नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, फागुन ६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • भूकम्प प्रभावित महिलालाई एक हजार थान राहत सामग्री
भूकम्प प्रभावित महिलालाई एक हजार थान राहत सामग्री
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, पुस २७, २०८० बागेश्वरी पोस्ट
भूकम्प प्रभावित महिलालाई एक हजार थान राहत सामग्री

नेपालगञ्ज । जाजरकोटका भूकम्प प्रभावित गर्भवती, सुत्केरी तथा सीमान्तकृत महिलालाई एक हजार थान राहत सामग्री पठाइएको छ । सांसद डा. आरजु राणा देउबाले आज नेपालगञ्जमा आयोजित एक कार्यक्रममा नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङलाई जाजरकोटमा पुगेर तत्काल ती सामग्री भूकम्प प्रभावित गर्भवती, सुत्केरी तथा सीमान्तकृत महिलालाई वितरण गर्ने गरी हस्तान्तरण गरेकी हुन् । 

डिग्निटी किट एवम् पौष्टिक तथा पोषिलो आहारसहितको एक हजार थान झोला भूकम्प प्रभावित गर्भवती, सुत्केरी तथा सीमान्तकृत महिलालाई वितरण गरिनेछ । १८ प्रकारको सामग्री भएको किटको संख्या ५ सय थान र १५ प्रकारको सामग्री भएको किटको संख्या ५ सय थान छ । वितरण गरिने सामग्रीहरुमा ज्याकेट तथा टाउजर, उलनको मोजा, स्यानेटरी प्याड, बच्चाको ब्ल्यांकेट, बच्चाको कपडा, म्याक्सी, कटनको तौलिया, भित्री बस्त्र, टुथ ब्रस, टुथ पेष्ट, नेल कटर, काइँयो, सरफ, सेम्फु, नुहाउने साबुन, लुगा धुने साबुन र पोषणयुक्त खानेकुरा छन् । 

सांसद डा. देउबाको सचिवालय, ग्रामीण महिला विकास तथा एकता केन्द्र ९रुडुक० काठमाडौं, सुरक्षित मातृत्व सञ्जाल महासंघ काठमाण्डौ, पपुलेसन कनेक्सन अमेरिका, नेपाल स्वास्थ्य फुड इण्डष्ट्रीज मोरङ र हिमालयन रि इन्स्योरेन्स प्रालि काठमाण्डौले राहत सामग्री जुटाएका हुन् । 

राहत सामग्री हस्तान्तरण कार्यक्रममा डा. देउबाले विपदका बेला सक्दो सहयोग गर्नुपर्दछ भन्ने मनसायका साथ राहत सामग्री सहयोग गरेको बताइन् । गर्भवती, सुत्केरी र सीमान्तकृत महिलाहरुलाई चिसोमा झनै समस्या भइरहेको भन्ने सुनेर उनीहरुको सहजताका लागि राहत पठाउन लागेको बताइन् । 

तरुण दलका अध्यक्ष गुरुङले यी राहत सामग्री यथाशक्य चाँडो लक्षित बर्गसम्म पुर्याउने बताए । उनले तरुण दलले जाजरकोटमा भूकम्प प्रभावितका लागि ७२ वटा टहरा बनाएको जानकारी दिए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य योगेन्द्र चौधरी, लुम्बिनी प्रदेशका उद्योग मन्त्री रोज राणा, लुम्बिनी प्रदेशका सांसदहरु बादशाह कुर्मी, माया पुन, मिना सिद्दिकी लगायत उपस्थित थिए । 


प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १७:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'निर्वाचन आचारसंहिता पालनामा सञ्चारमाध्यम संवेदनशील हुनुपर्दछ'
'निर्वाचन आचारसंहिता पालनामा सञ्चारमाध्यम संवेदनशील हुनुपर्दछ'
नेपालगन्जमा निर्वाचन आचारसंहिताबारे अन्तरक्रिया
नेपालगन्जमा निर्वाचन आचारसंहिताबारे अन्तरक्रिया
नेपालगन्जमा पाँच दिने बाणिज्य कानुन विशिष्टिकृत तालिम सुरु
नेपालगन्जमा पाँच दिने बाणिज्य कानुन विशिष्टिकृत तालिम सुरु
‘डुवान र कटानको सवाल हाम्रो प्राथमिकतामा छ’- शुधान्सु कोइराला
‘डुवान र कटानको सवाल हाम्रो प्राथमिकतामा छ’- शुधान्सु कोइराला
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP