prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, साउन ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • लागूऔषध डिलर धोस्त पार्दै बाँके प्रहरी
लागूऔषध डिलर धोस्त पार्दै बाँके प्रहरी
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, माघ २७, २०७६ बागेश्वरी पोस्ट
लागूऔषध डिलर धोस्त पार्दै बाँके प्रहरी

नेपालगन्ज । बाँके प्रहरीले पछिल्लो समयमा धामाधम लागू औषध कारोबारीलाई पक्राउ गर्दै गएको छ।अर्को अर्थमा बाँके प्रहरीले लागू औषध डिलर धोस्त पार्दै गएको छ।

paribartan 1

जिल्ला प्रहरी कार्यालय बाँकेले चालु आर्थिक वर्षको माघ महिनासम्म १५९ लागु औषध कारोवारीलाई नियन्त्रणमा लिएको जनाएको छ ।जिल्ला  प्रहरीका प्रमुख एसपी वीर बहादुर ओलीले १ सय ८ मुद्धामा ६ भारतीय नागरीकसहित १ सय ५९ जनालाई पक्राउ गरीएको जानकारी दिएका छन्  ।

जसमध्ये ५ महिला र १ सय ४८ नेपाली नागरीक रहेका छन । चालु आवको हालसम्म ६०८ ग्राम ७४५ मिलिग्राम ब्राउनसुगर, ९९० ग्राम चरेश, ४ किलो अफिम, ४ किलो ७७५ ग्राम गाँजा, ३ सय एमएल कोरेक्स, २ हजार ६ सय १२ ट्याब्लेट नाईट्राजेपाम, २ सय १० पिस ट्रामाटस र २ सय ९५ पिस एम्पुल सहित १ सय ५९ जनालाई नियन्त्रणमा लिईएको  प्रहरी उपरिक्षक वलीले जानकारी दिए । बाँके प्रहरीले आ.व ०७३/०७४ मा १३७ आगुऔषध मुद्धामा १ सय ८०, आव ०७४र०७५ मा १४५ मुद्धामा ३१० र आव ०७५/०७६ मा २४९ मुद्धामा ३७६ जना लागु औषध कारोवारी तथा प्रयोगकर्ता नियन्त्रणमा लिएको प्रहरीको तथ्याङ्कमा उल्लेख गरीएको छ।

दिदिभाई नै लागु औषध कारोवारी

बाँके प्रहरीले शनिबार ठूलो परिमाणको प्रतिबन्धित लागू औषध ब्राउन सुगर र प्रतिबन्धित ईन्जेक्सनसहित ३ जनालाई नियन्त्रणमा लिएको थियो । सीमावर्ती भारतीय शहर रुपैडिहाबाट नेपालगञ्ज आउदै गरेका भारतीय नागरिकबाट २ सय ग्राम र नेपाली नागरिकबाट १८ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटेको संयुक्त टोलीले भे ९ प ६५२९ नंम्बरको स्कुटीको अगाडिको टायर कभरमा लुकाएर १८ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर लिएर नेपाल आउदै गरेको अवस्थामा कैलाली टिकापुर नगरपालिका वडा नं १ का विष्णु पुरी र शिवराज पुरी पक्राउ गरेको हो । पक्राउ पर्नेहरु नातामा दिदिभाई भएको प्रहरीले जनाएको छ ।

शनिबार बेलुका भारतको जिल्ला बहराईच थाना मोतिनगरका २५ बर्षिय अब्दुल रसिद नामका चाँद बाबुलाई २ सय ग्राम ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको थियो । जमुनाहा प्रहरीले चेकजाँच गर्दा मोटरसाईकलको हेल्मेटमा ब्राउन सुगर फेला परेको थियो । यसैबीच आईतबार बिहानै बाँके प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित इन्जेक्सन सहित एक जनालाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय जमुनाहका ईन्चार्ज माधव रिजालका अनुसार नेपालगञ्ज९२ घरबारीटोलका २२ बर्षिय नगेन्द्र रानालाई डाईजेपाम ९५, लोरी १ सय र ईमिमिग्रेन १ सय पिस ईन्जेक्सन सेरेलेक्स र सोनपापडि मिठाईको बट्टामा प्याकिङ्ग गरी ल्याउदै गरेको अवस्थमा नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

तरवारसहित ३ जना पक्राउ

बाँके प्रहरीले माघ २५ गते शनिबार धारीलो हरीयार तरवार सहित नेपालगन्जबाट ३ जना युवालाई नियन्त्रणमा लिएको जनाएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं। २ घरवारी टोल बस्ने बिशाल सुनारलाई कुटपिट गरी फरार भएका सोही ठाँउ निवासी सुवास शाही, सद्दाव अहमद, जिवन आर।सी। धारीलो हरीयार सहित पक्राउ परेका हुन। उनिहरुलाई अभद्र ब्यवहार कसुरमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 


प्रकाशित मिति: सोमबार, माघ २७, २०७६  ०६:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल प्रेस युनियनको १०औं महाधिवेशन आगामी जेठमा हुने
नेपाल प्रेस युनियनको १०औं महाधिवेशन आगामी जेठमा हुने
राप्ती नदीमा निर्माणाधीन अस्थायी तटबन्धको निरीक्षण र अनुगमन
राप्ती नदीमा निर्माणाधीन अस्थायी तटबन्धको निरीक्षण र अनुगमन
उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा ७५.७४ प्रतिशत मुद्दा फछ्र्यौट
उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा ७५.७४ प्रतिशत मुद्दा फछ्र्यौट
इन्जिनियर्स एशोसिएसन लुम्बिनी प्रदेशको आयोजनामा रक्तदान कार्यक्रम
इन्जिनियर्स एशोसिएसन लुम्बिनी प्रदेशको आयोजनामा रक्तदान कार्यक्रम
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP