prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बैदेशिक रोजगारमा रहेका कामदारका परिवारसंग नेपालगञ्जमा अन्तरक्रिया
बैदेशिक रोजगारमा रहेका कामदारका परिवारसंग नेपालगञ्जमा अन्तरक्रिया
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असोज २६, २०८० बागेश्वरी पोस्ट
बैदेशिक रोजगारमा रहेका कामदारका परिवारसंग नेपालगञ्जमा अन्तरक्रिया

नेपालगञ्ज । बैदेशिक रोजगार बोर्डको सचिवालयले बैदेशिक रोजगारमा रहेका कामदारका परिवारहरुसंग नेपालगञ्जमा अन्तरक्रिया गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको बैदेशिक बोर्डको सचिवालयले नेपालगञ्ज उपमहानगरपालिकाका २३ वडाबाट बैदेशिक रोजगारमा रहेका कामदारका परिवारहरुसंग आज अन्तरक्रिया गरेको हो । 

नेपालगञ्ज उपमहानगरपालिका रोजगार शाखाको समन्वयमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा बैदेशिक रोजगार बोर्ड सचिवालयबाट प्रदान गरिने कल्याणकारी सेवा र त्यसका लागि पुर्याउनुपर्ने प्रक्रिया तथा आवश्यक कागजातका विषयमा परामर्शसंगै सुरक्षित बैदेशिक रोजगारीका लागि ध्यान दिनुपर्ने पक्षहरुमा अन्तरक्रिया गरिएको छ । 

No description available.

कार्यक्रममा बोल्दै बैदेशिक रोजगार बोर्डको सचिवालयकी निर्देशक सीता दुवाडीले सुरक्षित बैदेशिक रोजगारीका लागि अनिवार्य श्रम स्विकृति लिन, सीप सिकेर मात्र जान, अभिमुखीकरण तालिम अनिवार्यरुपमा लिन, स्वास्थ्य परीक्षण र बीमा आधिकारिक संस्थाबाट मात्र गराउन तथा घरपरिवारसंग सल्लाह गरेर जान आग्रह गरिन् । उनले बैदेशिक रोजगार बोर्डको सचिवालयले प्रदान गरिरहेको राहत, उद्धार तथा कल्याणकारी सेवाका बारेमा जानकारी गराएकी थिइन् । 

No description available.

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले सकेसम्म स्वदेशमै बसेर काम गर्न आग्रह गर्दै बैदेशिक रोजगारीमा जानै परे सीप सिकेर मात्र जानुपर्नेमा जोड दिए । उनले श्रम स्विकृति लिएका कामदारले मात्र राज्यले प्रदान गर्ने आर्थिक सहायता पाउने भएकाले सुरक्षित रोजगारीका लागि सचेत हुनुपर्ने बताए । 

बैदेशिक रोजगार बोर्डको सचिवालयका शाखा अधिकृत नरबहादुर चन्दले यस आर्थिक बर्षमा मुलुकका सात वटै प्रदेशमा बैदेशिक रोजगारमा रहेका कामदारका परिवारहरुसंग भेटघाट र अन्तरक्रिया गर्ने कार्य योजना बमोजिम नेपालगञ्जमा अन्तरक्रिया कार्यक्रम गरिएको बताए । उनले बैदेशिक रोजगारमा रहेका कामदारका परिवारहरुलाई सचेतीकरण गर्ने उद्देश्यले अन्तरक्रिया गरिएको बताए । नेपालगञ्ज उपमहानगरपालिका रोजगार शाखा संयोजक मञ्जु ज्ञवालीले नेपालगञ्जमा बैदेशिक रोजगारमा रहेका कामदारका परिवारहरु धेरै विषयमा अनभिज्ञ रहेका कारण अन्तरक्रिया कार्यक्रम निकै फलदायी हुने विश्वास व्यक्त गरिन् । ज्ञवालीले नेपालगञ्ज उपमहानगरपालिकाले उनीहरुलाई यसबारे सुसूचित गर्न प्राथमिकताका साथ काम गरिरहेको बताइन् । 

No description available.

नेपालगञ्ज उपमहानगरपालिकाका २३ वडाका करिब ५ दर्जन बैदेशिक रोजगारमा रहेका कामदारका परिवारका सदस्यहरु सहभागी अन्तरक्रियामा रिटर्नी माइग्रेन नेपालका अध्यक्ष लक्ष्मीप्रसाद आचार्य, हरि सुवेदी लगायतले सहजीकरण गरेको नेपालगञ्ज उपमहानगरपालिकाका रोजगार सहायक अनुप बर्माले जानकारी दिए ।  नेपालगञ्जबाट अधिकांश कामदार साउदी अरब, कतार र मलेसिया गएका छन् । 

बैदेशिक रोजगार विभागले गर्ने राहत, उद्धार तथा कल्याणकारी कार्यहरुमा विदेशमा अलपत्र परेको शबको उद्धार, विदेशमा मृत्युु भएका कामदारको शव झिकाउने र घर ठेगानासम्म पुर्याउने, मृत्यु भएका कामदारका हकदारलाई तोकिए बमोजिमको आर्थिक सहायता दिने, अंगभंग भएका कामदारलाई तोकिए बमोजिमको आर्थिक सहायता दिने, कामदारको परिवार गम्भीर विरामी भएमा तोकिए बमोजिम दिइने उपचार सहयोग प्रदान गर्ने, बैदेशिक रोजगारीको क्रममा मृत्यु वा पूर्णरुपमा अशक्त भएको कामदारको छोराछोरीलाई छात्रबृत्ति प्रदान गर्ने, बैदेशिक रोजगारमा गएका कामदारका लागि कानुनी प्रतिरक्षा तथा परामर्शका लागि सहयोग गर्ने, नेपाली राजदुताबासबाट सुरक्षित गृह सञ्चालन, स्वदेश फकिएका कामदारलाई पुनः एकीकरण तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गर्ने लगायत छन् । 

No description available.No description available.No description available.


प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  १५:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP