prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसले खुट्टा कमाउँदा गठबन्धन गर्नुपरेको होः डा. कोइराला
कांग्रेसले खुट्टा कमाउँदा गठबन्धन गर्नुपरेको होः डा. कोइराला
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, भदौ ९, २०८० बागेश्वरी पोस्ट
कांग्रेसले खुट्टा कमाउँदा गठबन्धन गर्नुपरेको होः डा. कोइराला

नेपालगञ्ज । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले कांग्रेसलाई विकेन्द्रिकरण गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान महामन्त्री कोइरालाले पार्टी केन्द्रमुखी र केन्द्रिकृत भइरहेको बताउँदै राज्य संरचना विकेन्द्रित भएजस्तै कांग्रेसमा पनि विकेन्द्रिकरण जरुरी रहेको उल्लेख गरे । जिल्लाका विवाद र समस्याहरु केन्द्रमा जाँदा केन्द्र नै ध्रृबिकृत हुने अवस्था बनेको भन्दै उनले जिल्ला तहका समस्या जिल्लास्तरमै समाधान गर्न सक्ने गरी अधिकार प्रत्यायोजनमा जोड दिए । 

No description available.

गुट अधिवेशनको समयमा हुनु स्वभाविक भएको बताउँदै केन्द्रिय सदस्य कोइरालाले अधिवेशन पश्चात गुटहरु स्वतः निस्क्रिय भएर जाने जिकिर गरे । कांग्रेस आफैंले खुट्टा कमाएका कारण अन्य दलहरुसंग गठबन्धन गर्नुपरिरहेको औल्याउँदै उनले कांग्रेस सक्षम भए कसैसंग पनि गठबन्धन गर्नु नपर्ने बताए । "कांग्रेस आफ्नो खुट्टामा आफैं उभियो भने कसैले पनि हल्लाउन सक्दैन, कोइरालाले भने-"हामी एक भयौं भने कसैले पनि कांग्रेसलाई हराउन सक्दैन ।" 

उनले आफ्नो मन्त्री वा प्रधानमन्त्री बन्ने कुरामा कुनै आशक्ति नरहेको भन्दै आफू केही परिवर्तन गर्न राजनीतिमा लागेको उल्लेख गर्नुभयो । कोइरालाले भ्रष्टाचारलाई कम गर्न सबै इमान्दारपूर्वक लाग्नुपर्नेमा जोड दिँदै तत्काल भ्रष्टाचार निमूल गर्न नसके पनि कम गर्न सकिने बताए । नेतृत्व नै भ्रष्ट भएमा सबै कुरा विग्रिने भन्दै उनले नेतृत्व अझै इमान्दार बन्नुपर्नेमा जोड दिए । कोइरालाले पार्टीका कार्यक्रमहरुमा युवा र महिलाको उल्लेखनीय उपस्थिति हुनुपर्नेमा समेत जोड दिए । 

केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री दीपक गिरीले संविधान र पार्टीको विधानका बारेमा नै पुनर्विचार गर्नुपर्ने बेला आएको बताए । मिश्रित निर्वाचन प्रणालीले मुलुकलाई अस्थिर र असफल बनाउने दिशातर्फ डोर्याइरहेको भन्दै उनले निर्वाचन प्रणालीका बारेमा समेत सोच्नुपर्ने अवस्था आइसकेको जिकिर गरे । 

No description available.

नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलेको सभापतित्वमा भएको कार्यक्रमलाई केन्द्रिय सदस्यहरु सञ्जयकुमार गौतम र उर्मिला थपलियाले समेत सम्बोधन गरेका थिए । सभापति गौडेलले केन्द्रमा पार्टीले माओवादीसंग मिलेर सरकार बनाउने तर जिल्ला तहमा माओवादीले एमालेसंग मिलेर कांग्रेससंग दुरी बढाउने नीतिले पार्टीको भलो नहुने भन्दै नेताहरुको ध्यानाकर्षण समेत गराए । पार्टीका नेता कार्यकर्ता स्वयम् परिचालन हुनुपर्नेमा जोड दिँदै उनले निम्तो खोजेर बसे पार्टी नबन्ने चेतावनी समेत दिए । 

कार्यक्रममा विभिन्न नेता कार्यकर्ताले आफ्ना सुझाब, सल्लाह, प्रश्न नेताहरुसमक्ष राखेका थिए । उपसभापति कृष्णबहादुर काकीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए ।

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.


प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १७:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP