prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, साउन ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगन्जमा सुरु भयो प्रहरी विधि बिज्ञान प्रयोगशाला
नेपालगन्जमा सुरु भयो प्रहरी विधि बिज्ञान प्रयोगशाला
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, माघ २२, २०७६ बागेश्वरी पोस्ट
नेपालगन्जमा सुरु भयो प्रहरी विधि बिज्ञान प्रयोगशाला

नेपालगन्ज ।जिल्ला प्रहरी कार्यालय बाँके र नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्यमा लागू औषधको प्रयोग, रोकथाम र नियन्त्रणका लागि सञ्चालित कानूनी तथा मनोसामाजिक निशुल्क ‘परामर्श केन्द्र’ बुधबारदेखि सञ्चालनमा आएको छ ।

paribartan 1

नेपालगन्जको गणेशमान चोक नजिक रहेको संघीय प्रहरी इकाई कार्यालय कर्णाली प्रदेशको जग्गामा रहेको पुरानो भवनमा निशुल्क परामर्श केन्द्र संचालनमा आएको हो । त्यसैगरी सोही परिसरमा प्रहरी अनुसन्धानमा सहयोग पुर्याउने उद्देश्यले निर्माण गरिएको प्रहरी बिधि विज्ञान प्रयोगशाला (फोरन्सिक ल्याव)को नवनिर्मित भवन समेत बुधबारबाट संचालनमा आएको छ । नेपाल प्रहरीका प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले बुधबार एक औपचारिक कार्यक्रमबिच दुई वटै इकाईको बिधिवत रुपमा उद्घाटन गरेका हुन ।

महानिरिक्षक खनालले उद्घाटन गरेसँगै ‘परामर्श केन्द्र’ र बिधि विज्ञान प्रयोगशाला संचालनमा आएका छन । कार्यक्रमका प्रमुख अतिथि प्रहरी महानिरिक्षक खनालले नेपालगन्जमा स्थापना भएको प्रहरी बिधि विज्ञान प्रयोगशालामा बैज्ञानिक परिक्षण हुने भएपछि बाँके जिल्ला मात्र नभएर ५ नम्बर प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेश समेतलाई सुविधा हुने बताए । पछिल्लो समय धनी र घरानिया परिवारका ब्यक्तिहरु समेत लागू औषध दुब्र्यसनीमा फसिरहेको बताउँदै खनालले प्रयोगकर्तालाई सुधार गृहमा राखेर मात्र समस्याको समाधान नहुने बताए ।

सुधार गृह भित्र दिईने लागू औषध पुर्ण रुपमा बन्द गर्नुपर्ने बताउँदै खनालले भने, ‘लागू औषध सेवनकर्तालाई दिनुपर्ने परामर्श नै हो सुधार गृह भित्र प्रयोगकर्तालाई दिइने लागू औषध सरासर गलत हो, अब त्यो बन्द गर्नुपर्छ । होईन भने त्यस्ता सुधार गृहहरु तत्काल बन्द गर्नुपर्छ ।’ लागू औषध नियन्त्रण ब्युरो प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुमार लामाले सो परामर्श केन्द्रबाट लागू औषधका दुव्र्यसनी तथा कारोबारीलाई सुधारात्मक, उपचारात्मक र दण्डात्मक पद्धतीको प्रयोग गरी मनोसामाजिक विमर्शका साथै कानूनी उपचारको समेत निशुल्क परामर्श दिईने बताए । उनले परामर्श केन्द्रमा लागू औषध प्रयोगकर्तालाई बिज्ञ परामर्शदाताबाट निशुल्क रुपमा सेवा प्रदान गरिने बताए । २०६९ सालको रेकर्ड अनुसार नेपालमा अप्राकृतिक रुपमा मृत्यु हुने संख्याको ८० प्रतिशतको मृत्यु लागू औषध सेवनबाट हुने गरेको देखिएको छ । नेपालमा ७० प्रतिशत अपराध लागू औषध कै कारण हुने गरेको भन्दै लामाले गाँजा र मदिरा सेवनकर्ता बाहेक २ लाखको हाराहारीमा लागू औषध प्रयोगकर्ता रहेको र पछिल्लो समयमा लागू औषध प्रयोगकर्ता ११.३८ प्रतिशतले बढिरहेको बताए ।

‘प्रहरीले कारबाही गरेका र सुधार गृहबाट उपचार गरि फर्केका मध्ये ९५ प्रतिशत फेरि कुलत मै फसेको पाईएको छ’ उनले भने ‘अब कारबाही र उपचार मात्र नभएर लागू औषध सेवन गर्नाको कारण पहिचान गरि त्यसलाई निराकरण गरि लागू औषध प्रयोगको समस्यालाई पुर्ण रुपले समाधान गर्नुपर्छ ।’ कार्यक्रममा स्वागत गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीर बहादुर वलीले नेपालगन्जमै विधि बिज्ञान प्रयोगशाला संचालनले मुद्दामा ढिलाई नहुने बताए । नियन्त्रणमा लिइएका सामग्रीहरुको वैज्ञानिक परिक्षणका लागि काठमाडौ पठाउनु पर्ने र रिपोर्ट आउन ढिला हुँदा मुद्दामा पनि स्वत ढिला हुने समस्या अब देखि हट्ने वलीले विश्वास व्यक्त गरे । प्रहरी उपरीक्षक वलीले बाँकेमा गत चार वर्षमा ५ सय ९७ अपराध सम्बन्धि मुद्दा दर्ता भएको बताए ।

त्यसैगरी ५ वर्षमा ७ सय ८ लागू औषध सम्बन्धि मुद्दा दर्ता भएकोमा १ हजार १ सय २५ जनालाई पक्राउ गरिएको बताए । ईन्जिनियर प्रहरी निरीक्षक दिपक केसीले बिधि बिज्ञान प्रयोगशाला नेपाल प्रहरीको आफ्नै स्रोत र साधनका साथै नियमित बजेटबाट निर्माण गरिएको बताए । उनले भ्याट समेत गरी २ करोड ८२ लाख ३१ हजार ६ सय रुपैयाँ लागतमा नवनिर्मित भवनको निर्माण सम्पन्न भएको बताए । कार्यक्रममा परामर्शकर्ता दिपेन्द्र कुमार जोशी, पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारु, प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले मन्तव्य राखेका थिए ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा। धवल शमशेर राणाको अध्यक्षतामा सप्पन्न कार्यक्रममा ५ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक सुरेश बिक्रम शाहले धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको संचालन प्रहरी नायब उपरीक्षक शिव बहादुर सिंहले गरेका थिए ।त्यस्तै विधि बिज्ञान प्रयोगशालाको कार्यालय प्रमुखमा प्रहरी निरीक्षक यमलाल बस्नेत रहने भएका छन् ।


प्रकाशित मिति: बुधबार, माघ २२, २०७६  २१:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल प्रेस युनियनको १०औं महाधिवेशन आगामी जेठमा हुने
नेपाल प्रेस युनियनको १०औं महाधिवेशन आगामी जेठमा हुने
राप्ती नदीमा निर्माणाधीन अस्थायी तटबन्धको निरीक्षण र अनुगमन
राप्ती नदीमा निर्माणाधीन अस्थायी तटबन्धको निरीक्षण र अनुगमन
उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा ७५.७४ प्रतिशत मुद्दा फछ्र्यौट
उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा ७५.७४ प्रतिशत मुद्दा फछ्र्यौट
इन्जिनियर्स एशोसिएसन लुम्बिनी प्रदेशको आयोजनामा रक्तदान कार्यक्रम
इन्जिनियर्स एशोसिएसन लुम्बिनी प्रदेशको आयोजनामा रक्तदान कार्यक्रम
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP