prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • 'संविधान कार्यान्वयनका लागि राजनीतिक इच्छाशक्ति आवश्यक'
'संविधान कार्यान्वयनका लागि राजनीतिक इच्छाशक्ति आवश्यक'
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असोज ३, २०८० बागेश्वरी पोस्ट
'संविधान कार्यान्वयनका लागि राजनीतिक इच्छाशक्ति आवश्यक'

नेपालगन्ज । संविधान दिवसको अवसरमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले संविधानको पूर्ण कार्यान्वयन नहुनु चिन्ताको विषय भएको बताएका छन् । नेपालगन्जमा आज नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको ‘संंविधान कार्यान्वयनमा सरोकारवालाको भूमिका विषयक’ अन्तरक्रियामा उपस्थित अधिकांश सहभागीले नेतृत्वमा रहेका व्यक्तिहरुको कमीकमजोरीका कारण संविधानको पूर्ण पालना नभएको बताएका हुन् । संविधानको व्यवहारिक कार्यान्वयनका लागि राजनीतिक दलहरु इमान्दार बन्नुपर्नेमा जोड दिइएको छ । राजनीतिक इच्छाशक्तिले संविधानको भविष्य निर्धारण हुने उनीहरूको भनाई छ ।

अन्तरक्रियामा संविधानसभा सदस्य एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले संविधान कार्यान्वयन गर्ने पक्ष नै कमजोर बन्न पुगेको बताए । ‘संविधान जनताबाट निर्माण हुनुपर्छ भनेर भन्दै गर्दा आज झण्डै दशक पुग्दा समेत यसको कार्यान्वयन पक्ष बलियो हुन पुगेको छैन,’ बाल्मिकीले भने, ‘हाम्रो संविधान उत्कृष्ट छ तर कार्यान्वयन पक्ष कमजोर छ । त्यसमा सबै पक्षले जोड दिनुपर्छ ।’

कार्यक्रममा राजनीतिक विश्लेषक डा.जनार्दन आचार्यले विश्वको उत्कृष्ट भनिएको नेपालको संविधान कार्यान्वयनमा कमजोर देखिएको बताए । संविधानले आमजनतामा आशा जगाउन नसकेको उनले बताए । राजनीतिक दलहरुको कमजोर इच्छाशक्तिले संविधान फेरि दुर्घटनामा पर्ने जोखिम रहेको उनको जिकिर छ ।

नेपाल बारका पूर्व केन्द्रिय उपाध्यक्ष सुनिल श्रेष्ठले संविधान निर्माण गर्नेहरु नै संविधान कार्यान्वयनका लागि गम्भीर नबनेको बताए । नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठले संविधान कार्यान्वयनका लागि स्वयं राजनीतिक दलहरु नै गम्भीर नबनेको बताए । कार्यक्रममा नेपालगन्ज उच्च अदालत बार एसोसिएसनका अध्यक्ष चित्रबहादुर शाही, पूर्व अध्यक्ष विकास आचार्य, अधिवक्ता विश्वजित तिवारी, महेन्द्र बहुमुखी क्याम्पसका प्रध्यापक रुद्रप्रसाद तिमिल्सिना, वरिष्ठ पत्रकारद्वय हेमन्त कर्माचार्य र शिव डोटेल, सामाजिक अभियन्ता डा. विनोद कर्ण, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य डा. डक्टप्रसाद धिताल, डब्लु.डब्लु.जे. बाँकेकी अध्यक्ष सावित्री गिरी लगायतले संविधान जारी भएको आठ वर्ष बित्दा पनि संविधानले कार्यान्वयनको सही ट्रयाक पकड्न नसकेको बताए । संविधान कार्यान्वयनका लागि आवश्यक कानुनहरु बन्न नसक्दा समस्या भइरहेको उनीहरुको भनाई छ ।

प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कमल खत्रीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव भीष्म लोधले गरेका थिए ।


प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  २०:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP