prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • माथेवास धामपुर जोड्ने राप्ती नदी पुलको उद्घाटन
माथेवास धामपुर जोड्ने राप्ती नदी पुलको उद्घाटन
banijya office
संघीय सरकारले राप्तीसोनारीलाई प्रभावकारी सहयोग गरेन : अध्यक्ष पौडेल
बागेश्वरी पोस्ट
शनिबार, मंसिर ९, २०८० बागेश्वरी पोस्ट
माथेवास धामपुर जोड्ने राप्ती नदी पुलको उद्घाटन

राप्तीसोनारी । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राप्तीसोनारी गाउँपालिकाको समस्या समाधानका लागि आफ्नो तहमा पहल गरिने बताएका छन् ।

nepalgunj 081-082

राप्तीसोनारी गाउँपालिकाको माथेवास धामपुर जोड्ने ५५४.४५ मिटर लामो राप्तीनदी पुलको शनिवार उद्घाटन गर्दै मन्त्री ज्वालाले देशको सबैभन्दा धेरै जनसंख्या र ठूलो भूगोल भएको गाउँपालिका भएपनि विकासको मूलप्रवाहमा राप्तीसोनारी पिछडिएको भन्दै आफ्नो तहबाट यसको उत्थानका लागि पहल गरिने विश्वास दिलाए ।

‘यहाँका स्थानीय जनप्रतिनिधि, प्रदेश र संघीय जनप्रतिनिधिहरुले यहाँको समस्याबारे ध्यानाकर्षण गराउनुभएको छ,' उनले भने–‘मेरो तहबाट समस्या समाधानका लागि गर्नुपर्ने सहयोग सबै हुन्छ ।’ उनले राप्तीसोनारी गाउँपालिकालाई राप्ती नदीले क्षती पुर्याएपनि स्रोतको हिसावले निकै धनी रहेको औंल्याए । सम्भावना भएर पनि विकास निर्माणका सवालमा पालिकामा थुप्रै कामहरु गर्न बाँकी रहेको पनि उनले बताए । ‘यहाँ ठूलो वनजंगल छ । अन्य प्राकृतिक स्रोतको प्रचुर सम्भावना छ । 'यसको सदुपयोग गरेर पालिकालाई सम्बृद्ध बनाउन सकिन्छ’ उनले भने ।

राप्तीसोनारी गाउँपालिकामा सल्यान र दंगालीहरुको समेत बसोबास रहेकोले आफ्नो स्वभाविक भावना जोडिएको उनले बताए । ज्वाला सल्यान निवासी हुन् । उनले सल्यानबाट प्रतिनिधिसभामा सदस्यमा चुनाव जितेका हु्न् । उनले राप्तीसोनारीसँग भावनात्मक सम्वन्ध जोडिएकाले पनि विकास निर्माणका सवालमा आफ्नो तर्फबाट हुने पहलमा कुनै कमी नहुने बताए ।

यस्तै बाँके क्षेत्र नं.१ बाट प्रतिनिधिसभामा निर्वाचित प्रतिनिधिसभा सदस्य सूर्य ढकालले राप्तीसोनारीको विकास र सम्बृद्धिका लागि मन्त्रीको ध्यानाकर्षण गराए ।

उनले राप्ती नदीको कटान, सडक निर्माण लगायतका सवालमा मन्त्रीको ध्यानाकर्षण गराए । उनले अहिलेको परिस्थिति विकास निर्माणका लागि अनुकूल रहेको पनि उल्लेख गरे । ‘यो निर्वाचन क्षेत्रबाट मलाई चुनाव जिताउनु, र यो क्षेत्रसँग भावानात्मक सम्वन्ध भएका ज्वाला मन्त्री हुनु यहाँको विकास निर्माणका लागि कोशेढुंगा सावित हुनेछ’ उनले भने । उनले राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकालाई राष्ट्र निर्माणको मूलधारमा ल्याउन केही योजनामा बजेट विनियोजन गर्न जरुरी रहेको पनि उनले बताए । उनले मटेहियादेखि वेतहनीसम्म पुल निर्माणका लागि मन्त्रीको ध्यानाकर्षण समेत गराए ।

यस्तै लुम्विनी प्रदेशसभा सदस्य कृष्णा केसी नमूनाले पनि विकास निर्माणमा सहयोग गर्न मन्त्री ज्वालाको ध्यानाकर्षण गराइन् । हुलाकी मार्ग अन्तर्गत अगैयादेखि कुसुम सडकखण्डको निर्माणमा तीब्रता दिन उनले आग्रह गरिन् । बाँके राष्ट्रिय निकुञ्जका कारण वन्यजन्तुको जोखिम बढेकाले पूर्व पश्चिम राजमार्गको विकल्पमा बैकल्पिक राजमार्ग निर्माणलाई तीब्रता दिनुपर्ने उनको भनाई थियो । उनले राप्ती नदीको सिधनिया घाटमा पुल निर्माणलाई गति दिन आग्रह गरिन् ।

तत्कालीन पूर्वाधार मन्त्री मोहम्मद इस्त्यिाक राईले उक्त पुलको शिलान्यास गरेका थिए । तर, अहिले उक्त पुलको निर्माण कार्य अगाडि बढ्न सकेको छैन । त्यहाँको अवस्था र आवश्यकताका आधारमा पुल निर्माण गरिनुपर्ने उनको भनाई छ । ’अहिले त्यहाँ ७ सय मिटरको पुल निर्माणको लागि डिजाइन भएको छ । तर त्यहाँ ११ सय मिटर लम्वाई भएको पुलको आवश्यकता छ,' उनले भनिन्–’यसतर्फ मन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ।’

संघीय सरकारले राप्तीसोनारीलाई प्रभावकारी सहयोग गरेन : अध्यक्ष पौडेल
यस्तै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले भुगोल र जनसंख्याको हिसावले सबैभन्दा ठूलो गाउँपालिका भएपनि संघीय सरकारले राप्तीसोनारीलाई प्रभावकारी सहयोग नगरेको बताए ।

उनले विकास निर्माणका दृष्टिकोणले पालिका पिछडिएको भन्दै पुलपुलेसा र सडक निर्माणमा सहयोग गर्न आग्रह गरे । उनले भने–‘यदी मुगुवा खोलाको पुल मात्र बन्न सक्यो भने पश्चिमका वडा नं. ८ र ९ लाई जोड्न सकिन्छ । कचनापुर कम्दी सडकलाई निर्माण गर्न सकियो भने नेपालगन्जसँगको दूरी घट्छ । यसतर्फ केन्द्र सरकारले सहयोग गरोस् ।’ उनले मुगुवा खोलामा पुल नबन्दा बर्खायाममा विद्यार्थी बालबालिकाले ठूलो सास्ती खेप्नु परेको उल्लेख गरे । यस्तै स्थानीय उत्पादनलाई समेत बजारीकरण गर्न समस्या परेको उनको भनाई छ । उनले यातायातसँगको सहज पहुँचका हुलाकी सडक निर्माणलाई गति दिन पनि आग्रह गरे ।


प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  १९:३२
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP