नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, साउन ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • काँग्रेसको संयुक्त पार्टी कार्यालय उद्घाटन, संगठन विस्तारमा लाग्न गौडेलको निर्देशन
काँग्रेसको संयुक्त पार्टी कार्यालय उद्घाटन, संगठन विस्तारमा लाग्न गौडेलको निर्देशन
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, मंसिर १५, २०८० बागेश्वरी पोस्ट
काँग्रेसको संयुक्त पार्टी कार्यालय उद्घाटन, संगठन विस्तारमा लाग्न गौडेलको निर्देशन

नेपालगन्ज । नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले संगठन विस्तारमा लाग्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ५ मा काँग्रेस क्षेत्र नं. १ प्रदेशसभा ‘क’ को कार्यालय, गाउँपालिका कार्यालय र वडा कार्यालयको संयुक्तरुपमा उद्घाटन गर्दै पार्टी सभापति गौडेलले जिल्ला नेतृत्व पार्टीलाई गतिशील, चलायमान र धारिलो संगठन बनाउने अभियानमा लागेकाले त्यही अनुसार कार्यकर्ताहरु पनि लाग्नुपर्ने बताए । उनले भने–‘पार्टीलाई चलायमान र गतिशील बनाउन तपाईंहरुको भूमिका पनि महत्वपूर्ण छ । संगठन चुस्तदुरस्त बनाउने यो अभियानमा जसले सक्रियता र क्रियाशीलता देखाउँछ उसको पार्टीले उचित समयमा उचित मूल्यांकन गर्नेछ ।’

उनले नेपाली काँग्रेस नै मुलुकको विकास र सम्बृद्धि गर्ने पार्टी भएकाले ढुक्क भएर पार्टीका गतिविधिमा क्रियाशील हुन आग्रह गरे । ‘यहाँ धेरै थरिका विचार र भावनाहरु पोख्नेहरु छन् । आवेश र कुन्ठा अनि आक्रोश पोख्नेहरु छन् । यसले न पार्टीलाई हित गर्छ न त विकास र सम्बृद्धिलाई । त्यसैले मेरो आग्रह छ, पार्टी बनाउने र यहाँको पालिकालाई सम्बृद्ध बनाउन रचनात्मक सहयोग र सहकार्य गरौं,' उनले भने । यस्तै नेपाली काँग्रेस बाँकेका सचिव सुधान्शु कोइरालाले पार्टीलाई अगाडि बढाउन गुट उपगुटमा अल्झिन नहुने बताए । उनले चुनावको बेला समूह बन्नु फरक भएपनि चुनावपछि भने गुटउपगुटमा अल्झिन नहुने र पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्ने बताए ।

कार्यक्रममा जिल्ला कोषाध्यक्ष यज्ञबहादुर बस्नेतले पार्टीलाई एक बनाउन सबैले आफ्नो स्वार्थ त्याग्नुपर्ने बताए । यस्तै निवर्तमान क्षेत्रीय सभापति माधवराम खत्रीले गाउँगाउँमा पार्टीका गतिविधिहरुलाई क्रियाशील बनाएर लैजानुपर्ने सुझाव दिए । पछिल्ला दिनमा पार्टीप्रतिको विश्वास कार्यकर्तामा गुम्दै गएको भन्दै उनले विश्वास भर्ने काम सबै तहतप्का बाट हुन जरुरी रहेको बताए ।

महाधिवेशन प्रतिनिधि लाहुराम थारुले पार्टीबाट प्रतिनिधित्व गरेर स्थानीय सरकारले नेतृत्व गरेकाहरुले पार्टीलाई पनि जोड्नुपर्ने बताए । महासमिति सदस्य महावीर वलीले पार्टीलाई एक ढिक्का बनाउन सबैलाई मिलाएर लैजानुपर्ने सुझाव दिए । वडा सभापति बालकिसुन थारुको सभापतित्वमा भएको उक्त कार्यक्रमको स्वागत मन्तव्य राप्तीसोनारी गाउँपालिकाका सभापति भीम रानाले राखेका थिए ।


प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १०:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP