नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • पार्टीभित्र कटुता र नैराश्यता पैदा भयोः कांग्रेस केन्द्रिय सदस्य बाल्मिकी
पार्टीभित्र कटुता र नैराश्यता पैदा भयोः कांग्रेस केन्द्रिय सदस्य बाल्मिकी
RSG-2
आरक्षण एक पटकलाई मात्र दिइनुपर्दछः प्रदेश सभापति पुन
गौरब गिरी
शुक्रबार, मंसिर २९, २०८० गौरब गिरी
पार्टीभित्र कटुता र नैराश्यता पैदा भयोः कांग्रेस केन्द्रिय सदस्य बाल्मिकी

नेपालगञ्ज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले पार्टीभित्र चरम कटुता र नैराश्यता पैदा हुँदै गएको बताएका छन् । नेपाली कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको 'लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनसंग कार्यकर्ता भेटघाट कार्यक्रम' लाई सम्बोधन गर्दै संविधानसभा सदस्य समेत रहेका बाल्मिकीले पार्टीभित्र नेता तथा कार्यकर्ताका बीचमा बढ्दै गएको कटुताले पार्टी जीवनमा क्षती गरिरहेको बताए ।

उनले अहिलेको अवस्था देखेर नेता कार्यकर्ता तहमा नैराश्यता सिर्जना भएको भन्दै नेतृत्वले गम्भीर आत्मसमिक्षा गर्न आवश्यक रहेको जिकिर गरे । उनले पार्टीबाट निर्वाचित जनप्रतिनिधि पार्टीप्रति जवाफदेही हुन नसकेको टिप्पणी गर्दै जनप्रतिनिधिलाई उत्तरदायी बनाउन जरुरी रहेको बताए ।

कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभापति पुनले पार्टीलाई मबजुत बनाउनतर्फ लाग्न सबै पार्टी पंक्तिलाई आह्वान गरे । विधानमा व्यवस्था भए बमोजिम सबै तहका सम्मेलन समयमै गर्न निर्देशन दिँदै उनले सबैले आ-आफ्नो जिम्मेवारीमा ध्यान दिए पार्टी संगठन मजबुत र चलायमान हुने बताए ।

पार्टीका सबै तहले आफ्ना अधिकारको सही प्रयोग गरेर माथिल्लो तहका निर्देशन कार्यान्वयनका लागि गम्भीरता देखाउनुपर्ने पुनको भनाई छ । पार्टीलाई पद्धतिमा चलाउनुपर्नेमा जोड दिँदै उनले त्यसका लागि सबैको प्रतिबद्धता आवश्यक रहेको बताए । "एक पटक जसले अवसर पाउँछ, उसैलाई नै सधैंभरि अवसर दिइरहनुपर्ने संस्कार मौलाउँदै गएको छ, यो संस्कृति हाम्रो पार्टीमा मात्र होइन, सबैमा छ, सभापति पुनले भने-"अब आरक्षण एक पटक मात्रै दिने व्यवस्था गर्नुपर्दछ, मैले त यसमा पहिलेदेखि नै वकालत गर्दै आएको छु ।" उनले एकै व्यक्तिले आजीवन अवसर पाइरहने अवस्थाको अन्त्य गर्नुपर्ने बताए । सभापति पुनले नेताको भक्तिगान गाएर राजनीतिमा स्थापित हुने गलत संस्कारलाई निरत्साहित गर्न आवश्यक रहेको बताए ।

पार्टी कोषाध्यक्ष यज्ञबहादुर बस्नेतले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा जिल्ला सह-सचिव विनोदकुमार थारु, क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति नक्की खाँ, महासमिति सदस्य एवम् पूर्व जिल्ला सचिव कपिल शर्मा लगायतले पार्टी संगठनका विषयमा आ-आफनो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए । 


प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १७:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP