नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, साउन ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस क्षेत्र नम्बर १ बाँकेको पूर्ण बैठक तथा सरसफाई कार्यक्रम सम्पन्न
कांग्रेस क्षेत्र नम्बर १ बाँकेको पूर्ण बैठक तथा सरसफाई कार्यक्रम सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, पुस २१, २०८० बागेश्वरी पोस्ट
कांग्रेस क्षेत्र नम्बर १ बाँकेको पूर्ण बैठक तथा सरसफाई कार्यक्रम सम्पन्न

भुवरभवानी (बाँके) । नेपाली कांग्रेस क्षेत्र नम्बर १ बाँकेको पूर्ण बैठक आज राप्तीसोनारी गाउँपालिका वडा नम्बर ३ बनघुसरीस्थित भुवरभवानी मन्दिर परिसरमा सम्पन्न भएको छ । क्षेत्रीय सभापति पोषण केसीको सभापतित्व एवम् नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको प्रमुख आतिथ्यता एवम् लुम्बिनी प्रदेश सदस्य टेकनारायण भुषालको विशिष्ट आतिथ्यतामा पूर्ण बैठक सम्पन्न भएको हो । 

बैठकले क्षेत्रभर प्रशिक्षण कार्यक्रम चलाउने, क्रियाशील सदस्यता नवीकरणको कामलाई प्रभावकारी ढंगले अगाडि बढाउने लगायतका निर्णय गरेको क्षेत्रीय सचिव खुमबहादुर बस्नेतले बताए । राप्तीसोनारी वडा नम्बर ३ र ४ कार्यसमितिले संयोजन गरेको पूर्ण बैठकलाई सम्बोधन गर्दै पार्टी सभापति गौडेलले पार्टीलाई तल्लो तहसम्म चलायमान बनाउन सम्पूर्ण पार्टी संयन्त्रलाई क्रियाशील हुन निर्देशन दिए । पार्टीको निर्णयलाई अक्षरशः पालना गर्दै संगठन निर्माण र जनविश्वास आर्जनमा गम्भीरताका साथ लाग्न पार्टी कार्यकर्तालाई आह्वान गरे । उनले पार्टी निर्णय नमान्ने नेता कार्यकर्तालाई तत्काल कारबाही गर्ने नीति बाँके कांग्रेसले लिएको भन्दै पार्टीका निर्देशन अबज्ञा गर्ने छुट नभएको स्पष्ट पारे । "पार्टी निर्णय विपरीतका क्रियाकलाप गर्नेहरुलाई हामी तत्काल कारबाही गर्छौं," पछिल्ला केही कारबाहीका घटना स्मरण गराउँदै उनले भने-"पार्टीमा अराजकता र अनुशासनहिनता स्विकार्य छैन, हामी त्यसमा प्रष्ट छौं ।"

क्षेत्रीय सभापति केसीले स्वतन्त्रताका नाममा पार्टीमा स्वच्छन्दता बढ्दै गएको भन्दै पार्टी हित विपरीत क्रियाकलाप गर्ने छुट कसैलाई नभएको बताए । केसीले पार्टीका कार्यकर्ताहरुमा उत्साह थप्न मोबाइल मिटिंग गर्ने नीति अनुरुप ठाउँ ठाउँमा सामाजिक सेवाका कार्यक्रमहरुसहितको बैठक आयोजना गरिरहेको बताए । बैठकमा पार्टीका जिल्ला उपसभापति कृष्णबहादुर कार्की, प्रदेशसभा क्षेत्र नम्बर १ (ख) का सभापति बलराम शर्मा, निवर्तमान क्षेत्रीय सभापति माधवराम खत्री, क्षेत्र नम्बर १ बाट निर्वाचित महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि लगायत उपस्थित थिए । 

यसैबीच बैठक पश्चात मन्दिर परिसरमा सरसफाई समेत गरिएको छ । उपस्थित नेता कार्यकर्ताले माघी मेलाको पूर्व सन्ध्यामा मन्दिर क्षेत्रको सरसफाई गरेका थिए । नेपाली कांग्रेस क्षेत्र नम्बर १ बाँकेले मन्दिर व्यवस्थापन समितिलाई ८ वटा डस्टबिन समेत उपलब्ध गराएको क्षेत्रीय सचिव बस्नेतले जानकारी दिए । 


प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १८:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP