prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस बाँकेले छठ लगत्तै प्रशिक्षण अभियान चलाउने
कांग्रेस बाँकेले छठ लगत्तै प्रशिक्षण अभियान चलाउने
banijya office RSG-2
भ्रष्टाचारका सवालमा पार्टीले कुनै कम्प्रमाइज गर्दैनः सभापति गौडेल
बागेश्वरी पोस्ट
सोमबार, असोज २९, २०८० बागेश्वरी पोस्ट
कांग्रेस बाँकेले छठ लगत्तै प्रशिक्षण अभियान चलाउने

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले छठ लगत्तै प्रशिक्षण अभियान चलाउने भएको छ ।

कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको नियमित पत्रकार भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा सभापति नारायणप्रसाद गौडेलले चुस्त, दुरुस्त र धारिलो संगठन बनाउने कामलाई अभियानकै रुपमा अघि बढाउन छठ लगत्तै गाउँ केन्द्रित पार्टी प्रशिक्षण अभियान सञ्चालन गर्ने बताएका हुन् । पत्रकार भेटघाटमा वितरित प्रेस नोटमा भनिएको छ, "यसको सुरुवात हामीले केही समय अगाडि ८ पालिका सभापति र ८१ वटै वडा सभापतिहरुको लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरेर गरिसकेका छौं । ‘सचेत र जागरुक’ कार्यकर्ता उत्पादन गर्ने ध्येयका साथ प्रशिक्षणका कार्यक्रम अगाडि बढाइनेछ ।"

सभापति गौडेलले पार्टीलाई सुनिने, देखिने र महसुस गर्ने संगठनका रुपमा क्रियाशील बनाउने गरी अगाडि बढाउन उद्यत रहेको भन्दै जनतासंग प्रत्यक्ष सरोकार राख्ने सामाजिक र सिर्जनात्मक क्रियाकलापहरुमा पार्टीलाई अग्रसर बनाउने नीति अनुरुप पार्टीले आफ्ना कार्यक्रमहरुलाई केन्द्रित गरेको जानकारी र्दिए । "जनताका अप्ठेराहरुमा सहानुभूति मात्र प्रकट गर्ने परम्परागत सोचबाट माथि उठेर नेपाली कांग्रेस बाँके समानुभूतिको मन्त्रसहित अघि बढ्न हरदम पर्यत्नशील छ । सामाजिक मुद्दाहरुमा पक्षधरताबाट अलग बसेर जनताका चासो र सरोकारलाई आफ्नो एजेण्डा सम्झँदै पाइला चालिरहेको स्मरण पनि गराउँदछौं," पत्रकार भेटघाटमा वितरित प्रेस नोटमा भनिएको छ । उनले सञ्चार जगतसंग नियमित र निरन्तर सम्पर्कमा रहँदै विश्वासको जग बलियो बनाउन नेपाली कांग्रेस बाँके प्रतिबद्ध भएको उल्लेख गरे ।

दशैं, तिहार र छठ पर्वहरु तथा नेपाल सम्बत ११४४ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै नेपाली कांग्रेस बाँकेले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न यी पर्वहरुले सबैमा उत्प्रेरणा प्रदान गरुन् भन्ने कामना गरेको छ ।

पत्रकारहरुको प्रश्नको जवाफ दिँदै सभापति गौडेलले भ्रष्टाचारको मामिलामा नेपाली कांग्रेस बाँके शून्य सहनशिलताका साथ अघि बढेको बताए । कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले सुशासन उल्लंघन गरे पार्टीले संरक्षण नगर्ने भन्दै जनप्रतिनिधिहरुलाई पटक-पटक स्वच्छ छविका साथ काम गर्न झक्झक्याइरहेको बताए । भ्रष्टाचारका सवालमा पार्टीले कुनै कम्प्रमाइज नगर्ने सभापति गौडेलको भनाई छ । गौडेलले भ्रष्टाचार गर्ने जनप्रतिनिधिलाई पार्टीले नछाड्ने दृढता व्यक्त गरे । उनले जनप्रतिनिधिहरुलाई जनअपेक्षा अनुसार काम गर्न सचेत बनाइएको बताए ।

No description available.
 
सभापति गौडेलको सभापतित्व एवम् केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा पत्रकारहरुलाई मायाको चिनो स्वरुप डायरी र कलम प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य बाल्मिकीले पार्टीबाट निर्वाचित जनप्रतिनिधिले गरिरहेका काम कारबाहीमा पार्टीको चासो रहेको बताउँदै हालसम्म भएका कामका बारेमा अनुगमन गर्ने गरी संयन्त्र बनाएर अघि बढ्न थालेको उल्लेख गरे । जनप्रतिनिधिका कामले पार्टीलाई आघात पुग्ने अवस्था आउनु पार्टीका लागि ठूलो क्षती हुने उनको भनाई छ ।

त्यस अवसरमा नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष प्रेम केसी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्मा, अनलाइन पत्रकार संघ बाँकेका अध्यक्ष कमल न्यौपाने लगायतले बोलेका थिए । सचिव सुधांशु कोइरालाले सञ्चालन गर्नुभएको कार्यक्रममा उपसभापति गोपालप्रसाद अधिकारी, सहसचिवद्वय रेन सिंह ठाकुर र विनोदकुमार थारु, प्रबक्ता डिल्ली गिरी, कार्यसमिति सदस्य, पूर्व पदाधिकारी एवम् सदस्य लगायत ३ दर्जन बढी पत्रकार उपस्थित थिए । 

No description available.No description available.No description available.No description available.


प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १६:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP