prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • आमा सेमिनार: जहाँ थामिएनन् आँसु
आमा सेमिनार: जहाँ थामिएनन् आँसु
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, मंसिर २८, २०८० बागेश्वरी पोस्ट
आमा सेमिनार: जहाँ थामिएनन् आँसु

नेपालगन्ज । त्यो सेमिनार जहाँ नरुने र भावुक नहुने कोही थिएन । आँसुलाई माध्यम बनाउँदै मनको भावनाहरु पोखिरहेका थिए, उपस्थित सबैले । कतिको आँखाबाट बगिरहेको थियो, आत्माग्लानीको आँसु, कोहीको आँखामा सम्मान र ममता भरिएको आँसु, त कसैको आँखामा थिए मातापितासँगको विछोडका आँसु । सबैको आखाँबाट बगेका आँसु एउटै भएपनि आँसुका भावहरु भने फरक फरक थिए ।

मानव सेवा आश्रमले नेपालगन्जमा आयोजना गरेको आमा सेमिनारमा प्रस्तुत भएका आमाको माया, ममता, त्याग र पीडा सम्बन्धि प्रस्तुतिले कतिपयले आफूले जानेर वा अन्जानमा आमाप्रति गरेको व्यबहारलाई सम्झिएर आत्माग्लानीको आसुँ बगाइरहेका थिए भने कतिले मातापितासँगको विछोड सम्झेर । कतिपय भने मातापिताको त्याग र समर्पण सम्झेर सम्मानले शिर झुकाएर रोइरहेका थिए । कतिजना एक अर्कोलाई अंकमाल गर्दै रोइरहेका थिए । आफ्नो मातृत्व र मातृभूमिप्रति सद्भाव र सम्मानले भरिएको थियो, उपस्थित सबैको आँखा मन ।

आमा सेमिनारमा बाक्लो उपस्थिति थियो । कुनै धमाकेदार र भड्किलो प्रचारबिना पनि हल पूरै भरिएको थियो । शान्त र व्यबस्थित वाताबरणमा भएको बिल्कुल फरक कार्यक्रम, जहाँ मानवीय संवेदनाले भरिएका र सामाजिक रुपान्तरणको अभ्यासमा लागेका मनहरुको जमघट भएको थियोे ।

उक्त कार्यक्रममा विगत १५ बर्ष देखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न सन्देशमूलक र उत्प्रेरणात्मक कार्यक्रमहरुमा प्रस्तुति दिइसकेका मानवसेवा आश्रमका संस्थापक तथा केन्द्रिय अध्यक्ष रामजी अधिकारीले आमा सेमिनारको प्रस्तुति गरेका थिए । आमाको महिमा, पीडा र त्यागबारे उहाँको प्रस्तुतिले उपस्थित सबैको आँखा रसाएका थिए । 

"पछिल्लो समय आधुनिक जीवनशैलीसँगै नेपालको मौलिक संस्कृति र संस्कारमा समेत विकृति हावी हुँदै गएको छ । आजीवन सन्तानका लागि मरिमेट्ने अभिभावकलाई जीवनको उत्तराद्र्धमा अपहेलित गरी घरबाट बाहिर छोड्ने कुसंस्कार मौलाउँदै गएको छ । यस्तो विषम परिस्थितिमा मातृत्व र मातृभूमीप्रतिको दायित्वबोध गराउन मानवसेवा आश्रमले आमा सेमिनार गर्दै आएका छौं," बाँके जिल्ला संयोजक उर्बिन सापकोटाले भने । मानवता, राष्ट्रियता, परोपकार, राष्ट्र प्रेम र आफूलाई जन्मदिने माता पिता र मातृभूमिप्रतिको महत्व बोध गराई, प्रेम, सद्भाव र करुणालाई जन–जनमा पु¥याएर संस्कारयुक्त र सभ्य समाज निर्माण गर्नु नै कार्यक्रमको उद्देश्य रहेको सापकोटाले बताए । समाजमा सकारात्मक सन्देश प्रभाव गर्दै  कसैले पनि सडकपेटीमा वेवारिसे जीवन बिताउन पर्ने परिस्थिति सिर्जना नै नहोस् भन्ने आयोजकको उद्देश्य रहेको छ ।

मानवसेवा आश्रमले २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको लक्ष्य लिएको छ । सोही लक्ष्य अनुरुप मानवसेवा आश्रम २०६९ सालदेखि नै देशव्यापीरुपमा संचालित छ ।  नेपालगंजमा २०७९ बैशाखदेखि  सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवन विताउन विवश अनाथ, अपाङ्ग, अशक्त, असहाय, शारिरीक तथा मानसिकरुपमा अति कमजोर मानवहरुको उद्धार, उपचार, पालनपोषण एवं पारिवारिक पुनर्मिलनको सेवामा समर्पित हुँदै आइरहेको छ । मुठीदानबाट संचालित  आश्रमको नेपालगन्ज शाखामा अहिले ५० जनाले आश्रय लिइरहेका छन् । त्यसमध्ये ३५ जना पुरुष १२ जना महिला र ३ जना बालबालिका रहेका छन् ।
 


प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १५:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP