prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • चन्दा संकलन गरेरै सरस्वती माताको मन्दिर स्थापना
चन्दा संकलन गरेरै सरस्वती माताको मन्दिर स्थापना
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असार २२, २०८० बागेश्वरी पोस्ट
चन्दा संकलन गरेरै सरस्वती माताको मन्दिर स्थापना

नेपालगञ्ज । आर्थिक संकलन गरेर कोहलपुरको सगरमाथा ज्ञानपुञ्ज माध्यमिक विद्यालयमा सरस्वती माताको मन्दिर निर्माण गरिएको छ । कोहलपुर नगरपालिका–४ पशुपतिनगरमा रहेको विद्यालयले चन्दा संकलन गरेरै सरस्वती माताको मन्दिर स्थापना गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन पौड्यालले विभिन्न व्यक्ति र संस्थाहरू सहयोग संकलन गरेर मन्दिर निर्माण गरिएको बताए ।

‘विद्यालयमा विद्याकी देवी सरस्वती माताको मन्दिर थिएन । चन्दा संकलनबाटै मन्दिर स्थापनाको पहल थालेका थियौं । सफल पनि भयौं । खुसी लागेको छ,’ उनले भने, ‘यो कार्यमा साथ दिने सबैलाई मेरो व्यक्तिगत र विद्यालयको तर्फबाट धन्यवाद दिन चाहन्छु ।’ विद्यालय परिसरमा स्थापना गरिएको सरस्वती मन्दिरको बिहीबार उद्घाटन समेत गरिएको छ ।

No description available.

उक्त मन्दिरको एक कार्यक्रमका बीच लुम्बिनी प्रदेश सांसद कृष्णा केसी (नमुना) ले उद्घाटन गरेकी थिइन् । सो अवसरमा बोल्दै उनले विद्यालयको भौतिक तथा शैक्षिक सुधारका लागि आफूले सक्ने सहयोग गर्ने बताइन् ।

‘मेरो निर्वाचन क्षेत्र यहाँ नभए पनि मेरो घर र मत हाल्ने क्षेत्र चाहिँ यही नै हो,’ सांसद नमुनाले भनिन्, ‘कोहलपुरको विकासमा मेरो सधैं चासो र चिन्ता रहन्छ । आफ्नो ठाउँबाट गर्ने सहयोग म गर्छु ।’ विद्यालयको भौतिकसँगै शैक्षिक गुणस्तर समेत राम्रो हुनुपर्नेमा उनले जोड दिइन् । विद्यालयलाई यस क्षेत्रकै उत्कृष्ट सामुदायिक विद्यालय बनाउनुपर्ने सांसद नमुनाले बताइन् ।

विद्यालयका प्रधानाध्यापक मोहन चौधरीले ३ लाख २२ हजार २ सय ४९ रूपैयाँमा सरस्वती मन्दिर निर्माण सम्पन्न भएको जानकारी दिए । ‘सबैबाट सहयोग संकलन नै गरेर मन्दिर स्थापना भएको हो,’ उनले भने, ‘विद्यालय परिसरमै विद्याकी देवी सरस्वती माताको मन्दिर निर्माण भएपछि विद्यार्थीहरूलाई समेत सहज हुन्छ ।’

सो अवसरमा मन्दिरमा स्थापना सहयोग गर्ने विभिन्न व्यक्तिहरूलाई दोसल्ला ओढाएर सम्मानसमेत गरिएको थियो । कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका सदस्य लगायत उपस्थित रहेका थिए ।


प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १०:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनीका ६ जिल्लामा 'बडका अत्तवारी' पर्वको अवसरमा सार्वजनिक विदा
लुम्बिनीका ६ जिल्लामा 'बडका अत्तवारी' पर्वको अवसरमा सार्वजनिक विदा
एकल बादी महिलालाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन सर्वोच्चको परमादेश
एकल बादी महिलालाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन सर्वोच्चको परमादेश
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP