नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, वैशाख २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • भोकै बस्न बाध्य आमाछोरीलाई वर्ष दिन पुग्ने खाद्यान्न
भोकै बस्न बाध्य आमाछोरीलाई वर्ष दिन पुग्ने खाद्यान्न
बागेश्वरी पोस्ट
शनिबार, माघ ६, २०८० बागेश्वरी पोस्ट
भोकै बस्न बाध्य आमाछोरीलाई वर्ष दिन पुग्ने खाद्यान्न

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ एल गाउँ बस्ने दृष्टिविहिन देवीमाया मगर परियार र उनको छोरी केही दिनदेखि भोकै बस्न बाध्य थिए । चियाको भरमा दिन कटाउन बाध्य देवीमायाले घरमा खान केही अन्न छैन भनेर धेरैलाई हारगुहार गरिन् तर सहयोग गर्ने कोही  नभेट्दा निराश बनेकी उनी खबरगञ्ज मिडियाको सम्पर्कमा आएकी थिइन् ।

नागरिकले खान नपाएर छट्पटिएको स्थानीय सरकार वडा कार्यालयले थाहा पाएर पनि नपाएको जस्तो गरेपछि देवीमायाले मिडिया गुहारेकी हुन् । खबरगञ्जले तत्कालै देवीमायाको घरमा पुगेर रिपोर्टिङ्ग गरी उनको घरमा खान केही नभएको र साहरा दिने पनि कोही नहुँदा परेको समस्याका बारेमा शुक्रबार साँझ भिडियो प्रशारण गरेको थियो ।

भिडियो प्रशारण भएको भोलिपल्ट नै देवीमायाको घरमा वर्षभरी पुग्ने खाद्यान्न पुगेको छ । हाल अमेरिका बस्ने खजुरा गाउँपालिका वडा नम्बर ४ डि गाउँ निवासी समाजसेवी लिलबहादुर थापाले खान समेत नपाएर छट्पटाएको पीडा देखेर तत्कालै एक वर्षसम्म पुग्ने खाद्यान्न सामग्री प्रदान गरेका हुन् । देशका विभिन्न स्थानहरुमा दिनदुःखीहरुको घरमा चुलो बाल्न सहयोग गरिरहने थापाले खबरगञ्जका प्रवन्ध निर्देशक तथा सञ्चालक खगेन्द्र दाहालमार्फत देवीमायाको भान्सामा वर्षभरी चुल्लो बल्ने गरी सहयोग प्रदान गरेका हुन् ।

दुई वर्ष अघि जनता आवास कार्यक्रममार्फत झुप्रो घरबाट बस्न लायक घर पाएकी दृष्टिविहिन देवीमायालाई समस्या थियो त खान, लाउन र छोरी पढाउन । अहिले उनको लागि पहिलो प्राथमिकताको रुपमा खानु नै थियो । खान नपाएकी उनको घरमा अघिल्लो दिन रिपोटिङ्गमा आएका सञ्चारकर्मीले भोलिपल्टै यति धेरै सामग्री घरमै ल्याउँदा देवीमायालाई सुरुमा विश्वास लागेको थिएन । पछि आफैं सबै सामानहरु छाम्दै चिन्न थालिन् । उनको आँखाबाट आँशु रोकिएनन् ।

दृष्टिविहिन देवीमायाका श्रीमान ८ वर्ष अघि भारत कमाउन जान्छु भनेर गएपछि फर्केर आएका छैनन् । श्रीमान ज्युउँदा छन् या छैनन्, उनले थाहा पाउन पनि सकेकी छैनन् । देवीमायाले सञ्चारकर्मी दाहाल र सहयोगी लिलबहादुरलाई कहिले नविर्सने बताइन् । घरमा वर्षभरी पुग्ने खाद्यान्न र छोरीलाई कापी कलम समेत आउँदा देवीमायाले धन्यबाद दिइन् ।


प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  २०:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP