नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, वैशाख २७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • एनआरएनए बेल्जियमको नेतृत्वका लागि समाजले आशा गरेका युवाहरु
एनआरएनए बेल्जियमको नेतृत्वका लागि समाजले आशा गरेका युवाहरु
बागेश्वरी पोस्ट
शनिबार, असार १६, २०८० बागेश्वरी पोस्ट
एनआरएनए बेल्जियमको नेतृत्वका लागि समाजले आशा गरेका युवाहरु

बेल्जियम । गैरआवासीय नेपाली संघ बेल्जियम आगामी नेतृत्व चयनको संघारमा छ । करिब २६ सय पन्जीकृत सदस्यले आगामी दुई बर्षका लागि संगठनको नेतृत्व कस्ता ब्यक्तिलाई दिन्छन् र उनीहरुले कसरी काम गर्छन् भन्ने बहस बेल्जियममा यति बेला सुरु भइरहेको छ ।

बेल्जियमको नेपाली समुदायमा सफल ब्यबसायी र सामाजिक कामका लागि कर्तब्यनिष्ठ युवाहरु काशी दनै र मदन दवाडीले एनआरएनए बेल्जियमका लागि हाम्रो आवश्यकता छ भने हामी नेतृत्वका लागि तयार छौं भन्ने आशय देखाएर सुझाब मागेपछि चुनावी चर्चाले अर्कै मोड लिएको छ । 

कडा मेहनत  र लगनशिलताले युवा उमेरमै अरुका लागि उदाहरणीय हुने गरी व्यबसायिक सफलता पाएका उनीहरुले नेपाली व्यबसायी संघ बेल्जियमलाई उदाहरणीय संस्थाका रुपमा स्थापित गराएका छन् । सन्  २००६ मा स्थापित भएको नेपाली ब्यबसायी संघ बेल्जियमले  बिना विवाद रचनात्मक काम गरेर सदस्यहरुलाई फाइदा पुर्‍याउने कार्ययोजना ल्याउँदै नेपाली ब्यापारीहरुलाई सहयोग पुगेको जस सबैले उनीहरुको टिमलाई दिने गरेका छन् । पदीय अहमता भन्दा संगठनका  योजना सफल बनाउन अघि सर्ने र त्यसको जस पनि सामूहिक पर्यत्नको फल हो भनेर अरुलाई नै दिन खोज्ने स्वभावका कारण उनीहरुप्रति धेरैको सहानुभुति र सम्मान रहेको छ । 

सामाजिक अभियानका बारेमा गहिरो अनुसन्धान, विश्लेषण सामाजिक सम्बन्धको बिस्तार र सम्बद्ध पक्षको राय सुझाव लिई आफ्नो ज्ञान र सीप प्रयोग गरेर लगनशिल भएर काम गर्ने भएका कारण उनीहरु आबद्ध भएका सामाजिक संस्था हुन् वा व्यबसायिक प्रतिष्ठान सफल भएका उदाहरण छन् । परम्परागत रुपमा चलेको एनआरएनएले नेपाली समुदाय र मातृभूमीका लागि पनि खासै उल्लेख्य काम गर्न नसकेको भनेर जनमानसलाई उदास बनाएको अवस्थामा केही रचनात्मक काम गर्न सक्ने ब्यक्तिहरुको आवश्यकता छ ।

जन-असन्तोष बढेको मौका छोपेर एनआरएनएको नेतृत्व लिन अनावश्यक  प्रोपोगन्डा गर्ने र समाजलाई उछृंखल बनाउने अराजक चरित्रका केही ब्यक्तिहरु लागेको देखिन्छ । आधुनिक चेत र युवा जोश भएका मदन र काशी जस्ता युवाहरुको आगमनले एनआरएनए बेल्जियमलाई सबैले अपेक्षा गरे अनुसारको साझा संगठन बनाउन मद्दत पुग्ने बेल्जियमको नेपाली समुदायको विश्वास रहेको छ ।

सामाजिक अभियानमा अग्रपंक्तिमा देखिने दनैले अन्तर्राष्ट्रिय धादिङ समाजमार्फत कोरोना संकटको बेला विश्वब्यापी सन्जाल बनाएर अति आवश्यक  खाद्य सामग्री र मेडिकल सामग्री, संकटमा परेका बिपन्न परिवारहरुलाई बितरण समेत गरेका थिए ।  बैदेशिक रोजगारीमा गएर रोजगारी गुमाएका अभिभावकहरुका करिब ५ सय बालबालिकाको शिक्षा आर्जनलाई निरन्तरता दिने अभियान चलाएर सहयोग पुर्याएका थिए । 

दनै एनआरएनए बेल्जियमको युवा संयोजक हुँदा संगठनमा नयाँ युवाहरुलाई सहभागी गराउन अभिप्रेरित गरेकाले नै सामाजिक अभियान र एनआरएनएमा युवाहरुको चासो बढेको छ । उनले अप्ठेरो परेका नेपालीलाई भाषा अनुवादक भएर होस् कि घर व्यबहारमा पर्ने कठिनाईमा होस् सहयोग गर्दै आएका छन् । नेपाली समुदायका सामाजिक, परोपकारी अभियान सफल बनाउन मात्र होइन उनको ब्यबसायिक दक्षता र लगनशिलताले गर्दा 'ट्रेन्ड' जस्ता बेल्जियमको नयाँ ब्यवसायको खोज र मूल्याङ्कन गर्ने प्रख्यात संस्थाको नोमिनेसनमा परेर उनको कम्पनी पुरस्कृत भइसकेको छ । 

सधैं भद्र र सालिनरुपमा  समाजमा प्रस्तुत हुने दवाडीले नेपाली मिलन केन्द्र युरोपको महासचिव हुँदा नेपाली दुतावाससँगको सहकार्यमा एन्तवेरपेनको विलरेक पार्कमा भगवान बुद्धको प्रतिमा स्थापना गर्न भूमिका निभाएका थिए ।  बेल्जियमका स्थानीय संस्थाको सहकार्यमा नेपाली कलाकारको फोटो प्रदर्शनी, नेपाली खानाको प्रबर्द्धन र नेपाली कला संस्कृतिको प्रचारप्रसारमा दवाडीले काम गर्दै आएका छन् । 

बेल्जियमको नेपाली समुदाय र  व्यबसायीहरुलाई अति आवश्यक  हुने जानकारी लेख रचना र भिडियो बनाएर दिने गरेका छन् ।  नेपाली व्यबसायीहरुलाई आवश्यक कानुनी, प्राबिधिक, भाषिक सल्लाह लगायत पर्सनल ट्याक्स तथा संघसंस्थाहरुको ट्याक्ससम्मका आममानिसको जीवनसँग जोडिएका बिषयमा सहयोग गर्दै आएका छन् । 

उनले बेल्जियमको कागज प्राप्त गर्नको लागि कम्युनमा अन्तरबार्ता दिन पर्दा डच भाषा नबुझ्ने नेपालीलाई भाषा अनुबादकको रुपमा पनि काम गर्दै आएका छन् । नेपालबाट स्नातकोत्तर गरेर विश्वबिद्यालय अन्तर्गतको क्यामपसमा पढाउँदै गरेका दवाडीको नेपालको त्रिभुवन बिश्वविद्यालयको व्यबसाय संकायको स्नाकोत्तरको सर्टिफिकेटलाई बेल्जियमको शिक्षा बिभागबाट अर्थशास्त्र बिज्ञानमा स्नाकोत्तरको (master in applied economic science) मान्यता पाएको छ ।  

दवाडी र दनैले  नेपाली समुदायलाई आवश्यक  जानकारीमूलक सूचना दिन ब्यबस्थित प्रणालीको सुरुवात गर्ने, संस्थाका सुधारका एजेन्डालाई यहाँको नेपाली समुदायको सुझाब अनुसार लागू गर्ने, पन्जीकृत सदस्यता बनाउने हालको प्रणाली एमआइएस सिस्टमलाई व्यापकरुपमा सुधार गरी सूचनाको गोपनियतासम्बन्धि कानुन अन्तरगत रही ब्यक्तिगत बिबरणको सुरक्षाको ग्यारेन्टि हुने गरी बनाउनको लागि आइसिसलाई दबाब दिने,  बेजोरगार, अर्ध बेजोरगार, गृहिणीहरुलाई बिभिन्न सीपमूलक तालिम दिई पिनट्रेस्ट लगायत अन्य सामाजिक संजालमार्फत कारोबार गराई अतिरिक्त आम्दानी गर्न सक्ने वातावरणको सृजना गर्दै आएका छन् ।

लगानी र देश बिकासका कार्यान्वयनमा जटिल र महत्वाकांक्षी कुरा भन्दा स्थानीय नेपाली समुदायको सहयोग र उत्थानका लागि आपत्कालीन कोष, बेल्जियमका ठूला-ठूला  व्यबसायिक संस्था र सप्लायरसंग डिल गरेर हरेक सदस्यलाई फाइदा हुने र संगठनलाई पनि आर्थिक सहयोग पुग्ने योजना ल्याउने र फन्ड कलेक्सन गर्ने योजना बनाएका छन्  ।

वृहतरुपमा सबैलाई सहज हुने गरी अनलाइन तथा भौतिक  भाषा कक्षा, नेपाली कला र संस्कृतिसम्बन्धि जानकारी दिने ब्यबस्था गर्ने,  नेपालको  पर्यटन प्रवर्द्धनलाई  नयाँ ढंगले संचालन गर्ने, बेल्जियम सरकारसंग नेपाली चाडपर्वमा बिदा दिने ब्यबस्था गर्नका लागि लबिङ गर्ने र युबा विद्यार्थी भाईबहिनीहरुले स्कुल कलेजमा सांस्कृतिक भिन्नताका कारण ब्यहोर्नुपरेका समस्या समाधानका लागि सम्बन्धित निकायमा डेलिगेसन जाने र सुधारका लागि पर्यत्न गर्ने, स्थानीय नगरपालिका र क्लबसँग मिलेर खेलकुदमा नेपाली युवाहरुलाई सहयोग गर्न प्रोत्साहित गर्ने, खेलकुद आयोजना गर्ने, नेपाली पुस्तकालयको स्थापनाका लागि पहल गर्ने, सार्वजनिक सुनुवाई र समस्या समाधानका लागि  हेल्लो एनआरएन हटलाइन संचालन गर्ने प्रतिबद्धता गरेका छन् ।


प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १९:०२
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शौचालयमा लडेर प्रचण्ड घाइते
शौचालयमा लडेर प्रचण्ड घाइते
खर्च घटाउने मोडेलबाट संघियतालाई छरितो ढंगबाट अघि बढाउन आवश्यक देखिएकोे छः पौडेल
खर्च घटाउने मोडेलबाट संघियतालाई छरितो ढंगबाट अघि बढाउन आवश्यक देखिएकोे छः पौडेल
नेकपा एकीकृत समाजबादी बाँकेको अध्यक्षमा दिपक जिएम सर्वसम्मत निर्वाचित
नेकपा एकीकृत समाजबादी बाँकेको अध्यक्षमा दिपक जिएम सर्वसम्मत निर्वाचित
बलियो राजनीतिक शक्ति निर्माणका लागि जनताले संकल्प गर्नुपर्ने समय आएको छः शंकर पोखरेल
बलियो राजनीतिक शक्ति निर्माणका लागि जनताले संकल्प गर्नुपर्ने समय आएको छः शंकर पोखरेल
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP