नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँकमा कांग्रेसका पालिका र वडा सभापतिहरुलाई प्रशिक्षण
बाँकमा कांग्रेसका पालिका र वडा सभापतिहरुलाई प्रशिक्षण
बागेश्वरी पोस्ट
शनिबार, असोज ६, २०८० बागेश्वरी पोस्ट
बाँकमा कांग्रेसका पालिका र वडा सभापतिहरुलाई प्रशिक्षण

नेपालगञ्ज । नेपाली काँग्रेस बाँकेले आफ्ना कार्यक्रताहरुलाई दक्ष र थप जागरुक बनाउन प्रशिक्षण दिन थालेको छ । पालिका तथा वडा सभापतिहरुका लागि एक दिने प्रशिक्षण कार्यक्रम आज नेपालगञ्जमा गरिएको छ । 

काँग्रेस बाँके प्रशिक्षण शाखाद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बाँकेका ८ वटै पालिकाका सभापति र ८१ वटा वडाका सभापतिहरुलाई प्रशिक्षण दिइएको प्रशिक्षण शाखाका सचिव उमा थापा मगरले बताइन् । 

प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्दै नेपाली काँग्रेस लुम्विनी प्रदेश उपसभापति एवम् प्रशिक्षण विभागका प्रमुख भुवनप्रसाद श्रेष्ठले कार्यकर्ताहरुको वैचारिक धार चम्काउनका लागि पार्टी प्रशिक्षण आवश्यक भएको बताए । उनले पार्टीको प्रशिक्षण विभागले प्रदेशभरिका पार्टीको विभिन्न संरचना माताहतका कार्यक्रताहरुलाई प्रशिक्षित गरी दक्ष कार्यकर्ता तयार गर्ने भन्दै संगठनको सिद्धान्त, विचार नीतिका बारेमा हरेक कार्यकर्तालाई जानकारी हुनुपर्नेमा जोड दिए । 

May be an image of 7 people, temple and text

काँग्रेस बाँके सभापति नारायणप्रसाद गौडेलले पार्टी प्रशिक्षण कार्यक्रमलाई जिल्लाव्यापीरुपमा विस्तार गर्ने भन्दै अहिले वडा र गाउँपालिका नेतृत्व तहबाट प्रशिक्षण कार्यक्रम शुरु गरिएको बताए । उनले पार्टीको आधारभूत जानकारीसंगै स्थानीय वडास्तरमा सम्वन्ध विस्तार र समन्वयकारी भूमिका लगायतका बारेमा प्रशिक्षण गर्न जरुरी रहेको बताए । 

काँग्रेस बाँके उपसभापति एवम् जिल्ला प्रशिक्षण शाखा प्रमुख गोपालप्रसाद अधिकारीले दक्ष कार्यकर्ता उत्पादन र जागरुकता प्रदान गर्न प्रशिक्षण आवश्यक भएको भन्दै जिल्लास्तरका सबै कार्यकर्ताहरुलाई प्याकेजमा प्रशिक्षण दिने योजना रहेको बताए ।

May be an image of 4 people, dais and text

उनका अनुसार पार्टीका विभिन्न संरचनामा नेतृत्व गरिरहेका पदाधिकारीलाई प्रशिक्षित गरी विभिन्न निकायसंगको समन्वयकारी भूमिकालाई अझ बढी प्रभावकारी बनाइनेछ । 

संगठनको सिद्धान्त, संरचना, पालिका तथा वडा सभापतिहरुको काम कर्तव्य अधिकार, कार्यकर्ताको व्यवहार तथा आचरण, पार्टीको सञ्चालन, प्रक्रिया, योजना निर्माण, बैठक सञ्चालन, सभा समारोहमा गरिने भाषण तथा भूमिका लगायतका विषयमा प्रशिक्षण दिइएको छ । 

प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षक तीर्थ पौडेल, प्रशिक्षण विभागका प्रमुख श्रेष्ठ, प्राध्यापक अशोक श्रेष्ठ, वरिष्ठ पत्रकार हेमन्त कर्माचार्य, पत्रकार राकेशकुमार मिश्र, अधिवक्ता कपिलदेव शर्मा, नेपाल तरुण दलका पूर्व महासचिव हुर्मत न्यौपाने, प्रशिक्षण शाखा सचिव थापा मगर, कांग्रेस बाँकेका प्रवक्ता डिल्ली गिरीले सहजीकरण गरेका थिए । 

May be an image of 6 people, people studying and text


प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  २०:२७
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शौचालयमा लडेर प्रचण्ड घाइते
शौचालयमा लडेर प्रचण्ड घाइते
खर्च घटाउने मोडेलबाट संघियतालाई छरितो ढंगबाट अघि बढाउन आवश्यक देखिएकोे छः पौडेल
खर्च घटाउने मोडेलबाट संघियतालाई छरितो ढंगबाट अघि बढाउन आवश्यक देखिएकोे छः पौडेल
नेकपा एकीकृत समाजबादी बाँकेको अध्यक्षमा दिपक जिएम सर्वसम्मत निर्वाचित
नेकपा एकीकृत समाजबादी बाँकेको अध्यक्षमा दिपक जिएम सर्वसम्मत निर्वाचित
बलियो राजनीतिक शक्ति निर्माणका लागि जनताले संकल्प गर्नुपर्ने समय आएको छः शंकर पोखरेल
बलियो राजनीतिक शक्ति निर्माणका लागि जनताले संकल्प गर्नुपर्ने समय आएको छः शंकर पोखरेल
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP