नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, वैशाख २२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाल सुधार गृहभित्र प्रवेश गर्न सकेन प्रहरी, कैदीबन्दीलाई बाहिरैबाट सम्झाइँदै
बाल सुधार गृहभित्र प्रवेश गर्न सकेन प्रहरी, कैदीबन्दीलाई बाहिरैबाट सम्झाइँदै
बागेश्वरी पोस्ट
शुक्रबार, असोज ५, २०८० बागेश्वरी पोस्ट
बाल सुधार गृहभित्र प्रवेश गर्न सकेन प्रहरी, कैदीबन्दीलाई बाहिरैबाट सम्झाइँदै

नेपालगञ्ज । झडप भएको बाँकेको जयन्दु बालसुधार गृहमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रहरीसँगै मानवअधिकारकर्मी र पत्रकारहरुको टोली पनि त्यहाँ पुगेको छ ।

त्यहाँको स्थिति अझै तनावग्रस्त छ । कैदीबन्दीहरुले पत्रकार र अधिकारकर्मीको टोलीलाई देखेपछि झनै बबाल मच्चाएका छन् ।गएराति त्यहाँ रहेका दुई पक्ष कैदीबन्दीबीच झडप हुँदा १ जनाको मृत्यु भइसकेको छ भने १० जना घाइते भएको बाँके प्रहरीले जनाएको छ ।

प्राप्त सूचना अनुसार लागूऔषध सेवन गर्ने र नगर्ने कैदीबन्दीबीच झडप भएको हो । लागूऔषध सेवन गर्ने कैदीबन्दीले सेवन नगर्नेलाई हेप्ने, पिट्ने भएका कारण लागूऔषध सेवन नगर्ने समूह उनीहरुमाथि जाइलागेका हुन् । सोही झडपमा सुलभ केसीको मृत्यु भएको हो भने अन्य १० जनाको नेपालगञ्ज मेडिकल कलेज र भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइते भएका १० जना मध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । कैदीबन्दीहरुले बाल सुधार गृहलाई पूरै तोडफोड गरेको प्रहरीले जनाएको छ । प्रहरीले स्थितिलाई शान्त बनाउने प्रयास गरिरहेको जनाएको छ ।

बालसुधार गृहमा कैदीबन्दीहरुले बन्दी गृहको गेट नै भित्रबाट लगाएकाले प्रहरीभित्र पस्न सकिरहेको छैन । अवस्था अझै तनावग्रस्त रहेपनि अहिले प्रहरीले उनीहरुलाई सम्झाउने प्रयास गरिरहेको छ । उनीहरुले भित्रबाट आफ्ना माग पूरा गर्नुपर्ने बताएका छन् ।त्यहाँ खटिएका एक प्रहरी निरीक्षकका अनुसार उनीहरुको माग के हो भन्ने थाहा हुन नसकेको र त्यहाँका अलि जान्ने बुझ्ने कैदीबन्दीलाई आएर संवाद गर्न प्रहरीले अनुरोध गरिरहेको जानकारी दिएका छन् ।


प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १०:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP