नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, पुस १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • भूकम्पका घाइतेको उपचार व्यवस्थापनका लागि बाँकेमा सबै संयन्त्र क्रियाशील राखिने
भूकम्पका घाइतेको उपचार व्यवस्थापनका लागि बाँकेमा सबै संयन्त्र क्रियाशील राखिने
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, कात्तिक १८, २०८० बागेश्वरी पोस्ट
भूकम्पका घाइतेको उपचार व्यवस्थापनका लागि बाँकेमा सबै संयन्त्र क्रियाशील राखिने

नेपालगन्ज । बाँकेमा जाजरकोट भूकम्पका घाइतेको उपचार व्यवस्थापनका लागि सबै संयन्त्र क्रियाशील राखिने भएको छ । भेरी अस्पताल परिसरमै बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले भूूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतीलाई मध्यनजर गरी आवश्यक प्रतिकार्यका लागि सवै संयन्त्रलाई क्रियाशील राख्ने निर्णय गरेको हो । 

भूूकम्पका कारण घाइते विरामीको उपचारका लागि भेरी अस्पताललाई डेडिकेटेड अस्पतालको रुपमा स्थापना गर्ने निर्णय गरिएको छ । साथै नेपालगञ्ज मेडिकल कलेज लगायत सवै अस्पताललाई तयारी अवस्थामा राख्ने निर्णय पनि गरिएको प्रमुख जिल्ला अधिकारी श्रबणकुमार पोख्रेलले जानकारी दिए । 

विरामीका लागि रगतको अभाव हुन नदिन सबै स्वयंसेवकलाई रक्तदानका लागि अनुरोध गर्ने निर्णय पनि गरिएको छ । भूूकम्पवाट प्रभावित क्षेत्र तथा मानवीय सहयोगका लागि अस्पतालहरुमा समन्वय गर्न स्वास्थ्य कार्यालय बाँकका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठ र समन्वय तथा राहत व्यवस्थापनका लागि प्रशासकीय अधिकृत रामकुमार सोनकर र सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीलाई फोकल पर्सन तोक्ने निर्णय भएको पोख्रेलले बताए । राँझा विमानस्थलमा रहेको मानवीय सहायता कक्षमा जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको राहत भण्डारण गरी परिचालन गर्ने निर्णय गरिएको छ । 

नेपालगञ्ज उपमहानगरपालिकाको तर्फवाट तत्काल राहत स्वरुप रु. ४ लाख बरावरको खाद्यान्न र त्रिपाल, झुल, पिफर्म लगायत १०० जना परिवारको लागि पुग्ने सामग्री साथै मेडिकल टिम परिचालन गर्ने निर्णय भएको सूचना व्यवस्थापन अधिकृत ज्ञवालीले बताए । यस्तै कोहलपुर नगरपालिकाको तर्फवाट तत्काल राहत स्वरुप रु. २ लाख बरावरको खाद्यान्न र औषधी उपलव्ध गराइने भएको छ । राप्तीसोनारी गाँउपालिकाको तर्फवाट रु. १ लाख वरावरको ‍औषधि सामग्री र रु. ५० हजार बरावरको खाद्यान्न र १ जना चिकित्सक सहितको टिम परिचालन गरिने भएको छ । यस्तै २० थान कम्मल र २० थान त्रिपाल सहयोग गर्ने भएको छ  ।  खजुरा गाउँपालिकाको तर्फवाट रु. ३ लाख बरावरको औषधि सहयोग गर्ने भएको छ । नेपाल रेडक्रस सोसाइटी बाँकेको समन्वयमा केन्द्रिय कार्यालयमार्फत जाजरकोट र पश्चिम रुकुममा ६०० थान कम्मल, त्रिपाल र पिफर्म उपलव्ध गराउने निर्णय गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेको तर्फवाट तत्कालै १० थान टेन्ट, ५० थान त्रिपाल र ५० थान कम्मल उपलव्ध गराइने भएको छ ।


प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १३:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ५४५ जनाको उद्दार
नेपालगन्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ५४५ जनाको उद्दार
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेको अध्यक्षमा बस्नेत निर्वाचित
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेको अध्यक्षमा बस्नेत निर्वाचित
आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा
आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा सेवाश्रममा न्यानो कपडा सहयोग 
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा सेवाश्रममा न्यानो कपडा सहयोग 
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP