नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, पुस १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालमै पहिलोपटक आवास बीमा गर्दै नेपालगञ्ज उपमहानगरपालिका
नेपालमै पहिलोपटक आवास बीमा गर्दै नेपालगञ्ज उपमहानगरपालिका
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, साउन १७, २०८० बागेश्वरी पोस्ट
नेपालमै पहिलोपटक आवास बीमा गर्दै नेपालगञ्ज उपमहानगरपालिका

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले आवास बीमा कार्यक्रम लागू गर्ने भएको छ । नेपालगञ्ज उमहानगरपालिका क्षेत्रमा स्थायी बसोवास गर्ने व्यक्ति र परिवारका हकमा विपद दुर्घटना बीमा र जोखिमग्रस्त क्षेत्रमा रहेका निजी आवासीय भवनहरुको बीमा सम्बन्धि कार्यलाई व्यवस्थित गर्न उपमहानगरपालिकाले विपद जोखिम बीमा सम्बन्धि कार्यविधि २०८० बनाएको छ ।

पहिलो चरणमा वडा नम्बर ३ र ७ मा पाइलटिंगका रुपमा आवास जोखिम बीमा लागू गर्न लागिएको नगर प्रमुख प्रशान्त विष्टले बताउनुभयो । वडा नम्बर ३ र ७ मा बाक्लो बस्ती तथा जोखिमयुक्त घरहरु बढी भएकाले सुरुवाती चरणमा यी वडाहरु छनौट गरिएको नगर प्रमुख विष्टले बताउनुभयो । नेपालमै पहिलोपटक लागू गर्न लागिएको आवास बीमा कार्यक्रम अन्तर्गत बीमा शुल्क बापत १५ लाखसम्मको रकम उपलब्ध गराइनेछ ।

विपदको कारण क्षति भएको सम्पूर्ण भवन भत्केको, नष्ट भएको भवनहरुका जोखिमग्रस्त क्षेत्र आवास बीमा अन्तर्गत बीमा गरिने भवनको बीमाङ्क रकम प्रति भवन १५ लाखसम्म कायम गरिएको छ । १५ लाख भन्दा बढी मूल्यको बीमा गर्नुरगराउनुपर्ने अवस्था आएको खण्डमा उपमहानगरपालिकाले १५ लाखको पर्ने बीमाको प्रिमियम रकम उपलव्ध गराई सो भन्दा वढीको बीमाङ्क रकमको हकमा स्वयं घरधनीले सम्वन्धित बीमा कम्पनीहरुलाई उपलव्ध गराउनुपर्नेछ ।

प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले जनघनत्वका आधारमा छनौटमा परेका वडाहरुमा जोखिम तथा क्षमता बृद्धि सम्बन्धि कार्यविधि, निर्जीवन बीमा कार्यक्रमका लागि कार्यविधि र बजेट व्यवस्थापन लगायतका विषयमा योजनाहरु निर्माण गरी अगाडि बढेको बताए । नेपालगञ्जका साँघुरा गल्लीहरुमा सहज आवागमनका लागि मोटरसाइकल दमकलको व्यवस्था गरिएको रिजालले जानकारी दिए । युनिसेफका नरेश निदालले पश्चिम नेपालमा आउन सक्ने भूकम्पको अवस्थालाई मध्यनजर गर्दै नेपालगञ्जका केही वडाहरुलाई छनौट गरी कार्यक्रम सञ्चालन गरिएको बताए । ती वडाहरुमा विपद र भूकम्पको बुझाईको अवस्था थाहा पाउन लक्षित समूह छलफल, विपद प्रतिकार्यका लागि दक्ष स्वयंसेवक तयार, वडा नम्बर ३ र ७ का सबै घरहरुको भौतिक अवस्था सर्भे, स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र सञ्चालन लगायतका गतिवधि भइरहेको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।
‌
नेपालगञ्ज उपमहागरपालिकाको वडा नम्बर ३ र ७ मा युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा सहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर प्रोजेक्ट) एक बर्षदेखि सञ्चालनमा छ ।  सुपरले भूकम्पीय जोखिम न्यूनीकरणका लागि काम गरिरहेको छ । 


प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १३:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ५४५ जनाको उद्दार
नेपालगन्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ५४५ जनाको उद्दार
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेको अध्यक्षमा बस्नेत निर्वाचित
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेको अध्यक्षमा बस्नेत निर्वाचित
आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा
आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा सेवाश्रममा न्यानो कपडा सहयोग 
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा सेवाश्रममा न्यानो कपडा सहयोग 
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP