नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, पुस १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • महिला उद्यमीलाई प्रोत्साहन गर्न लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी सुरु
महिला उद्यमीलाई प्रोत्साहन गर्न लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी सुरु
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, पुस २४, २०८० बागेश्वरी पोस्ट
महिला उद्यमीलाई प्रोत्साहन गर्न लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी सुरु

नेपालगञ्ज । पश्चिम नेपालका महिला उद्यमीहरुले प्रतिक्षा गरिरहेको लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको आठौं संस्करण आजदेखि नेपालगञ्जमा सुरु भएको छ ।

नेपालगञ्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले प्रदर्शनीको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा महिला उद्यमी महासंघ नेपाल अध्यक्ष शोभा ज्ञवाली, तृतीय उपाध्यक्ष बासन्ती प्रधान लगायतको उपस्थिति थियो । महिला उद्यमी संघ नेपाल बाँकेले महिला उद्यमीको क्षेत्रमा महत्वपूर्ण योगदान गरेकोमा अध्यक्ष ज्ञवाली, तृतीय उपाध्यक्ष बासन्ती प्रधान, केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्मा, कर्णाली प्रदेश संयोजक शिला नेपाली, महिला उद्यमी संघका विभिन्न जिल्ला अध्यक्षलाई सम्मान समेत गरेको छ ।

महिला उद्यमी संघ नेपाल बाँकेले हरेक वर्ष आयोजना गर्दै आएको यस प्रदर्शनीले हरेक वर्ष नयाँ उचाई हासिल गर्दै गएको छ । यस वर्ष पनि महिला उद्यमीहरुको उत्पादनलाई बजारीकरण गर्दै महिलाहरुमा रहेको सीप, क्षमता र शक्तिलाई देशको आर्थिक विकासमा रुपान्तरण गर्ने उद्देश्य लिएर प्रदर्शनी आयोजना गरेको आयोजक महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष साबित्रा पोखरेल बस्नेतले बताइन् ।

स्थानीय उत्पादन र महिला उद्यमीहरुको उत्पादनलाई बजारीकरणमा प्रदर्शनीले सहयोग गर्ने अध्यक्ष बस्नेतले बताइन् । पुस २४ देखि २८ गतेसम्म नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित बागेश्वारी मन्दिर परिसरमा प्रदर्शनी आयोजना हुनेछ । यस पटक प्रदर्शनीमा लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका जिल्लाबाट महिला उद्यमीहरुको उत्पादनहरु प्रदर्शनमा आएका छन् । प्रदर्शनमा विशेष गरी स्थानीय स्तरमा महिला उद्यमीले सञ्चालन गरेको उद्योगबाट उत्पादिन कृषि उत्पादन, कपडाहरु, खाद्यान्न तथा परिकार, हस्तकलाका सामग्री, काठबाट बनेका वस्तुहरु, पत्थरबाट बनेका गर–गहना, लत्ताकपडा, कमपोष्ट मल, होमस्टे प्रवद्र्धन स्टल लगायतका सामग्रीहरुका स्टल प्रदर्शनीमा छन् ।

नेपालगञ्ज उप–महानगरपालिकाको आर्थिक सहयोग, केएल दुगडको मुख्य प्रायोजन र महिला उद्यमी महासंघ नेपालसँगको सहकार्यमा सुरु भएको आठौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीमा यस पटक ६५ वटा भन्दा बढी स्टल प्रदर्शनी स्थलमा छन् । प्रदर्शनी कार्यक्रमका दौरान महिला उद्यमीहरुको समस्या र नयाँ सम्भावनाको खोजी गर्ने पनि प्रयास गर्ने आयोजकले बताएको छ ।

प्रदर्शनीका दौरान सफल महिला उद्यमीहरुको सफलताको कथा सुनाउने कार्यक्रम रहेको छ । पुस २६ गते महिला उद्यमीहरुको समस्या र चुनौती विषयमा सरोकारवाला निकायहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम रहनेछ । प्रदर्शनमा आएका स्टलहरु मध्ये बाँके जिल्लाबाट १ र बाँके जिल्ला बाहिरबाट आएका मध्येबाट १ जना स्टललाई पुरस्कृत गर्ने आयोजकले तयारी गरेको छ । प्रदर्शनीले महिला उद्यमीहरुको आत्मविश्वास, सीप, क्षमता र बजारीकरणमा महत्वपूर्ण सहयोग गर्दै आएको महिला उद्यमी संघ नेपालका केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्माले बताइन् । प्रदर्शनी आर्थिकरुपमा प्रभावकारी बन्दै गएको प्रदर्शनीको आर्थिक संयोजक शशी स्वाँरले बताइन् ।  


प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १४:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ५४५ जनाको उद्दार
नेपालगन्ज नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका ५४५ जनाको उद्दार
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेको अध्यक्षमा बस्नेत निर्वाचित
पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँकेको अध्यक्षमा बस्नेत निर्वाचित
आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा
आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा सेवाश्रममा न्यानो कपडा सहयोग 
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा सेवाश्रममा न्यानो कपडा सहयोग 
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP