prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, भदौ २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय एकता र मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक
राष्ट्रिय एकता र मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, पुस १६, २०८० बागेश्वरी पोस्ट
राष्ट्रिय एकता र मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक

नेपालगन्ज । नेपाली राजनीतिमा राष्ट्रिय एकता र मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेकोमा जोड दिइएको छ । नेपाली कांग्रेस बाँकेले आज ४८औं 'राष्ट्रिय एकता तथा मेलमिलाप दिवस'को अवसरमा नेपालगन्जमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले लोकतान्त्रिक गणतन्त्रलाई अझ समुन्नत र सुदृढ बनाउँदै मुलुकमा आर्थिक विकास र समृद्धि हासिल गर्न अन्तर पार्टी एकता र मेलमिलापमा जोड दिइएको हो ।

नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्व एवम् कांग्रेस नेता एवम् पूर्व पार्टी सभापति सनतकुमार रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बक्ताहरुले त्यो बेलाको मिसन र अहिलेको सन्दर्भ फरक रहे पनि आपसी एकता, विश्वास र मिलमिलाप अहिले पनि जरुरी रहेको बताए । 

कार्यक्रममा संविधानसभा सदस्य एवम् लुम्बिनी प्रदेश सांसद बादशाह कुर्मी, संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी (भोला), नेपाली कांग्रेसका नेता एवम् प्युठानका पूर्व सभापति दिवाकर गौतम, नेकपा एमाले बाँकेका उपाध्यक्ष डिल्ली बिसी, जसपा बाँके अध्यक्ष एवम् नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई, नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता, राष्ट्रिय जनमोर्चाका नेता कृष्णराज पाण्डे लगायतले बोलेका थिए । दलहरुले आफ्नो चरित्र र कार्यशैली बदल्नुपर्नेमा जोड दिँदै बक्ताहरुले अहिले राष्ट्रिय एकता र मेलमिलाप संकटमा परेको टिप्पणी समेत गरे ।

नेपाली कांग्रेस वडा नम्बर १२ का सभापति रामु चिडिमारले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रममा पार्टी उपसभापति कृष्णबहादुर कार्कीले धन्यवाद ज्ञापन तथा संचालन सचिव सुधांशु कोइरालाले गरेका थिए ।  कार्यक्रममा उच्च अदालत नेपालगन्ज बारका अध्यक्ष चित्रबहादुर शाही, जिल्ला अदालत बारका अध्यक्ष मेहरसिंह खत्री तथा हालै भारतमा सम्पन्न 'वर्ल्ड स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसिप'मा स्वर्ण पदक विजेता डा. प्रतिक श्रेष्ठ लगायत अन्य पदक विजेतालाई सम्मान गरिएको थियो ।

२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले ‘कू’ गर्दै शासन आफ्नो हातमा लिएका थिए । कांग्रेस संस्थापक एवम् तत्कालीन प्रधानमन्त्री वीपी कोइराला लगायतलाई जेल हालियो । महेन्द्रले बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्ध मात्र लगाएनन्, नेताहरुमाथि देशद्रोहको मुद्दा समेत लगाए ।

तर, २०२५ कात्तिक १४ गते वीपी कोइराला लगायतका नेताहरु जेलमुक्त भए । त्यसपछि उनीहरु भारतमा निर्वासन जीवन बिताउन थाले । त्यसको ८ वर्षपछि अर्थात् २०३३ साल पुस १६ गते वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का लगायतका नेताहरु आफूहरुमाथि लगाइएको मृत्युदण्डको मुद्दाको बेवास्ता गर्दै राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरु मिलेर अघि बढ्नुपर्ने नीति अंगाल्दै स्वदेश फर्किए ।

मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ उनीहरु भारतको निर्वासित जीवन त्यागेर स्वदेश फर्किएका थिए । पार्टीका संस्थापक कोइराला लगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष कांग्रेसले ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ ।


प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १६:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP