prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, भदौ २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सुशील कोइराला स्मृति दिवस:कांग्रेसलाई बलियो बनाउन वडा तहबाट अभियान सञ्चालन गर्नुपर्नेमा जोड
सुशील कोइराला स्मृति दिवस:कांग्रेसलाई बलियो बनाउन वडा तहबाट अभियान सञ्चालन गर्नुपर्नेमा जोड
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, माघ २६, २०८० बागेश्वरी पोस्ट
सुशील कोइराला स्मृति दिवस:कांग्रेसलाई बलियो बनाउन वडा तहबाट अभियान सञ्चालन गर्नुपर्नेमा जोड

नेपालगन्ज । नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री एवम् संविधान पिता स्व. सुशील कोइरालाको आदर्श काँग्रेसीहरुका लागि प्रेरणादायी भएको नेताहरुले बताएका छन् । नेपाली कांग्रेस बाँकेद्वारा स्व. सुशील कोइरालाको ८औं स्मृति दिवसको अवसरमा नेपालगन्जमा आज आयोजित विचार गोष्ठीमा बोल्ने सहभागी नेताहरुले सुशील कोइरालाको सादगी जीवनबाट काँग्रेसीहरुले प्रेरणा लिनुपर्ने बताए ।

नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा भएको कार्यक्रममा बोल्ने सहभागी नेताहरुले कोइरालाको नेतृत्वमा संबिधान जारी भएको भन्दै त्यसको कार्यान्वयनमा पार्टी प्रतिबद्ध रहेको औंल्याए । कार्यकर्ताहरुलाई समेत बोल्न दिइएको उक्त विचार गोष्ठीमा सहभागीहरुले संविधानमा केही बुँदा सच्याउनुपर्ने सुझाव समेत व्यक्त गरेका छन् । संविधानले जातजातिको क्षेत्रमा बनाइएका केही बुँदालाई सच्याउन सुझाब दिएका हुन् । त्यस्तै नेपाली कांग्रेसमा अवसरवादी हावी भएको र टिकट नपाए आफ्नै उम्मेदवारलाई हराउन लाग्ने प्रवृत्ति देखिएको भन्दै सहभागी काँग्रेस कार्यकर्ताहरुले आक्रोश समेत व्यक्त गरेका थिए । उनीहरूले कांग्रेसलाई बलियो बनाउन वडा–वडा तहबाट अभियान सञ्चालन गर्नुपर्ने बताए । साथै कार्यक्रममा नेता भन्दा हरेक कुरामा कार्यकर्तालाई दोष दिने प्रवृत्ति देखिएको भन्दै नेतृत्वलाई सुध्रिन उनीहरुले चेतावनी पनि दिए । उनीहरूले नेपाली कांग्रेसका जनप्रतिनिधि र कांग्रेसका कार्यकर्ताबीच खाडलको अवस्था देखिएको बताउँदै उक्त खाडललाई कसरी कम गर्न सकिन्छ भन्ने तर्फ नेताहरुले सोच्नुपर्ने धारणा समेत व्यक्त गरे ।

कार्यक्रमका नेपाली कांग्रेसका केन्द्रीय सदस्य सदस्य मैकुलाल बाल्मिकी, नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, लुम्बिनी प्रदेश सदस्य  टेकनारायण भुषाल, काँग्रेस बाँकेका पूर्व पार्टी सभापति कृष्णमान श्रेष्ठ, नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ता, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का सभापति सीता काफ्ले लगायतले बोलेका थिए ।

कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश सदस्यहरु कृष्णा सापकोटा, दिक्षा कोइराला र रामबहादुर मल्ल, लुम्बिनी प्रदेशसभा सदस्य बादशाह कुर्मी, माया पुन र शुशिला नेपाली लगायतको उपस्थिति रहेको थियो । पार्टीका उपसभापति गोपाल अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रमको संचालन सचिब सुधान्शु कोइरालाले गरेका थिए ।


प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  २०:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP