prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कोहलपुरको विकासका लागि सहकार्य गरेर अघि बढ्ने मन्त्री केसीको प्रतिबद्धता
कोहलपुरको विकासका लागि सहकार्य गरेर अघि बढ्ने मन्त्री केसीको प्रतिबद्धता
banijya office
बागेश्वरी पोस्ट
सोमबार, पुस १६, २०८० बागेश्वरी पोस्ट
कोहलपुरको विकासका लागि सहकार्य गरेर अघि बढ्ने मन्त्री केसीको प्रतिबद्धता

कोहलपुर । कोहलपुर नगरपालिकाले लुम्विनी प्रदेश सरकारका शहरी विकास मन्त्री कृष्णा केसीले कोहलपुरको विकास निमित्त नगरपालिकासँग समन्वय र सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाएकी छन् । कोहलपुर नगरपालिकाले आज मन्त्रीको स्वागतमा आयोजना गरेको कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरुलाई सम्वोधन गर्दै उनले आफू कोहलपुरबासी भएकाले पनि स्वभाविकरुपमा कोहलपुरको विकास र सम्बृद्धिका लागि पालिकासँग समन्वय र सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।

nepalgunj 081-082

२४ जिल्लाको केन्द्रविन्दु रहेको कोहलपुरको दीर्घकालीनरुपमा प्रभाव पार्ने विकासको खाँचो औंल्याएकी उनले त्यसको निमित्त महत्वपूर्ण योजनामा सहकार्यको प्रतिबद्धता व्यक्त गरिन् । कोहलपुर विकसित शहरका रुपमा अगाडि बढेकाले अबका योजनाहरु पनि दीर्घकालीनरुपमा प्रभाव पार्ने खालका हुनुपर्नेमा उनको जोड थियो । ‘यो पटक प्रदेश सरकारको बजेट निर्माण भएर कार्यान्वयनको चरण सुरु भइसकेकाले धेरै ठूला योजनाहरु ल्याउन सम्भव छैन,' उनले भनिन्–‘विवादित क्षेत्रका योजनाहरुको काम रोकिएको छ । त्यसको एक डेढ अर्व मन्त्रालयसँग बाँकी छ । कोहलपुरका निमित्त गर्नैपर्ने महत्वपूर्ण दुई तीन वटा योजनाहरु ल्याउनुहोस् सहकार्य गरौं ।’

कोहलपुर र नेपालगन्जमा ढल निकासको समस्या विकराल रहेको भन्दै यसको दीर्घकालीन समाधान खोज्ने गरी आफूले काम गर्ने उनको भनाई छ । ‘कोहलपुर र नेपालगन्जको मुख्य समस्या ढल निकास हो,' उनले भनिन्–‘यी दुवै पालिकाको ढल निकास एकद्वार प्रणालीबाट राप्ती नदीमा खसाल्न सकियो भने कोहलपुर र नेपालगन्जबासीलाई ठूलो राहत मिल्ने छ ।’ ढल व्यवस्थापनका निमित्त ठूलो बजेट आवश्यक पर्ने भएकाले केन्द्रीय सरकार तथा दातृ निकायहरुसँग समन्वय र सहकार्य गरिने पनि उल्लेख गरिन् । उनले कोहलपुरको विकास र सम्बृद्धिका लागि अर्को वर्षको बजेटमा पालिकामै आएर भरपुर छलफल गर्ने पनि प्रतिबद्धता जनाइन् ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुर नगरपालिका २४ जिल्लाको केन्द्रविन्दु भए पनि राजनीतिक पहुँच अभावमा उपेक्षित हुँदै आएको भन्दै दीर्घकालीन योजना ल्याउन मन्त्री केसीसँग आग्रह गरे । उनले कोहलपुरको सम्बृद्धि प्रदेश सरकारको सफलतासँग समेत जोडिने भएकाले प्रदेशले महत्वका साथ हेर्नुपर्ने बताए । उनले दीर्घकालीन योजनामा स्थानीय सरकार सहकार्य गर्न तयार रहेको भन्दै प्रदेश कार्यालयसँगको समन्वयलाई प्रभावकारी बनाउन मन्त्री केसीको ध्यानाकर्षण गराए । ‘स्थानीय तहसँग बाँकेमा रहेका प्रदेश मातहतका कार्यालयसँग समन्वय अभाव छ,' उनले भने–‘कहाँ काम हुन्छ ? कसरी हुन्छ ? हामीलाई थाहा नै हुँदैन । तर, गुणस्तरहीन भयो भने त्यसको दोष सबै हामीले खेप्नु परेको छ । यो राम्रो भएन । मन्त्रीज्यूले प्रदेश मातहतका कार्यालय र स्थानीय सरकारबीच समन्वय गराउनुप¥यो ।’ प्रदेश मातहतका कार्यालयले आफैं योजना बनाउने, अनुगमन पनि आफैं गर्ने र बजेट भुक्तानी समेत आफैं गर्ने गरेको स्थानीय सरकारको गुनासो छ ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख संगिता सुवेदीले विकास निर्माणका योजनामा सहयोग गर्न मन्त्रीको ध्यानाकर्षण गराइन् । नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले सहजीकरण गरेको उक्त कार्यक्रममा कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो । केसी बाँके क्षेत्र नं.१      (क) बाट प्रदेश सदभा सदस्यमा निर्वाचित भएकी थिइन् ।


प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १८:५६
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP