नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, वैशाख २२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • अध्यागमनले किन फर्कायो कुवेत जाँदै गरेका ११७ नेपालीलाई ? 
अध्यागमनले किन फर्कायो कुवेत जाँदै गरेका ११७ नेपालीलाई ? 
बागेश्वरी पोस्ट
बिहीबार, असार २८, २०८० बागेश्वरी पोस्ट
अध्यागमनले किन फर्कायो कुवेत जाँदै गरेका ११७ नेपालीलाई ? 

काठमाण्डौ । श्रमिकको पासपोर्टमा एकखाले भिसा र ब्यागेजमा अर्को भिसाको कागजात फेला परेपछि कुवेत जान लागेका ११७ जनालाई त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयले विमानस्थलबाटै फिर्ता पठाएको छ । अध्यागमन विभागले भिसा शंकास्पद रहेको भन्दै  बुधबार राती कुवेत जान लागेका १०१ जना नेपाली श्रमिक र आज बिहान १६ जनालाई विमानस्थलबाटै फर्काएको जनाएको छ ।

फिर्ता फर्काइएका १०१ जना हिजो राती सलाम एयर र १६ जना आज बिहान कुवेत एयरबाट कुवेत जाने तरखरमा रहेको अध्यागमन विभागले जानकारी दिएको छ। फिर्ता भएका उनीहरु विभिन्न म्यानपावरमार्फत कुवेतका विभिन्न कम्पनीहरुमा काम गर्न जाने भन्दै वैदेशिक रोजगार विभागबाट  समेत श्रम स्वीकृति पनि लिइसकेको पाइएको बताइएको छ। अध्यागमनले विमानस्थलमा  सोधपुछ गर्ने क्रममा उनीहरुले भनेको कुरा नमिलेपछि पछि घरेलु श्रमिकका रुपमा जान लागेको कुरा बाहिर आएपछि अध्यागमनले फिर्ता पठाएको हो । 

कुवेत जानेहरुसँग सोधपुछ गर्दा राहदानीमा एउटा भिसा लगाएर र कागजातमा अर्कै काम गर्ने गरी जान लागेको पुष्टि भएपछि अध्यागमनले कडाई गरेको विभागको दाबी छ । शंकास्पद भिसा भन्ने सुनेपछि फिर्ता पठाइएका ८० जनाले भिसाबारे अनुसन्धान गरिदिन अध्यागमन विभागलाई आग्रह गरेका छन् भने फिर्ता पठाइएकाहरु मध्ये आधा महिलाहरु छन् । 

अध्यागमन विभागले यो घटनाका बारेमा श्रम र गृह मन्त्रालयका सचिवसँगको छलफलबाट वैदेशिक रोजगार विभागमा सम्बन्धित म्यानपावरलाई कारवाहीका लागि पत्राचार गर्ने जनाएको छ । अध्यागमन विभागका अनुसार फिर्ता पठाइएकाहरु मध्येमा इन्डेक्स म्यानपावरबाट ४७, युथ म्यानपावरबाट ३२ र निलकलम एचआरबाट २४ जना, सुलभ म्यानपावरमार्फत ४ जनाले कुवेतको भिसा लगाएर श्रम स्वीकृति पाएका थिए ।

यता वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले श्रम स्वीकृति लिएर हिंडिसकेका श्रमिकलाई अध्यागमनले विना कारण रोकेर दुःख दिने काम मात्रै भइरहेको बताए । उनले भने, "सरकारले नै भिसा जाँचेर श्रम स्वीकृति दिएको छ, तर अध्यागमनले शंका लाग्यो भन्दै रोक्ने काम सही हैन ।"  यस घटनाबारे अध्यक्ष भण्डारीले गृहमन्त्रीसँग छलफल गर्ने बताएका छन् ।


प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १५:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP