नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, वैशाख २२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • मानव बेचबिखन नियन्त्रणका लागि स्थानीय तहको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड
मानव बेचबिखन नियन्त्रणका लागि स्थानीय तहको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड
बागेश्वरी पोस्ट
बिहीबार, भदौ २१, २०८० बागेश्वरी पोस्ट
मानव बेचबिखन नियन्त्रणका लागि स्थानीय तहको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड

नेपालगञ्ज । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि स्थानीय तहको भूमिका प्रभावकारी हुनुपर्ने आवश्यकतामा जोड दिइएको छ । जिल्लामा मानव बेचबिखन तथा ओसारपसार कार्यलाई नियन्त्रण गर्नका लागि कुनै एक व्यक्ति तथा संस्थाले मात्रै कार्यक्रम गरेर सम्भव नभएकोले स्थानीय तहको प्रभावकारी भूमिका हुनुपर्नेमा जोड दिइएको हो ।
 
मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको राष्ट्रिय दिवसको अवसरमा नेपालगञ्जमा आज आयोजित जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले मानव बेचबिखन कार्यको जोखिम बढ्दै गएको र यसको नियन्त्रणका लागि स्थानीय सरकारले वेवास्ता गरिरहेको देखिएको भन्दै स्थानीय तहको सक्रियता र अपनत्व लिनुपर्ने कार्यक्रमका बक्ताहरुको भनाई थियो । हालसम्म जिल्लाका केही पालिकाहरुले मात्रै कार्यबिधि निर्देशिका निर्माण गरेर पालिकास्तरीय नियन्त्रण समितिको गठन तथा कार्य संचालन गरिरहेको भन्दै सबै पालिकामा यस्तो खालको संयन्त्र निर्माण गर्न आवश्यक रहेको सहभागीहरुले उल्लेख गरेका थिए । जिल्ला समन्वय समिति बाँकेकी उपप्रमुख सीता कार्कीले जिल्लाका स्थानीय तहले यो बिषयलाई गम्भीरताका साथ लिन र कार्यक्रमहरु संचालन गर्न आग्रह गरेकी थिइन् । जिल्लाका बिभिन्न पालिकाका प्रमुख र उपप्रमुखहरुको उपस्थिति रहेको सो कार्यक्रममा उपप्रमुख कार्कीले वडास्तरमा समेत संयन्त्र निर्माण गरेर टोल टोलमा सचेतनामूलक कार्यक्रम संचालन गर्न अनुरोध गरिन् । 

कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले मानव बेचबिखन तथा ओसार पसार कार्यबिरुद्ध कोहलपुुर बिगतदेखि नै सक्रिय भएर लागिरहेको भन्दै आर्थिक वर्षको शुरुवात अघि नै यस बिरुद्धका जिल्लास्तरको कार्यक्रमको खाका बनाएर पालिकासंग सहकार्य गर्न जिल्लास्तरीय समितिलाई अनुरोध गरे । कोहलपुर पश्चिम नेपालको ट्रान्जिट प्वाइन्टका रुपमा रहेको र मानव बेचबिखन तथा ओेसारपसारको जोखिम धेरै रहेकाले वडास्तरमा सचेतनामूलक कार्यक्रम संचालन गरिएको समेत आचार्यले बताए । साथै उनले जिल्लास्तरीय समितिले आर्थिक वर्षको योजना निर्माण गर्नुअघि नै सो खाकासहित आए आफूहरु यस बिरुद्ध लाग्न तयार रहेको समेत प्रतिबद्धता जनाए । बैजनाथ गाउँपालिका उपप्रमुख निर्मला रोकायले बैजनाथले जिल्लामै पहिलो पालिकाका रुपमा निर्देशिका निर्माण गरेर बिगतदेखि नै कार्यक्रमहरु संचालन गरिरहेको जानकारी गराएकी थिइन् । उपप्रमुख रोकायले यतिले मात्रै यसलाई नियन्त्रण गर्न नसकिने भन्दै राज्यले नीति तथा कार्यक्रममा समेत यो मुद्दालाई अगाडि बढाउनुपर्ने बताइन् । 

कार्यक्रममा राप्तीसोनारी गाउँपालिका उपप्रमुख मनिषासिंह थारु, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा नेपालगञ्ज प्रमुख मञ्जु पाण्डेय, खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुबेदी, कोहलपुरकी महिला बिकास अधिकृत घट्ना शाह, जानकी गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख कल्पना गाहा मगर, विनरक इन्टरनेशनल नेपालकी लुम्बिनी प्रदेशकी बरिष्ठ कार्यक्रम कार्यान्वयन संयोजक कमला पन्त लगायतले जिल्ला मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि भएका र गर्नुपर्ने कार्यहरुको बारेमा आफ्नो धारणा राखेका थिए । मानव बेचबिखन बिरुद्धको जिल्लास्तरीय समितिको आयोजना तथा माइती नेपाल, हाम्रो सम्मान परियोजना, शक्ति समूह, साथी संस्था र आइएनएफ नेपालको साझेदारीमा भएको सो कार्यक्रममा माइती नेपालका संयोजक केशव कोइरालाले मानव बेचबिखनमा जिल्लाको अवस्था दर्शाएका थिए भने कार्यक्रमलाई शक्ति समूहकी संयोजक निर्मला पोडेलले संचालन गरेकी थिइन् । कार्यक्रममा सरोकारवाला बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  २०:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP