prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • प्रेस युनियन बैठकः सल्लाहकार चयनदेखि प्रशिक्षण सञ्चालन गर्नेसम्मका निर्णय
प्रेस युनियन बैठकः सल्लाहकार चयनदेखि प्रशिक्षण सञ्चालन गर्नेसम्मका निर्णय
banijya office
बागेश्वरी पोस्ट
आइतबार, माघ २१, २०८० बागेश्वरी पोस्ट
प्रेस युनियन बैठकः सल्लाहकार चयनदेखि प्रशिक्षण सञ्चालन गर्नेसम्मका निर्णय

नेपालगञ्ज । नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश कार्यसमितिको चौथो बैठक शनिबार अर्घाखाँचीको सन्धिखर्कस्थित ऐतिहासिक एवम् धार्मिक पर्यटकीय स्थल अर्घा दरबार (अर्घा भगवती मन्दिर) परिसरमा सम्पन्न भएको छ । नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश अध्यक्ष सुदीप गौतमको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

nepalgunj 081-082

बैठकपछि महासचिव नवीन गिरीद्वारा जारी प्रेस विज्ञप्तीमा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश कार्यसमितिको सल्लाहकारमा अर्घाखाँचीका विष्णु भुसाल र बर्दियाका राजेन्द्र धिताललाई मनोनित गर्ने निर्णय गरेको जनाइएको छ ।  

बैठकले नेपाल पत्रकार महासंघको शुद्धिकरण अभियानलाई चाँडै तार्किक निष्कर्षमा पुर्याउन महासंघको ध्यानाकर्षण गराउँदै केन्द्रमा व्यक्तिगत उजुरी हालेका नवीकरण र नयाँ सदस्यता पाउनबाट बन्चित वास्तविक क्रियाशील पत्रकारलाई समावेश गरी पत्रकार महासंघ लुम्बिनीको सिफारिस हुबहु कार्यान्वयनका लागि पहल र पैरवी गर्ने निर्णय गरेको महासचिव गिरीले जानकारी दिए ।  

May be an image of 5 people and text

यसैगरी नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशको यस अघि गठित ८ वटा विभागहरुमा सहसंयोजक तोक्ने र विभागलाई पूर्णता दिने निर्णय पनि चौथो बैठकले गरेको छ । प्रेस युनियन लुम्बिनीले आगामी बैशाख र जेठ महिनालाई 'सांगठनिक प्रशिक्षण' महिनाका रुपमा मनाउने निर्णय समेत गरेको छ । यसै अनुसार लुम्बिनीका १२ वटै जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने महासचिव गिरीले बताए । 

लुम्बिनी प्रदेश सरकारले क्रियाशील १३ जना पत्रकारलाई पुरस्कृत गरेकोमा हार्दिक धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा पुरस्कारलाई थप सामुदायिक, भौगोलिक र लैंगिक समावेशीकरण सुनिश्चितता हुने गरी मापदण्ड तयार गर्न अनुरोध गर्ने निर्णय गरिएको छ । लुम्बिनी संचार समन्वय परिषद कानुन बमोजिम व्यवस्थित र समावेशी ढंगले गठन गर्न युनियनले गरेको अनुरोध हालसम्म पनि कार्यान्वयन नभएको, संचार नियमावली निर्माण नभएको र संचार रजिस्ट्रार नियुक्त गर्न नेपाल प्रेस युनियनले बारम्बार अनुरोध गर्दै आइरहे पनि ती कार्यहरु हुन नसकेकोले अबिलम्ब यी निर्णयहरु गर्न लुम्बिनी प्रदेश गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरिएको छ । साथै प्रदेश सरकारले विगतमा गर्दै आइरहेको अनलाइन मिडिया सूचीकरण कार्य यसपटक स्थगित गरेकोले पत्रिका, रेडियो  र टेलिभिजन जस्तै अनलाइन मिडियालाई पनि अबिलम्ब प्रदेशमा सूचीकरण गर्न माग गर्ने निर्णय गरिएको छ । 

महासचिव गिरीद्वारा जारी प्रेस विज्ञप्तीमा आगामी वर्ष २०८१ को क्यालेन्डर (भित्तेपात्रो) प्रकाशन गर्ने र प्रकाशनको जिम्मेवारी प्रकाशन विभागलाई दिने निर्णय गरिएको उल्लेख छ । बैठकले विभिन्न मितिमा देहावसान भएका प्रेस युनियनमा आवद्ध सदस्यहरुका परिवारजनको सदस्यहरुको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्ने निर्णय गरेको छ । यस्तै चौथो बैठकको आतिथ्यता र व्यवस्थापनका लागि अर्घाखाँची शाखाप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै कार्यसमितिको पाँचौं वैठक गुल्मीमा गर्ने निर्णय गरिएको छ । बैठकमा जिल्ला अध्यक्षहरुले जिल्लाको सांगठनिक अवस्था, क्रियाशिलता, जिल्ला कार्यसमितिले गरेका गतिविधि र अन्य समसामयिक विषयमा आ-आफ्नो धारणा राखेका थिए । 

No description available.

बैठकमा केन्द्रिय सदस्य प्रेमनारायण आचार्य, प्रेस युनियनका अग्रज नेता विष्णु भुषाल, कार्यसमिति सदस्य सुदिप भण्डारी, रविन शर्मा चापागाईं, जिल्ला अध्यक्षहरु बर्दियाका दीपकलाल श्रेष्ठ, बाँकेका प्रियास्मृति ढकाल, कपिलबस्तुका खगप्रसाद चापागाईं, प्यूठानका मधुसुदन भण्डारी, अर्घाखाँचीका लक्ष्मण घिमिरे, रुपन्देहीका कविन्द्र नेपाल, गुल्मीका रेशम कुँवर लगायतले बोलेका थिए । उपाध्यक्ष जयसिंह केसीले स्वागत गरेको बैठकमा अर्का उपाध्यक्ष पहलमान घर्तीले धन्यवाद ज्ञापन गरेका थिए । बैठकमा केन्द्रिय लेखा समिति सदस्य घनश्याम पौडेल, अर्घाखाँचीका निवर्तमान अध्यक्ष विरेन्द्र केसी लगायत उपस्थित थिए । बैठकको संयोजन प्रदेश सचिव सूर्य भुषालले गरेका थिए ।

May be an image of textMay be an image of text

No description available.No description available.


प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १५:२७
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP