नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, वैशाख २२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • क्यान्सरसँग जुध्दै कलाकार श्यामानन्द, उपचार सहयोगार्थ अपील
क्यान्सरसँग जुध्दै कलाकार श्यामानन्द, उपचार सहयोगार्थ अपील
बागेश्वरी पोस्ट
मंगलबार, असोज ९, २०८० बागेश्वरी पोस्ट
क्यान्सरसँग जुध्दै कलाकार श्यामानन्द, उपचार सहयोगार्थ अपील

नेपालगञ्ज । नेपालगञ्जका श्रष्टा श्यामानन्द सिंह ठकुरी अहिले क्यान्सरसँग जुधिरहेका छन् । ६९ वर्षिय वरिष्ठ कलाकार सिंहको एक महिना अघि पेटको आन्द्रामा क्यान्सर देखिएपछि अहिले विपी कोइराला मेमारियल क्यान्सर अस्पताल चितवनमा उपचार भइरहेको छ । हस्तकला, चित्रकला, गीत/संगीत, साहित्य र नाटय लगायतका सिर्जनात्मक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कलाकार ठकुरीले आफ्नो घरको दोस्रो तलाका चार कोठालाई वर्षौंदेखि संग्रहालय बनाएका छन् । कला पारखी, शुभेच्छुक एवं आम नागरिकका लागि उनले निःशुल्क अवलोकनको अवसर दिँदै आएका थिए । संग्रहालयमा सिंहद्वारा सिर्जित हस्तकला, चित्रकलाका सयौं सिर्जनाहरु राखिएका छन् ।

जीवन भर कला र सिर्जनामै तल्लीन ठकुरीलाई यतिबेला उपचारमा आर्थिक अभाव छ । कान्छा छोरा सागरसिंह ठुकरीका अनुसार यही हप्ताभित्र शल्यक्रिया गरिनुपर्ने भएकाले पैसाको जोहो गर्नै मुस्किल छ । सिंहको घरमा मान-सम्मान, प्रमाण-पत्र सयौं छन् तर यतिबेला उनलाई आर्थिक सहयोग चाहिएको छ । आर्थिक सहयोग गरेर बुवाको जीवन बचाइदिन छोरा सागरले अपील गरेका छन् । श्यामानन्द सिंह, ग्लोवल आइएमई बैंक, खाता नम्बर ०२१०८०१००००२९४, इ-सेवा आइडी ९८४८०१८८२७ र खल्ती आइडी ९८५१०३९४२७ मा सहयोग रकम जम्मा गर्न सकिनेछ । 

क्यान्सरले थलिएका ठकुरीको अन्तिम इच्छा र कामना छ–'घरको संग्रहालयलाई राज्यले संरक्षण गरेर कहीँ स्थापित गरिदेओस् ।'  झण्डै सय सडक नाटक लेखन र अभिनय गरिसकेका सिंह ठकुरीले टेलिसिरियल ‘अभागन बने सुहागन’ को कथा लेख्नुका साथै कलाकारको भूमिका निर्वाह गरेका थिए । सो टेलिसिरियल नेपाल टेलिभिजन क्षेत्रीय प्रसारण केन्द्र कोहलपुरबाट प्रसारण भएको थियो । 


 


प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १२:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP