नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार १५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • पाटे बाघ मृत अवस्थामा फेला
पाटे बाघ मृत अवस्थामा फेला
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असोज १०, २०८० बागेश्वरी पोस्ट
पाटे बाघ मृत अवस्थामा फेला

नेपालगन्ज । बाँकेको राप्तीसोनारीमा पाटे बाघ मृत अवस्थामा फेला परेको छ । राप्तीसोनारी-२ मदुईको कचनापुरमा रहेको अशोक सामुदायिक वनमा हिजो साँझ ७ बजेतिर  पाटे बाघ मृत भेटिएको डिभिजन वन कार्यालय बाँकेले जानकारी दिएको छ । 

स्थानीयवासीको भनाइलाई उद्धृत गर्दै निमित्त वन अधिकृत खड्काले मृतावस्थामा भेटिएको उक्त बाघ सो क्षेत्रमा केही दिन अघिदेखि नै देखिएको थियो । बाघले स्थानीयवासीले पालेको पशुचौपायालाई समेत क्षति पुर्‍याएको वन कार्यालयले जनाएको छ । 

डिभिजन वन कार्यालयका अनुसार मृत बाघले असोज १ गते स्थानीय ठगुलाल थारुको भैँसी, २ गते डिलबहादुर थारुको गाई, ६ गते अमरबहादुर वलीको बाख्रा, ८ गते पुंगीराम थारुको भैँसी, त्यसैगरी ८ गते नै धनवीर थारुको गोरु र भीमराजको दुई वटा बाख्रालाई आक्रमण गरेको थियो । 

गाउँमा पसेर पशुचौपायालाई आक्रमण गरेको खबर थाहा पाएपछि उक्त बाघबाट जोगिन बाँके राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय बाँकेले स्थानीयवासीलाई सजग भएर रहन आग्रह गरेको निकुञ्ज संरक्षण अधिकृत श्याम शाहले बताए । मृतावस्थामा भेटिनुपूर्व बाघको नियमन संयुक्तरूपमा बाँके राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले गरिरहेको पनि उनले बताए । 

“बाघ गाउँमा पसेको खबर स्थानीयवासीले गरेपछि हामीले स्थानीयवासीलाई सजग रहन आग्रह गरेका थियौँ”, उनले भने, “अहिले अचानक बाघ मृत फेला परेको खबर थाहा पायौँ । बाघलाई कसैले मारेको हो या आफैँ कालगतिले मरेको भन्ने विषय परीक्षण रिपोर्टले बताउँछ तर अहिले नै बाघको मृत्यु के कारणले र कसरी भएको हो भन्ने विषयमा केही भन्न सकिँदैन ।” 

निकुञ्ज संरक्षण अधिकृत शाहका अनुसार मृतक पाटे बाघको परीक्षण आज गरिनेछ ।


प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  ०८:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP