नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, वैशाख २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • पत्रकार दाहालको सक्रियतामा विद्यार्थीले पाए खेलकुद सामग्री
पत्रकार दाहालको सक्रियतामा विद्यार्थीले पाए खेलकुद सामग्री
बागेश्वरी पोस्ट
शनिबार, पुस २१, २०८० बागेश्वरी पोस्ट
पत्रकार दाहालको सक्रियतामा विद्यार्थीले पाए खेलकुद सामग्री

नेपालगन्ज । नेपालगन्जका सक्रिय पत्रकार खगेन्द्र दाहालको सक्रियतामा खजुराका विद्यार्थीले खेलकुदका सामग्री पाएका छन् । खजुराको आदर्श माविका विपन्न परिवारका विद्यार्थीहरुलाई सहयोग गर्न खबरगन्जका पत्रकार दाहालले  सामाजिक सञ्जालमा सहयोगका लागि आग्रह सहितको पोष्ट गरेका थिए ।

खेलकुदमा भाग लिन आवश्यक जुत्ता नहुँदा खाली खुट्टा प्रतियोगिताहरुमा भाग लिनुपर्ने बाध्यता भएको खबर पाएपछि विद्यार्थीहरुका लागि सहयोग गर्नुपर्छ भन्ने लागेर अभियान सन्चालन गरी सहयोग गरिएको पत्रकार दाहालले बताए । फेसबुक ग्रुप नेपालगन्ज ग्यालेरीमा पोष्ट गरेपछि धेरै सहयोगी मनहरु जोडिएको पत्रकार दाहालले बताए । उनका अनुसार विद्यार्थीको फोटो सार्वजनिक नगर्ने गरी सहयोग अभियान सन्चालन गरिएको हो ।

आर्थिक अवस्था कमजोर भएका ती विद्यार्थीहरुको जुत्ता खरिदका लागि सहयोगी दाताबाट सहयोग प्राप्त भएको हो । अमित शर्मा खजुरा मनकामनाबाट १० हजार, विकासहरि कोइराला खजुराबाट ५ हजार, मुकेश अग्रवाल नेपालगन्जबाट ३ हजार, मनिष शाक्य गुभाजु १ हजार, कृष्णराज अधिकारी नेपालगन्जबाट ५००, रिजु अन्सारी ५००, दिपक कँडेल ३००, रोहित खड्का २०५, यान्जु फेसबुक प्रयोगकर्ता (विजिता बम) २००, अमर रस्तोगी २००, स्मार्ट शर्मा १३५, राजेश बहादुर ५ रुपैयाँ, अरु थप १ हजार कसले पठाएको हो भन्ने जानकारी नपाएको दाहालले बताए  । यसै अभियानमा आदर्श पूर्व विद्यार्थी समाज खजुराले पनि छुट्टै आफ्नो फेसबुक ग्रुपमार्फत आन्तरिक सहयोग संकलन गरेको थियो । पूर्व विद्यार्थीहरु सुशिल दाहाल ९ हजार, लिला प्याकुरेल ५ हजार, महेश केसी ५ हजार, पवित्रा शर्मा ३ हजार, राजन गिरी २ हजार, धनसिंह भण्डारी १ हजार, टेक कार्की १ हजार, शंकर रावत १ हजार, तेज खड्का ५ सय र गोविन्द खत्रीबाट ५ सय प्राप्त भएको आदर्श पूर्व विद्यार्थी समाज खजुराका महासचिव सुवास निरौलाले जानकारी दिए ।

पत्रकार दाहाल सामाजिक सन्जालमा लेख्छन्, ‘विश्वास नै ठूलो कुरा रहेछ, हजुरहरुले गरेको विश्वासलाई पूर्ण कदर गर्दै संकलित रकमको सही सदुपयोग हुनेमा विश्वस्त रहन आग्रह गर्दछु ।’  संकलित रकमबाट १८ जोर जुत्ता, मोजा, नी-प्याड,  बुम स्प्रे र भलिबल खरिद गरी विद्यालयका प्रधानाध्यापक राजेन्द्र सापकोटालाई हस्तान्तरण गरिएको छ । थप ६ विद्यार्थीका लागि जुत्ता, मोजा र आवश्यक पर्ने खेलकुदका सामग्रीहरु आइतबार प्रदान गरिने पत्रकार दाहालले बताए । खजुराका अधिकांश सामुदायिक विद्यालयमा यस किसिमको अवस्था रहेको उनको भनाई छ ।


प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  २१:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP