prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, कात्तिक ११, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस कोहलपुर नगर उपसभापति चुन्न आज मतदान
कांग्रेस कोहलपुर नगर उपसभापति चुन्न आज मतदान
banijya office RSG-2
प्रदेश क्षेत्र उपसभापतिमा जागेश्वर निर्विरोध
गौरब गिरी
सोमबार, मंसिर ११, २०८० गौरब गिरी
कांग्रेस कोहलपुर नगर उपसभापति चुन्न आज मतदान

नेपालगन्ज । नेपाली काँग्रेस कोहलपुर नगरपालिका नगर उपसभापति पदका लागि आज मतदान हुँदैछ । उपसभापति सुशिल सापकोटाले राजिनामा दिएर विदेश गएपछि उक्त पद रिक्त थियो । नेपाली काँग्रेस कोहलपुर नगर सभापति वीरेन्द्र कुमार शाहले रिक्त पदपूर्तिका लागि निर्वाचन हुन लागेको जानकारी दिए ।  उपसभापति पदमा तीन जनाको उम्मेदवारी परेको छ ।

ऋषिराज सापकोटा, युवक ओली र चेतकान्त भट्टराईबीच प्रतिस्पर्धा हुने भएको हो । सापकोटा जिल्ला सदस्यमा पराजित भएका थिए भने भट्टराई पनि तत्कालीन उपसभापति सुशिल सापकोटासँग पराजित भएका थिए । भट्टराई चार महिना अघि नेपाल प्रेस युनियन बाँकेको १२ औं अधिवेशनमा पनि अध्यक्ष पदमा पराजित भएका थिए । ओली भने पहिलो पटक पदाधिकारीमा भिड्न लागेका हुन् ।

निर्वाचन अधिकृत चुडामणि ढकालका अनुसार सापकोटाले दोर्णबहादुर जैशीको प्रस्तावक र गणेश बहादुर थापाको समर्थकमा उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी ओलीले रामगोपाल तमौलीको प्रस्तावक र बेगबहादुर ओलीको समर्थकमा उम्मेदवारी दर्ता गराए । भट्टराईले भने विश्वराज भण्डारीको प्रस्तावक र गौरव रावलको समर्थकमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत ढकालले बताए । उपसभापति चुन्नका लागि ३२१ जनाले मतदान गर्नेछन् । कोहलपुर नगरपालिकाका १५ वडाका क्षेत्रीय प्रतिनिधिहरुले मत हाल्ने छन् ।

कोहलपुर नगरपालिका वडा नं. १, १२ र १३ मा १७–१७ जना, वडा नं.२ र ६ मा २०–२०, वडा नं.३, ४, ५, ९ र १५ मा १९–१९ जना, वडा नं.७ र १४ मा १८–१८ जना, वडा नं.११ मा २९, वडा नं.८ मा ३१ र वडा नं. १० मा ३९ जना मतदाता छन् । मतदान आज सोमवार विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म पार्टी कार्यालयमा चल्ने पनि निर्वाचन अधिकृत ढकालले बताए ।

यसैबीच नेपाली काँग्रेस बाँके क्षेत्र नं.१ प्रदेश ‘ख’ को सभापतिमा भने जागेश्वर चौधरी निर्विरोध भएका छन् । उक्त पदमा चौधरीको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ । नेपाली काँग्रेस बाँके क्षेत्र नं.१ प्रदेश ‘ख’ का उपसभापति डा.राजकुमार सुवेदी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेपछि उक्त पद रिक्त रहेको थियो ।


प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  ०७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
जेनजी आन्दोलनका शहिदहरुको सम्झनामा कांग्रेस बाँकेद्वारा दीप प्रज्वलन
जेनजी आन्दोलनका शहिदहरुको सम्झनामा कांग्रेस बाँकेद्वारा दीप प्रज्वलन
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP