Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ३१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • जनताले अब यो सरकारलाई असक्षम घोषणा गर्ने बेला आयो: महासचिव पोखरेल
जनताले अब यो सरकारलाई असक्षम घोषणा गर्ने बेला आयो: महासचिव पोखरेल
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, माघ १, २०८० बागेश्वरी पोस्ट
जनताले अब यो सरकारलाई असक्षम घोषणा गर्ने बेला आयो: महासचिव पोखरेल

नेपालगन्ज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार राष्ट्रिय हितका प्रश्नमा विदेशी स्वार्थका सामु लम्पसारबादी भएको टिप्पणी गरेका छन् ।  प्रेस चौतारी नेपाल बाँकेले आज नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सरकारको लम्पसारबादी प्रवृत्ति विरुद्ध एमाले जनतामाझ गइरहेको बताए ।

आफ्नो पार्टी कुनै समीकरणको जोडघटाउमा नलागी मुलुकको सुरक्षित भविष्यका लागि बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने अभियानमा लागेको बताउँदै उनले जनसरोकारका प्रश्न अगाडि सारेर सरकारमाथि दबाब बढाउन एमाले जनतामाझ गइरहेको उल्लेख   गरे । उनले नेपाली जनताले अब यो सरकारलाई असक्षम घोषणा गर्ने बेला आएको जिकिर गरे । सरकार हरेक हिसाबले असक्षम सावित भएको जिकिर गर्दै उनले जातीय तथा धार्मिक अतिवाद प्रवर्द्धन गर्ने काम सरकारले गरिरहेको दाबी गरे ।

पोखरेलले मंसिरमा सम्पन्न पार्टीको 'समृद्धिका लागि संकल्पयात्रा' बारे प्रष्ट्याउँदै उहाँले मध्य पहाडलाई नेपालको विकास र समृद्धिको आधारशिलाको रुपमा विकास गर्ने अवधारणा तयार गर्ने योजनामा रहेको बताए । विकास मध्य पहाडतर्फ जाने तर बसाइँ तराईतिर सर्ने समस्याको समाधान खोज्ने प्रयास स्वरुप नेकपा एमालेलेले मध्यपहाडी लोकमार्गलाई केन्द्रविन्दु बनाएर समृद्धिका लागि संकल्प यात्रा सम्पन्न गरेको उनको भनाई छ । उहाँले नेकपा एमालेले भविष्यमा नेपालको सीमावर्ती क्षेत्र हुलाकी सडकलाई पनि केन्द्रविन्दु बनाएर यस्तै खाले संकल्प यात्रा गर्ने तयारी गरेको बताउनुभयो ।

"नेपालको सन्दर्भमा भन्ने हो भने हुलाकी सडकसंग जोडिएको क्षेत्र जो पछाडि परेको छ र मध्यपहाडको क्षेत्र जो आर्थिक क्रियाकलाप र रोजगारीको अभावमा बसाइँ सरिरहेको छ, यी दुई वटा क्षेत्रलाई केन्द्रविन्दु बनाएर मुलुकको विकास र समृद्धिको योजना अगाडि सार्ने हो भने जनतामा बढ्दै गइरहेको निराशालाई फेरि आशामा बदल्न सकिन्छ भन्ने हाम्रो विश्वास हो," महासचिव पोखरेलले भन्नुभयो ।

प्रेस चौतारी नेपाल बाँके शाखाका अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्यहरु सूर्य ढकाल, पशुपतिदयाल मिश्र, मोहम्मद हारुन, बाँके जिल्ला अध्यक्ष किष्मतकुमार कक्षपति लगायत नेता कार्यकर्ता उपस्थित थिए ।


प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १७:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP