नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार १५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • भ्रष्टाचार बिरुद्ध क्रियाशिल बास २४औं बर्षमा, बार्षिकोत्सव समारोह भव्य
भ्रष्टाचार बिरुद्ध क्रियाशिल बास २४औं बर्षमा, बार्षिकोत्सव समारोह भव्य
RSG-2
बार्षिकोत्सबको अवसरमा विभिन्न सम्मान प्रदान
बागेश्वरी पोस्ट
आइतबार, मंसिर २४, २०८० बागेश्वरी पोस्ट
भ्रष्टाचार बिरुद्ध क्रियाशिल बास २४औं बर्षमा, बार्षिकोत्सव समारोह भव्य

नेपालगञ्ज । बास नेपालको २३औं बार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न भएको छ । भ्रष्टाचार बिरुद्ध क्रियाशिल बास नेपालको २३औं बार्षिकोत्सव समारोह नेपालगञ्जमा भव्यताका साथ सम्पन्न भएको हो ।

संस्थाकी केन्द्रीय अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा सम्पन्न बार्षिकोत्सव समारोहमा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि लुम्विनी प्रदेशकी सांसद एवम् पूर्व मन्त्री कृष्णा केसी नमूनाले भ्रष्टाचार बिरुद्धको अभियानमा सबै लाग्न जरुरी भएको बताइन् । उनले भ्रष्टाचार बिरुद्ध बास नेपालले निर्वाह गरेको भूमिका प्रभावकारी रहेको बताउँदै बास नेपालको संस्थागत बिकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रममा प्रदेशसभा सदस्य मिना श्रेष्ठ, मिनाकुमारी बोहरा सिद्धिकी, बास नेपालका सल्लाहकार तथा बरिष्ठ पत्रकार पूर्णलाल चुके, गैसस महासँघ बाँके शाखाका अध्यक्ष चन्द्रप्रकाश तिमिल्सिनाले मन्तब्य ब्यक्त गरेका थिए ।  

कार्यक्रममा गायक पूर्ण थापा, गायक तथा कर्णाली प्रदेश संयोजक धिरेन्द्र शाही, पूर्ब केन्द्रीय सचिव चम्फा कठायत, गायक बलु तामांग, गायिका टिना केसीले गीत प्रस्तुत गरेका थिए । मञ्जु थापा, सबिता गुरुंग, लौटन थारु र बसन्ती थारुले नृत्यु प्रस्तुत गरेका थिए भने बास नेपालमा कार्यरत कर्मचारीहरुले सामूहित नृत्य समेत प्रस्तुत गरेका थिए ।
 
बासका केन्द्रीय महासचिब खुमेस सुवेदीले सञ्चालन गरेको बार्षिकोत्सब समारोहमा बासका उत्कृष्ट प्रदेश, शाखा र कर्मचारीको घोषणा बासका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए । प्रमुख अतिथि, बासका केन्द्रीय अध्यक्ष लगायतले सम्मान गरेका थिए । 

बार्षिकोत्सब समारोहमा सांस्कृतिक प्रस्तुतिहरु, गीत, गजल प्रस्तुत गरिएको थियो । बार्षिकोत्सब समारोहमा विभिन्न क्षेत्रका गरी २ सय बढीको सहभागिता रहेको थियो । 

बार्षिकोत्सबको अवसरमा विभिन्न सम्मान प्रदान
 

बास नेपालको २३औं बार्षिकोत्सब समारोहमा विभिन्न सम्मानहरु प्रदान गरिएको छ । बार्षिकोत्सबको अवसरमा ७ ओटा प्रदेश मध्य कर्णाली प्रदेश उत्कृष्ट प्रदेशको रुपमा सम्मानित भएको छ । उत्कृष्ट प्रदेशको रुपमा ५ हजार नगदसहित सम्मान ग्रहण बास कर्णाली प्रदेश संयोजक धिरेन्द्र शाहीले गरेका थिए ।

हरेक बर्ष प्रदान गरिने उत्कृष्ट शाखा अन्तरगत यस बर्ष बास डोटी शाखा प्रथम हुन सफल भएको छ । यसैगरी सिराहा शाखा द्वितीय, दैलेख शाखा तृतीय र बाँके शाखाले सान्त्वना स्थान हासिल गरेको छ । यसरी उत्कृष्टता हासिल गर्ने शाखाहरुलाई क्रमशः नगद रु. १० हजार, ७ हजार, ५ हजार र ३ हजारसहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । सम्मान ग्रहण बास डोटी शाखाका अध्यक्ष सरिता कठायत, सिराहा शाखाका उपाध्यक्ष रामचन्द्र शाह, दैलेख शाखाका सचिब कृष्णकमल अधिकारी र बाँके शाखा अध्यक्ष शोभा थापा मगरले गरेका थिए । 

बास नेपालले संस्थामा कार्यरत कर्मचारीहरुमध्ये कार्य सम्पादनको आधारमा ३ जना कर्मचारीलाई उत्कृष्ट कर्मचारीद्वारा सम्मान गरेको छ । जनसम्पर्क अधिकृत माधब कार्की, लेखा अधिकृत राष्टि बुढा मगर र सामाजिक परिचालक तेज बोहरालाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको थियो । प्रमुख अतिथि र बासका केन्द्रीय अध्यक्षले नगदसहित सम्मानपत्र र दोसल्ला लगाएर सम्मान गरेका थिए ।

No description available.

यसैगरी बास केन्द्रीय कार्यालयमा लामो समयदेखि मालीको रुपमा कार्यरत इस्लाम बागवानलाई सम्मान गरिएको छ । यसैगरी बार्षिकोत्सबको अवसरमा बासका स्वयंसेवक सुमिता कुमाल र बासुदेब उपाध्यायलाई उत्कृष्ट स्वयंसेवकका रुपमा सम्मान गरिएको छ ।

यसैगरी कार्यक्रममा भ्रष्टाचार बिरुद्धको दिवसको अवसरमा आयोजित नेपालगञ्ज वाकाथन कार्यक्रममा सहयोग तथा सहकार्य गर्ने संस्था तथा निकायलाई प्रशंसापत्र प्रदान गरिएको थियो भने संस्थाले विगत लामो समयसम्म सदस्यको रुपमा क्रियाशिल १७ जनालाई सक्रिय सदस्यता प्रमाणपत्र प्रदान गरेको थियो । यसैगरी देउसी भैलो कार्यक्रममा सहयोग गर्ने १९ जनालाई सम्मानपत्र प्रदान गरिएको बासका सूचना अधिकारी हेमराज भट्टले जानकारी दिए । कार्यक्रममा समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्यमा मनोनित मिना श्रेष्ठ र मिनाकुमारी बोहरा सिद्धिकीलाई सम्मान गरिएको थियो ।

No description available.


प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  २०:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP