prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बैदेशिक रोजगारीमा जानेहरुलाई आवश्यक परामर्श गर्दै सामी
बैदेशिक रोजगारीमा जानेहरुलाई आवश्यक परामर्श गर्दै सामी
RSG-2
सुरक्षित बैदेशिक रोजगारीका लागि १४ हजार बढीलाई सूचना सम्प्रेषण
बागेश्वरी पोस्ट
मंगलबार, असार १२, २०८० बागेश्वरी पोस्ट
बैदेशिक रोजगारीमा जानेहरुलाई आवश्यक परामर्श गर्दै सामी

नेपालगञ्ज । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले बाँकेमा सुरक्षित बैदेशिक रोजगारीका लागि १४ हजार बढीलाई सूचना सम्प्रेषण गरेको छ । सामीले आज नेपालगञ्जमा पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर बैदेशिक रोजगारीमा जानेहरुलाई सही सूचना लिई सीप सिकेर मात्र जान परामर्श गर्दै आएको जनाएको छ ।

सामी कार्यक्रम बाँकेका चार पालिकामा सञ्चालनमा छ । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा सामी कार्यक्रम सञ्चालन भइरहेको कार्यक्रम संयोजक कमलसिंह नेपालीले बताए । नेपालमा २०६७ सालदेखि सुरु भएको सामी कार्यक्रम अहिले मुलुकभरका ३८ जिल्लाका १५६ पालिकामा सञ्चालन भइरहेको छ । सामी कार्यक्रमका सामाजिक परिचालन अधिकृत घनश्याम ओलीले सूचनामा पहुँच, न्यायमा पहुँच, मनोसामाजिक परामर्श र वित्तीय साक्षरता सेवा प्रदान गरिरहेको बताए ।

No description available.

बाँकेबाट गत आर्थिक बर्षमा ८ हजार ९७ जना विदेश गएको तथ्यांक छ । उनका अनुसार बाँकेमा आप्रवासी स्रोत केन्द्रबाट सूचना तथा परामर्श सेवा लिनेको संख्या चालू आर्थिक बर्षमा १० हजार १ छ । यो साउन १ गतेदेखि जेठ ३२ गतेसम्मको तथ्यांक हो । यस्तै रिटर्नी स्वयंसेवक परिचालनमार्फत घरभेट गरिएको संख्या ४४ सय ७६ छ । गत आर्थिक बर्षमा निःशुल्क कानुनी सेवा लिनेको संख्या २७३ रहँदा चालू आर्थिक बर्षमा ६१ रहेको ओलीले जानकारी दिए ।

No description available.

सामीले निःशुल्क तालिम दिएर सीप सिकाउने काम पनि गरिरहेको छ । बैदेशिक रोजगारीसंग सम्बन्धित मनोसामाजिक समस्या भोगिरहेकाहरुको जीवनमा बदलाब ल्याउन पनि सामीले मनोसामाजिक परामर्श सेवा दिँदै आएको नेपालगञ्ज उपमहानगरपालिकाकी मनोसामाजिक परामर्शकर्ता पूजा भण्डारीले बताइन् । उनले आत्महत्याको प्रयास गरेकाहरुलाई मनोसामाजिक परामर्श दिएर बचाएको समेत बताइन् । सामीले यस बर्ष ६४ जनालाई मनोसामाजिक परामर्श सेवा दिएको जनाएको छ । नेपालगञ्जमा १५, कोहलपुरमा १९, खजुरामा २५ र बैजनाथमा ५ जनालाई मनोसामाजिक परामर्श सेवा दिइएको छ ।

वित्तीय साक्षरता कक्षामार्फत बैदेशिक रोजगारीबाट आएको पैसालाई कसरी सदुयोग गर्ने भन्ने बारेमा पनि परामर्श गर्दै आएको कोहलपुर नगरपालिकाकी वित्तीय साक्षरता सहजकर्ता अनिता जिसी रावतले बताइन् । उनले विदेशमा कमाई गरेर पठाएको पैसाको हिसाब राम्रोसंग नराख्दा बढिरहेको पारिवारिक विखण्डन रोक्न पैसा व्यवस्थापन गर्ने तरिका सिकाइरहेको उल्लेख गरिन् । बाँकेमा यस बर्ष ४०८ जनालाई वित्तीय साक्षरतामार्फत व्यवहार परिवर्तन गराइएको तथ्यांक सामीसंग छ ।

No description available.

कार्यक्रममा नेपालगञ्जकी डिप्रेशनपीडित एक महिलाले मनोसामाजिक परामर्श पाएपछि आफ्नो जीवनमा आएको बदलाब र कोहलपुरकी विष्णु गोराथोकीले वित्तीय साक्षरता कक्षा लिएपछि श्रीमानले विदेशबाट कमाएर पठाएको पैसाको सही सदुयोग र बचत गर्ने आनीबानीमा आएको परिवर्तनबारे आफ्ना अनुभव सुनाएका थिए । कार्यक्रममा डेढ दर्जन पत्रकार उपस्थित थिए ।

सामी कार्यक्रम नेपाल सरकार र स्वीस सरकारको द्वीपक्षीय सम्झौता अन्तर्गत सञ्चालनमा छ । यो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा कार्यान्वयन भइरहेको छ । कार्यक्रमलाई स्वीस सरकारको तर्फबाट प्राविधिक सहयोग हेल्भेटास नेपालले उपलब्ध गराएको छ ।

No description available.


प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १५:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अख्तियारको नेपालगञ्ज सम्पर्क कार्यालयद्वारा ८७.२६ प्रतिशत उजुरी फछ्यौट
अख्तियारको नेपालगञ्ज सम्पर्क कार्यालयद्वारा ८७.२६ प्रतिशत उजुरी फछ्यौट
लुम्बिनीका ६ जिल्लामा 'बडका अत्तवारी' पर्वको अवसरमा सार्वजनिक विदा
लुम्बिनीका ६ जिल्लामा 'बडका अत्तवारी' पर्वको अवसरमा सार्वजनिक विदा
एकल बादी महिलालाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन सर्वोच्चको परमादेश
एकल बादी महिलालाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन सर्वोच्चको परमादेश
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP