नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, वैशाख २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • मानव बेचविखन विरुद्धको राष्ट्रिय नीतिको मस्यौदामाथि छलफल र सुझाब संकलन
मानव बेचविखन विरुद्धको राष्ट्रिय नीतिको मस्यौदामाथि छलफल र सुझाब संकलन
बागेश्वरी पोस्ट
सोमबार, मंसिर १८, २०८० बागेश्वरी पोस्ट
मानव बेचविखन विरुद्धको राष्ट्रिय नीतिको मस्यौदामाथि छलफल र सुझाब संकलन

नेपालगञ्ज । सरकारले मानव बेचविखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय नीति तथा राष्ट्रिय कार्ययोजनाको मस्यौदाका बारेमा सुझाब संकलन थालेको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले मानव बेचविखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय नीति तथा राष्ट्रिय कार्ययोजनाको मबस्यौदा उपर छलफल तथा सुझाब संकलन गरिरहेको छ । मानव बेचविखन विरुद्धको कानुनमा सुधार गरी त्यसको कार्यान्वयन र कानुनी कारवाहीमा प्रभावकारिता अभिबृद्धि गर्नुका साथै नियमन तथा निगरानी प्रणालीलाई सुदृढ तुल्याउने उद्देश्यका साथ तयार पारिएको मस्यौदा उपर सरोकारवालाहरुसंग छलफल तथा सुझाब संकलन भइरहेको हो ।

नेपालगञ्जमा आज आयोजित छलफल तथा सुझाब संकलन कार्यक्रममा सरोकारवालाहरुले व्यापक विमर्श गरेका छन् । समूहगत छलफलमार्फत सरकारलाई आवश्यक सुझाव दिइएको छ । डिजिटल माध्यमको दुरुपयोग लगायत कुनै पनि प्रकारले हुने मानव बेचविखन, मानव तस्कारी र यौन शोषण विरुद्धको उजुरी अनलाइनबाट गर्न मिल्ने गरी उजुरी दर्ता र अनुसन्धान प्रबृत्तिमा सरलीकरण र सहजीकरण गर्ने रणनीति सरकारले बनाएको छ । मानव बेचविखन विरुद्धको अनुसन्धान तथा कानुनी कारवाहीलाई पीडितमैत्री हुने गरी न्याय प्रणालीलाई प्रभावकारी तुल्याउने नीति रहेको छ ।

स्थानीय तहमार्फत स्थानीय स्तरको कार्ययोजना निर्माण, स्थानीय प्रेषण प्रणाली, मानव बेखविखन नियन्त्रण स्थानीय समिति, उद्दार तथा स्रोत स्थानमा फिर्ती, स्थानीय स्तरको अल्पकालीन पुनःस्थापना गृह, पुनःस्थापना कोष तथा गैरसरकारी संस्थामा आधारित संस्था तथा निजी क्षेत्रसंगको सहकार्य बलियो बनाउने उद्देश्य राष्ट्रिय नीति तथा राष्ट्रिय कार्ययोजनाको छ । नेपाललाई मानव बेचविखन मुक्त राष्ट्र बनाउने दुरदृष्टिका साथ संघीय संरचना अन्तर्गत तीनै तहका सरकारी संयन्त्रहरुको अगुवाईमा नागरिक समाज, संस्था, निजी क्षेत्र एवम् विकास साझेदारहरुसंग समन्वय र सहकार्य गरी मानव बेचविखन विरुद्ध शिक्षा, सचेतना तथा रोकथामका उपायहरुद्वारा जोखिम उन्मुख समुदायको सशक्तिकरणसंगै कानुनी कारवाहीलाई थप प्रभावकारी बनाई पीडित लक्षित सहयोग प्रणालीलाई सुदृढ तुल्याउने ध्येय मस्यौदामा छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहरा, अन्य स्थानीय तहका प्रमुख उपप्रमुख, महिला बालबालिका शाखाका प्रमुख एवम् प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि लगायत सरोकारवालाको उपस्थिति रहेको थियो । 
 


प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १५:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP