prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • चेतन मानन्धर प्रकरणले लियो नयाँ मोड, प्रत्यक्षदर्शी भन्छन्: घटनास्थलमा थिएनन् रिगल
चेतन मानन्धर प्रकरणले लियो नयाँ मोड, प्रत्यक्षदर्शी भन्छन्: घटनास्थलमा थिएनन् रिगल
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असोज २४, २०८० बागेश्वरी पोस्ट
चेतन मानन्धर प्रकरणले लियो नयाँ मोड, प्रत्यक्षदर्शी भन्छन्: घटनास्थलमा थिएनन् रिगल
घटना हुँदाका प्रत्यक्षदर्शी बायाँबाट क्रमशः हिमाल नकबाघ, बबी गुरुङ र विनय तामाङ

नेपालगन्ज । आठ वर्ष अघि नेपालगन्जमा दुई समुहको भिडन्तमा ज्यान गुमाएका चेतन मानन्धर प्रकरणले नयाँ रुप लिएको छ । घटनाका प्रत्यक्षदर्शीले चेतन मानन्धरलाई आक्रमण हुँदा योगराज ढकाल (रिगल) उक्त स्थानमा नभएको बताएका छन् । मृतक चेतन मानन्धरका साथीहरुले नै उक्त घटना हुँदा घटनास्थलमा रिगल नभएको खुलासा गरेका हुन् । चेतनमाथि आक्रमण भएपछि उपचारको लागि नेपालगन्ज नर्सिङ होममा लग्ने युवाहरुले नै घटनालाई राजनीतिकरण गर्ने प्रयास गरिएको बताएका छन् ।

चेतनलाई घटनास्थलबाट उपचार गर्न लग्ने व्यक्ति हुन्, नेपालगन्ज–४ बसपार्कका हिमाल नकबाघ । घटनाका प्रत्यक्षीदर्शी हिमालले घटना हुँदा रिगल उक्त स्थानमा नभएको खुलासा गरेका हुन् । उनले भने,‘घटना हुँदा म चेतन दाईको साथमा थिएँ । हाम्रो समूहलाई आक्रमण भएको थियो । तर, त्यतिबेला रिगल दाई त्यहाँ थिएन । राजनीतिक रुपमा रिगल दाईलाई फसाइएको हो । अहिले पनि फसाउने प्रयास गरिँदैछ ।’ सडक निर्माणको ठेक्का र अन्य काममा आफनो वर्चश्व गुम्ने डरका कारण बाँके एमालेका नेताहरुले रिगललाई फसाउन लगानी गरिरहेको उनले आरोप लगाए । नर्सिङ होममा चेतनको उपचारमा पनि लापरबाही भएको हिमालले खुलासा गरे ।

घटनाका प्रत्यक्षदर्शी समेत रहेका चेतनका साथी विनय तामाङले पनि आक्रमण हुँदा रिगल घटनास्थलमा नभएको बताएका छन् । चेतनलाई छबिलाल बस्नेतले आक्रमण गरेको बताउँदै विनयले भने,‘छबिलालको समूहले हामीमाथि आक्रमण गरेको हो । रिगल ढकालले होइन । अहिले जे–जति कुरा आएपनि रिगललाई उनका बिरोधीले फेरि फसाउन खोजेका छन् ।’ अर्का प्रत्यक्षदर्शी नेपालगन्ज धम्बोझीका बबी गुरुङले घटना हुँदा रिगलको त्यहाँ उपस्थिति नरहेको बताएका छन् । राजनीतिक प्रतिशोधका कारण ढकाललाई फसाउने काम भैरहेको भन्दै गुरुङले रिगल निर्दोष भएको बताए । नेपालगन्जको धम्बोझीमा २०७२ साल असार २८ गते बस समितिको विषयलाई लिएर विवाद भएको थियो ।

आठ बर्षको जेल सजायपछि कैद मिनाह गरेर आएका ढकालको बारेमा सामाजिक संजालमा विभिन्न नकारात्मक टिकाटिप्पणी आइरहेका छन् । चेतनकी पूर्व पत्नी भारतीले ढकाललाई सजाय हुनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गर्दै आएकी छिन् । दाङ कारागारमा रहँदा भारतीले आफूसँग ५० लाख रुपैयाँ मागेको ढकालले सार्वजनिक रुपमा बताएका थिए । आर्थिक प्रलोभन, उक्साहट र राजनितिक प्रतिसोध साँध्नको लागि भारतीले बार्गेनिङ गरेको ढकालले आरोप लगाए । मानन्धरको मृत्यु भएपछि भारतीले निमा शेर्पासँग दोस्रो विवाह गरेकी थिइन् ।

आफू दाङ कारागारमै भएका बेला भारतीले छोराको नाममा बार्गेनिङ गरेको ढकालले बताएका छन् । तर, आफूले छोराको सम्पूर्ण पढाई र उच्च शिक्षामा सहयोग गर्ने प्रतिवद्धता जनाएपनि ५० लाख भने दिन नसक्ने बताएको ढकालको भनाई छ । यता भारतीले भने आफूप्रति लगाएका आरोपको खण्डन गर्दै आएकी छिन् ।
 


प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १९:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP