नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, साउन ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • रोजगारी सिर्जना गरेर योगदान पुर्‍याउने उद्योगी व्यवसायीलाई सहयोग गर्छौं:मन्त्री राणा
रोजगारी सिर्जना गरेर योगदान पुर्‍याउने उद्योगी व्यवसायीलाई सहयोग गर्छौं:मन्त्री राणा
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, पुस २६, २०८० बागेश्वरी पोस्ट
रोजगारी सिर्जना गरेर योगदान पुर्‍याउने उद्योगी व्यवसायीलाई सहयोग गर्छौं:मन्त्री राणा

दाङ । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री रोज राणाले उद्योगहरूले रोजगारी सिर्जना गरी जनतालाई योगदान पुर्‍याएको आधारमा सहयोग गर्ने बताएका छन् ।

बिहीबार देउखुरीको लालमटियामा राप्ती उद्योग वाणिज्य संघले आयोजना गरेको ‘छैठौँ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक पर्यटन तथा कृषि महोत्सव २०८०’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री राणाले योगदानका आधारमा उद्योगहरूलाई सहयोग गर्न आफू तयार रहेको बताए । उनले भने, ‘लुम्बिनीका १२ वटा जिल्लालाई सफल बनाउन मन्त्री बनेर आएको छु । सहजीकरण गरेर सहयोग गर्छु ।’

‘तपाईंहरूले कति मान्छेलाई रोजगार दिनुहुन्छ ? त्यसको आधारमा तपाईंहरूलाई सहयोग हुन्छ । मैले अनुगमन समिति पनि गठन गर्न लागेको छु’, मन्त्री राणाले भने, ‘हाम्रा गुणस्तरहीन सामानहरू उत्पादन भएका छन् भन्ने मलाई सुन्नमा आएको छ । त्यसको अनुगमन पनि गर्नुपर्छ ।’ उनले भने, ‘तपाईंहरू साना ठूलो जे उद्योग गर्न चाहनुहुन्छ । म, मेरो मन्त्रालय, लुम्बिनी प्रदेश सरकार तपाईंहरूको साथमा छ । यताबाट यसो गरेपछि मलाई फाइदा हुन्थ्यो हजुर भनेर मलाई भन्न नआउनुस् ।’

मन्त्री राणाले आफ्ना सन्तानलाई स्वदेशमा लगानी गरेर उद्योग व्यवसायमा लाग्न अभिभावकहरूले सिकाउनुपर्ने बताएका छन् । एक करोडसम्म खर्च गरेर अध्ययनको बहानामा सन्तानलाई विदेश पठाउने गरेको तितो सत्य बताएका राणाले विदेश पठाउन लाग्ने रकम खर्च गरेर स्वदेशमा लगानी गरि उद्योग, व्यवसाय चलाउनुपर्ने बताए । उनले भने, ‘युवाहरू विदेशी रहेका छन् । यो पक्कै पनि दुःख हो । युवाहरूले देश चलाइरहेका छन् । यो सुखद् हो ।’ ‘युवाहरू खाडीमा जाने, त्यहाँबाट आएको रेमिटेन्सले नेपाललाई धेरै टेवा पुग्ने र हामीले यहाँ नै केही गर्न सकेको भए ती युवाहरू आफ्नो घरमा बस्न पाउँथे’, राणाले भने, ‘घरमा बस्न पाउनुपर्छ भन्ने लागेको छ ।’

मन्त्री राणाले भने, ‘कतिपय चिजहरू त्यो भन्दा पनि अचम्मको चिज के छ भन्नु हुन्छ भने अहिले हाम्रो संस्कार एउटा पढ्नको लागि भनेर विदेश जाने पचास लाखदेखि १ करोडसम्म खर्च गर्न हामी तयार छौँ । सन्तानलाई अमेरिका, यूरोप, जापन लगायतमा पठाउन ।’ ‘२० लाख दिएर स्वदेशमा उद्योग सञ्चालन गर्न र गरेर खानलाई तयार छैनौँ । त्यो वातावरण बन्नुपर्छ । त्यसमा हामी पनि सच्चिन जरुरी छ’, उनले भने, ‘हामीले पनि हाम्रा बच्चाहरूलाई तिमीहरूले पनि गर्न सक्नुपर्छ । स्वदेशमा अड्नुपर्छ भन्ने कुरा हामीले सिकाउनुपर्छ ।’ राणाले यातायात कार्यालयहरूमा देखिएको बेथितिलाई सुधार गर्न आफूले सुरुवा गरेको मन्त्री राणाले बताएका छन् ।

मन्त्री राणाले भने, ‘९ वटा कार्यालयका प्रमुखहरूलाई बोलाएर केही निर्देशन दिएको छु । यातायातमा धेरै बेथिति छ । एक/दुई ठाउँमा मैले के देखे भने लाइसेन्स लिन गएको छ तर, उसैको मोटरसाइकल चाहिन्छ, उसकैको गाडी चाहिन्छ भन्नेछ ।’

‘लाइसेन्स नभएको मान्छेको कसरी गाडी र मोटरसाइकल हुन्छ ? यो कुरा मैले सोधे उहाँहरू अक्कन बक्क भएपछि नियम खारेज गर्नुस् र जसलाई जो साधन उपलब्ध हुन्छ त्यही साधनले नै ट्रायल दिन पाउनुपर्छ’, उनले भने ।

‘तपाईंहरूको सिण्डिकेट हटाउन भनेको छु । त्यहाँबाट मैले काम गर्न सुरुवात गरेको छु’, मन्त्री राणाले भनेका छन् ।

राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्काले महोत्सवमा सहभागी अथितिहरूप्रति आभार प्रकट गरेका छन् । उनले सबैलाई महोत्सव सफल बनाउन अपील गर्न आग्रह गरेका छन् ।

कार्यक्रममा प्रदेश सभा सदस्य इन्द्रजीत चौधरी, कांग्रेस नेता नुमानन्द सुवेदी, दोर्ण भुसाल, राप्ती गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष उमेश अधिकारी, नेपाल तरुण दलका केन्द्रीय सदस्य सुनिल बस्नेत, कांग्रेस नेता हस्त गुरुङ लगायतको उपस्थिति रहेको थियो । महोत्सव दुई हप्ता चल्नेछ ।

महोत्सवमा स्थानीय समुदायले आफ्नो पराम्परागत संस्कृति झल्किने प्रस्तुतिहरू देखाएका थिए । थारु समुदायको लोप हुन लागेको डोली, झुम्रा नाच र बड्का नाचहरू पनि प्रस्तुत गरिएको थियो ।


प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १६:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
पुष्पलाल स्मृति दिवसः नेपालगञ्जमा एकै मञ्चमा वाम नेताहरू !
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
बाँकेमा पनि कांग्रेसको 'जरा अभियान' समापन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
सरकारको प्रारम्भिक कार्यशैली आशाजनक छैन : लिङ्देन
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ र दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP