prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • जोखिमपूर्ण यात्रामा निस्केका ५०९ जना नेपालगन्ज नाकाबाट फिर्ता
जोखिमपूर्ण यात्रामा निस्केका ५०९ जना नेपालगन्ज नाकाबाट फिर्ता
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, पुस १५, २०८० बागेश्वरी पोस्ट
जोखिमपूर्ण यात्रामा निस्केका ५०९ जना नेपालगन्ज नाकाबाट फिर्ता

नेपालगन्ज । माइती नेपाल नेपालगञ्जले एक वर्षको अवधिमा भारत तथा तेस्रो मुलुक जानका लागि जोखिमपूर्ण यात्रामा निस्केका ५०९ जनालाई नाकाबाट फिर्ता पठाएको छ । सन् २०२३ मा माइती नेपालले नेपालगञ्ज नाकाबाट विभिन्न जिल्लाबाट भारत तथा तेस्रो मुलुक जान थालेका ५०९ जना महिला तथा बालबालिकालाई नाकाबाट फिर्ता पठाएको हो ।

माइती नेपालले आज नेपालगञ्जमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै उक्त तथ्यांक सार्वजनिक गरेको हो । माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले जोखिमपूर्ण यात्रामा निस्केका र नाकाबाट फिर्ता पठाइएका ५०९ जनामध्ये १८ वर्षमुनिका बालिका १८२ जना रहेको जानकारी दिए । कोइरालाका अनुसार जोखिमपूर्ण यात्राबाट घर फिर्ता पठाइएकामा बाँकेका ८२ जना, बर्दियाका ५३ जना, सुर्खेतका ६० जना, दाङका ५५ जना, सल्यानका ३६ जना, दैलेखका ३० जना, जाजरकोटका २७ जना, रुकुमका २० जना, रोल्पाका १९ जना, कैलालीका १६ जना, जुम्लाका १४ जना रहेका छन् ।

यो नाकाबाट पूर्वी जिल्लाका महिला तथा बालबालिकालाई समेत भारत तथा तेस्रो मुलुकमा लैजाने गरिन्छ । जसमा चितवनका ७ जना, सिन्धुपाल्चोकका ३ जना, मकवानपुरका ५ जना, सिन्धुलीका २ जना, तनहुँका एक जना, अर्घाखाँचीका एक जना, ताप्लेजुङका २ जना, धादिङका ८ जना, इलामका एक जना, सुनसरीका २ जना, गुल्मी र स्याङ्जाका एक/एक जनालाई फिर्ता पठाइएको छ ।

माइती नेपाल नेपालगञ्जमा यो वर्ष ६ सय ६२ वटा खोजतलास तथा उद्धारका लागि निवेदन परेको छ । त्यसमा २ सय ७८ जना फेला परेका छन् । खोजतलासको निवेदनमा २ सय ८४ जना १८ वर्षमुनिका बालिका रहेका छन् । संयोजक कोइरालाले सामाजिक सञ्जालको दुरुपयोग गरेर महिला तथा बालबालिका जोमिखपूर्ण यात्रामा निस्किने घटना बढेको बताए । उनले सामाजिक सञ्जालको दुरुपयोग रोक्नका लागि स्कूल र कलेज तथा जोखिमपूर्ण यात्रामा बढी निस्केका गाउँटोलमा गएर सचेतनामूलक कार्यक्रमहरु गरिरहेको बताए ।


प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १९:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP