर्क कार्यालयद्वारा ८७.२६ प्रतिशत उजुरी फछ्यौट
अख्तियारको नेपालगञ्ज सम्पर्क कार्यालयद्वारा ८७.२६ प्रतिशत उजुरी फछ्यौट
लुम्बिनीका ६ जिल्लामा 'बडका अत्तवारी' पर्वको अवसरमा सार्वजनिक विदा
लुम्बिनीका ६ जिल्लामा 'बडका अत्तवारी' पर्वको अवसरमा सार्वजनिक विदा
एकल बादी महिलालाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन सर्वोच्चको परमादेश
एकल बादी महिलालाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन सर्वोच्चको परमादेश
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP