prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • प्रेस युनियन बाँकेले गर्यो तीज महोत्सब तथा महिला पत्रकार लेखनवृत्ति प्रतियोगिता
प्रेस युनियन बाँकेले गर्यो तीज महोत्सब तथा महिला पत्रकार लेखनवृत्ति प्रतियोगिता
RSG-2
लेखनबृत्तिमा रजनी प्रथम, सरला द्वितिय र सावित्री तृतिय
बागेश्वरी पोस्ट
बिहीबार, भदौ २८, २०८० बागेश्वरी पोस्ट
प्रेस युनियन बाँकेले गर्यो तीज महोत्सब तथा महिला पत्रकार लेखनवृत्ति प्रतियोगिता

नेपालगञ्ज । नेपाल प्रेस युनियन बाँके शाखाले तीज महोत्सव तथा महिला पत्रकार लेखनवृत्ति प्रतियोगिता गरेको छ । तीज पर्वलाई मौलिकतासँगै जोड्दै शाखाले पहिलोपटक महिला पत्रकार लेखनवृत्ति प्रतियोगिता गरेको हो । 

प्रेस युनियन बाँके शाखाका उपाध्यक्ष निशा शाहको सभापतित्व तथा प्रतिनिधिसभा सदस्य आशा विकको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा प्रेस युनियन मासिक पत्रिकाको समेत विमोचन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि विक, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी सहितका अतिथिहरुले पत्रिकाको संयुक्तरुपमा विमोचन गरेका हुन् । युनियनको आफ्नो पहिलो अंक तीज विशेष बनाएर प्रकाशन गरेको छ । प्रत्येक महिना अबदेखि युनियनले आफ्नै मासिक पत्रिका प्रकाशन गर्ने सम्पादन मण्डलका सदस्य समेत रहेका युनियन बाँकेका उपाध्यक्ष कमल खत्रीले जानकारी दिए ।

No description available.

आजको तीज महोत्सव कार्यक्रमलाई सम्वोधन गर्दै प्रतिनिधिसभा सदस्य विकले शाखाले तीज पर्वलाई मौलिकतासँगै महिला पत्रकार लेखनवृत्ति प्रतियोगिता गरेर महिला पत्रकारहरुलाई पत्रकारितातर्फ प्रेरित गरेको बताइन् । लेखन सीपको विकास गर्दै महिला पत्रकारलाई व्यवसायिकतासँग जोड्न सकियो भने पत्रकारितामा महिला पत्रकारहरुको उपस्थिति बलियो बनाउन सकिने उनको भनाई छ । प्रतिनिधिसभा सदस्य विकले महिला पत्रकारको क्षमता अभिवृद्धिका लागि आफ्नो तर्फबाट गर्न सकिने पहलमा कुनै कमी नहुने बताइन् । ‘प्रेस युनियनले प्रारम्भ गरेको अभियान सकारात्मक छ,' उनले भनिन्–‘प्रतिनिधिसभा सदस्यको हैसियतले मैले गर्नुपर्ने सहयोगमा कुनै कमी हुँदैन । यसलाई निरन्तरता दिने काम होस् । संस्थागत सहयोगका लागि म सधैं प्रेस युनियनको साथमा छु ।’

लुम्विनी प्रदेशसभा सदस्य सञ्जु थारुले प्रेस युनियन बाँके शाखाले महिला पत्रकार लेखनवृत्ति प्रतियोगिता गरेर नयाँ सन्देश प्रवाह गरेको भन्दै खुसी व्यक्त गरिन् । उनले महिला पत्रकारलाई दक्षता अभिवृद्धि गर्ने र उनीहरुलाई पत्रकारितामा टिकाई राख्नका लागि आफ्नो तर्फबाट गर्न सकिने पहलमा कुनै कमी नहुने बताइन् । यस्तै अर्का प्रदेश सभा सदस्य माया पुनले प्रेस युनियनले गर्ने संस्थागत सहकार्यका लागि आफू सदैब तयार रहेको बताइन् । यस्तै अर्का प्रतिनिधिसभा सदस्य सुशिला नेपालीले प्रेस युनियनले सबैको आवाजलाई समेट्न सकोस् भन्ने शुभकामना व्यक्त गरिन् । राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष मनिषा थारुले प्रेस युनियनसँग स्थानीय सरकारले सहकार्य गरेर अघि बढ्न चाहेको भन्दै त्यसका लागि आफू सकारात्मक रहेको बताइन् ।

कार्यक्रममा नेपाली काँग्रेस लुम्विनी प्रदेशका सदस्य कृष्णा सापकोटा, नेपाल प्रेस युनियन लुम्विनी प्रदेशका महासचिव नवीन गिरी, पत्रकार महासंघ लुम्विनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, स्वास्थ्यकर्मी संघका केन्द्रीय सदस्य अञ्जु न्यौपाने लगायतले आआफ्नो धारणा राखेका थिए । नेपाल प्रेस युनियन बाँके शाखाका अध्यक्ष प्रियास्मृति ढकालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शाखाका सहसचिव माया अधिकारीले गरेकी थिइन् ।

लेखनवृत्ति प्रतियोगितामा रजनी योगी प्रथम, सरला सुवेदी द्वितिय, सावित्री विश्वकर्मा तृतिय र शिवानी विक सान्त्वना भएका छन् । प्रथम हुने योगिले रु. ५ हजारसहित प्रमाणपत्र, द्वितिय हुने सुवेदीले रु. ३ हजारसहित प्रमाणपत्र, तृतिय हुने विश्वकर्माले रु. २ हजारसहित प्रमाणपत्र र सान्त्वना हुने विकले रु. १ हजारसहित प्रमाणपत्र प्राप्त गरेको छनौट समितिका संयोजक उमा थापा मगरले जानकारी दिइन् ।

May be an image of 7 people, people smiling, wedding and textNo description available.


प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  २०:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP