नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, पुस १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • जानकीमा बजार अनुगमन तीव्र
जानकीमा बजार अनुगमन तीव्र
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असोज २४, २०८० बागेश्वरी पोस्ट
जानकीमा बजार अनुगमन तीव्र

रबिन्द्र घिमिरे/जानकी (बाँके) । जानकी गाउँपालिकामा मंगलबारदेखि बजार अनुगमन गर्ने कार्य भइरहेको छ । जानकी गाउँपालिकाको समन्वयमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जले जानकी गाउँपालिकाको वडा नम्बर ६ गनापुरमा रहेका विभिन्न पसलहरुको अनुगमन गरेको छ ।

चाडपर्व लक्षित गरेर जानकी र वाणिज्य कार्यालयले अनुगमनलाई तीव्रता दिएका हुन् । जानकी गाउँपालिकाको न्यायिक शाखाका प्रमुख तथा अनुगमन समिति संयोजक जितबहादुर श्रेष्ठको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय बाँके, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्ज, गुणस्तर तथा नापतौल कार्यालय नेपालगन्ज, उपभोक्ता हित संरक्षण मंच नेपालगन्जका प्रतिनिधि तथा जानकीका जनप्रतिनिधि एवम् कर्मचारीहरुको संयुक्त उपस्थितिमा गनापुर क्षेत्रमा रहेका करिब २० वटा पसलको अनुगमन गरिएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका नासु डम्बरबहादुर बुढाले अनुगमनका क्रममा धेरैजसो पसलहरुमा म्याद नाघेका वस्तुहरु भेटिएको बताए । कतिपय पसलहरु दर्ता नभएको पाइएको उनले बताए । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी देविलाल चौलागाईले २० हजार रुपैयाँसम्म तत्काल जरिवाना गरिएको बताए । गनापुरमा रहेको बर्णवाल किराना जनरल स्टोरलाई २० हजार रुपैयाँ जरिवाना गरिएको उनको भनाई छ । उनका अनुसार उक्त पसलमा हार्डवयर तथा मदिरा समेत बिक्री वितरण गर्न राखिएको थियो । आधा भन्दा बढी सामानहरु एक्सपाएर भएको पाइएको र भारतबाट ल्याइएका सामानहरु पनि धेरै रहेको चौलागाईले भनाई छ । साथै उनले मापदण्ड विपरीत सामानहरु बिक्री वितरण गर्न राखिएको बताएका छन् ।

अनुगमन समितिका संयोजक श्रेष्ठले आज मात्रै म्याद नाघेका २० हजार रुपैयाँ बढीका सामानहरु नष्ट गरेको बताए । उनले अनुगमन गर्दा दर्ता नभएका पसलहरुलाई १५ दिनभित्र दर्ता गर्न निर्देशन दिएको बताए । गत वर्ष अनुगमन गरेका केही पसलहरु भने यो पटक धेरै हदसम्म राम्रो भेटिएको उनको भनाई छ ।


प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  २०:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ५४५ जनाको उद्दार
नेपालगन्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ५४५ जनाको उद्दार
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेको अध्यक्षमा बस्नेत निर्वाचित
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेको अध्यक्षमा बस्नेत निर्वाचित
आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा
आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा सेवाश्रममा न्यानो कपडा सहयोग 
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा सेवाश्रममा न्यानो कपडा सहयोग 
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP