prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, कात्तिक २०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • मनोसामाजिक परामर्शपछि डिप्रेशन पीडित महिलाको बदलिएको जीवन...
मनोसामाजिक परामर्शपछि डिप्रेशन पीडित महिलाको बदलिएको जीवन...
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असार १३, २०८० बागेश्वरी पोस्ट
मनोसामाजिक परामर्शपछि डिप्रेशन पीडित महिलाको बदलिएको जीवन...
सांकेतिक तस्बीर

नेपालगञ्ज । उनलाई मर्न मात्रै मन लाग्थ्यो, छोराछोरी घरपरिवारप्रतिको मोह भंग भइसकेको थियो । एक दुई पटक त उनले आत्महत्याको प्रयास पनि गरिन् । तर, परिवारका सदस्यले थाहा पाएपछि उनी गलत बाटो अख्तियार गर्नबाट बचिन् । दुनियाँ विरानो लाग्थ्यो । कोही आफ्नो जस्तो लाग्दैनथ्यो । अँध्यारो कोठमा बस्न मात्रै मन लाग्ने, शरीर दुब्लाएर ख्याउटे भइसकेको थियो, कसैसंग बोल्न मन लाग्दैनथ्यो, कोही बोल्न खोज्यो भने झर्को लाग्थ्यो । जब उनले चार बर्ष अघि ३५/३६ बर्षकै उमेरमा श्रीमान गुमाइन् अनि त्यो असह्य पीडाले उनलाई थिच्यो ।

शोकलाई सहन नसक्दा किरियामै बसेको बेला उनमा डिप्रेशन देखिन थालिसकेको थियो । विस्तारै विस्तारै समस्या बढ्दै गयो अनि उनलाई यो दुनियाँ विरानो लाग्न थाल्यो । नेपाली सेनाबाट निवृत्त उनका श्रीमान त्यसपछि बैदेशिक रोजगारीका लागि कतार गए । तर, २ बर्ष कतार बसेर उताबाट फर्किएपछि उनको दुःखद निधन भयो । नेपालगञ्जका उनीहरुको सुन्दर संसार उजाडिएपछि एकल महिलामा डिप्रेशनले बास गर्न सुरु गर्यो । यहाँ उनले चेकजाँच गराइन् । तर, बीसको उन्नाइस भएन । पछि चिकित्सककै सल्लाहमा उनी लखनउ पुगिन् । त्यतिबेलासम्म उनको दिमागमा घाउ बनिसकेको थियो । उनले औषधि सेवन गर्न थालिन् ।

यही सिलसिलामा कतैबाट यो कुरा थाहा पाएर सामी कार्यक्रम अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकाकी मनोसामाजिक परामर्शकर्ता पूजा भण्डारी उनी कहाँ पुगिन् । भण्डारीसंग उनको भेट भएर जब मनोसामाजिक परामर्श पाउन थालिन्, विस्तारै उनको धारणा परिवर्तन हुन थाल्यो । उनकै शब्दमा कोही भगवान आएर आफूलाई बचाउन खोजेजस्तो अनुभूति उनलाई भयो । मन शान्त हुन थाल्यो । छोराछोरी घरपरिवारको माया लाग्न थाल्यो । बाँच्न मन लाग्न थाल्यो अनि भण्डारीको निरन्तर परामर्शपछि उनी पहिलेकै अवस्थामा फर्किइन् । अढाई बर्षदेखि लगातार खाँदै आएका औषधि खान छोडेको पनि अहिले चार महिना भइसक्यो । अहिले उनलाई समाजसंग घुलमिल हुन मन लाग्छ । मान्छेसंग बोल्दा झर्को लाग्दैन । उचित मनोसामाजिक परामर्शले आफू पूर्ववत अवस्थामा फर्किसकेको उनी बताउँछिन् । ४० बर्षीय उनका दुई सन्तान छन् । सानै उमेरमा विवाह गरेको बताउने उनका एक २७ बर्षीय छोरा छन् । उनी कतारमा छन् । २२ बर्षीया छोरी अमेरिका छिन् ।

बैदेशिक रोजगारीसंग सम्बन्धित मनोसामाजिक समस्या भोगिरहेकाहरुको जीवनमा बदलाब ल्याउन पनि सामीले मनोसामाजिक परामर्श सेवा दिँदै आएको नेपालगञ्ज उपमहानगरपालिकाकी मनोसामाजिक परामर्शकर्ता पूजा भण्डारीले बताइन् । उनले आत्महत्याको प्रयास गरेकाहरुलाई मनोसामाजिक परामर्श दिएर बचाएको समेत बताइन् । सामीले यस बर्ष ६४ जनालाई मनोसामाजिक परामर्श सेवा दिएको जनाएको छ । नेपालगञ्जमा १५, कोहलपुरमा १९, खजुरामा २५ र बैजनाथमा ५ जनालाई मनोसामाजिक परामर्श सेवा दिइएको सामीका कार्यक्रम संयोजक कमलसिंह नेपालीले बताए ।


प्रकाशित मिति: बुधबार, असार १३, २०८०  ०७:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नैतिक र जिम्मेवार पत्रकारिता गर्न महासंघ बाँकेको आह्वान
नैतिक र जिम्मेवार पत्रकारिता गर्न महासंघ बाँकेको आह्वान
खराब मौसमका कारण सुर्खेत विमानस्थल बन्द
खराब मौसमका कारण सुर्खेत विमानस्थल बन्द
जाँचबुझ आयोगका प्रबक्ता शर्मा भन्छन्-'निर्भिक र निष्पक्ष भएर प्रतिबेदन तयार गर्छौं'
जाँचबुझ आयोगका प्रबक्ता शर्मा भन्छन्-'निर्भिक र निष्पक्ष भएर प्रतिबेदन तयार गर्छौं'
अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनामा
अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनामा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP