prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • प्रेस युनियन र मुस्लिम संघका नवनिर्वाचितलाई कांग्रेसको बधाई र सम्मान
प्रेस युनियन र मुस्लिम संघका नवनिर्वाचितलाई कांग्रेसको बधाई र सम्मान
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असोज १४, २०८० बागेश्वरी पोस्ट
प्रेस युनियन र मुस्लिम संघका नवनिर्वाचितलाई कांग्रेसको बधाई र सम्मान

नेपालगञ्ज । नेपाली काँग्रेस बाँकेले नेपाल प्रेस युनियन र मुस्लिम संघका नवनिर्वाचितलाई आज बधाई ज्ञापन गर्दै सम्मान गरेको छ । पार्टी कार्यालयमा मुस्लिम संघ र प्रेस युनियनको जिल्ला, प्रदेश र केन्द्रमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गर्दै सम्मान गरिएको हो । 

कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाली काँग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी र काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल लगायत जिल्ला कार्यसमितिका पदाधिकारीले बधाई ज्ञापन गर्दै सम्मान गरेका हुन् । पार्टीको शुभेच्छुक संस्था युनियनका लुम्बिनी प्रदेश महासचिव नवीन गिरी र सदस्य गौरव गिरी तथा जिल्ला कार्यसमिति अध्यक्ष प्रियास्मृति ढकालसहित कार्यसमिति पदाधिकारी र सदस्यहरुलाई टिका र खादा लगाएर बधाई तथा सम्मान गरिएको हो । 

युनियनको २०७९ माघ ५ र ६ गते सम्पन्न प्रथम प्रदेश अधिवेशनबाट उपाध्यक्ष जयसिंह केसीसहित तीन जना बाँकेबाट निर्वाचित भएका थिए । केसी भने कार्यक्रममा अनुपस्थित थिए । यसैगरी गत साउन २७ गते सम्पन्न युनियन बाँकेको जिल्ला अधिवेशनबाट ढकालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो । २०७९ साउन ६ गते केन्द्रिय महाधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा निर्वाचित प्रेम केसी तथा केन्द्रिय सदस्यद्वय कमला हमाल र शोभा केसीलाई यसअघि नै सम्मान गरिएको थियो । 

यस्तै मुस्लिम संघका नवनिर्वाचित केन्द्रिय सदस्यहरु मेराज हल्वाई, मेराज अहमद खाँ र जी नुरैन मुल्तमिस (साहिल) लाई बधाई ज्ञापनसंगै सम्मान गरिएको छ । संघको हालै सम्पन्न केन्द्रिय महाधिवेशनबाट बाँकेका तीनै जना केन्द्रिय सदस्यमा निर्वाचित भएका थिए । 

बधाई तथा सम्मान कार्यक्रममा केन्द्रिय सदस्य बाल्मिकी, जिल्ला सभापति गौडेल, मुस्लिम संघका केन्द्रिय सदस्य मुल्तमिस, पार्टीका प्रेस सल्लाहकार एवम् युनियन लुम्बिनी प्रदेश महासचिव गिरी, जिल्ला अध्यक्ष ढकाल, उपाध्यक्ष कमल खत्री, मुस्लिम संघका केन्द्रिय सदस्य मुल्तमिस लगायतले बोलेका थिए । उपसभापति गोपालप्रसाद अधिकारीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए । कार्यक्रममा काँग्रेस बाँकेका सहसचिवद्वय बिनोद थारु र रेणु सिंह ठाकुर, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत, नेपाल प्रेस युनियन बाँकेका निवर्तमान अध्यक्ष अर्जुन ओली, अवधि पत्रकार संघका केन्द्रिय अध्यक्ष राकेशकुमार मिश्र, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य मो. आरिफ अन्सारी लगायतको उपस्थिति रहेको थियो । 

फोटोफिचर

No description available.

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.


प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १७:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP