नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, वैशाख २२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगञ्जमा 'मोहम्मद डे' मा निकालियो भब्य जुलुस, मुख्यमन्त्री सहभागी
नेपालगञ्जमा 'मोहम्मद डे' मा निकालियो भब्य जुलुस, मुख्यमन्त्री सहभागी
धार्मिक एकता र सद्भावले राष्ट्रिय एकता बलियो बनाउँछः मुख्यमन्त्री चौधरी
बागेश्वरी पोस्ट
बिहीबार, असोज ११, २०८० बागेश्वरी पोस्ट
नेपालगञ्जमा 'मोहम्मद डे' मा निकालियो भब्य जुलुस, मुख्यमन्त्री सहभागी

नेपालगञ्ज । इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ती नेपालगञ्जमा हर्षोल्लासपूर्वक मनाइँदैछ । आज बिहानैबाट इस्लामिक झण्डा र नेपालको झण्डा बोकेका इस्लाम धर्मालम्बीहरुले नगर परिक्रमा गरेका छन् ।

Mohamad Day_NPJ 2080 Photo 71695883665.jpeg

नेपालगञ्जको वडा नम्बर ३ स्थित जामा मस्जिददेखि सुरु भएको र्याली घोसीटोल, फत्तेवाल आँखा अस्पताल, डीएसपी रोड, एमपी स्कुल, रानी तलाउ, एकलैनी, त्रिभुवन चोक, वीपी चोक, धम्बाझी, न्यूरोड हुँदै गौसिया मस्जिदमा गएर समापन भएको छ ।

No description available.

इस्लाम धर्माबलम्बीहरुको बाक्लो बसोबास रहेको नेपालगञ्जमा धुमधामका साथ मोहम्मद डे मनाइन्छ । मोहम्मद डेमा नरैनापुर, खजुरा र जानकी गाउँपालिकाले सार्वजनिक विदा दिएका छन् भने नेपालगञ्ज उपमहानगरपालिकाले शिक्षण संस्थामा विदा दिएको छ । 

यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले धार्मिक एकता र सद्भावबाटै राष्ट्रिय एकता बलियो हुने बताएका छन् ।

इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद सल्लल्लाह अलैही वसल्लमको १४९८औं जन्मजयन्तिका अवसरमा नेपालगञ्जमा आज आयोजना गरिएको जुलुसमा सहभागी भएका मुख्यमन्त्री चौधरीले सबै धर्म र समुदाय बीचको एकता नै नेपालको विशेषता भएको बताए ।

No description available.

नेपालगञ्जको बिपी चोकमा आयोजना गरिएको कार्यक्रममा बोल्दै पूर्व मन्त्री तथा जसपाका नेता मोहम्मद इश्तियाक राईले सबै धर्म मान्ने समुदायबीचको सद्भाव र एकतालाई अझै सुदृढ पार्नुपर्नेमा जोड दिए । 

त्यस अवसरमा लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्ले, संविधानसभाका सदस्यहरु अब्दुल हमिद सिद्दिकी, सर्वतआरा खानम, नेपालगञ्जका नगर प्रमुख प्रशान्त विष्ट, कोहलपुरका नगर प्रमुख पूर्णप्रसाद आचार्य, बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौर लगायत विभिन्न राजनीतिक दलका नेताहरुको उपस्थिति थियो ।  

Mohamad Day_NPJ 2080 Photo 51695883667.jpeg


प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १२:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP